कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन, कसरी गर्ने भोटिङ ?

यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन, कसरी गर्ने भोटिङ ?

आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन (विद्यार्थीले तयार पारेका आईडिया) छनौट भइसकेका छन् । यसअघि छनौट भएका उत्कष्ट १३ राइजिङ स्टार इन्नोभेसनबाट उत्कृष्ट ५ घोषणा गरिएको हो । 

अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसन छनोट गरी अहिले सर्वोत्कृष्टका लागि पब्लिक भोटिङ सञ्चालन भइरहेको छ ।

राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड उच्च शिक्षा तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि लक्षित अवार्ड हो । कलेजमा पढ्दै गरेका विद्यार्थीले बनाएका परियोजनालाई प्रोत्साहन र प्रवर्द्धन गर्न राइजिङ स्टार इन्नोभेसन अवार्ड प्रदान गरिन्छ ।

यस विधामा विद्यार्थीहरूले बनाएका आईटी प्रोजेक्ट तथा आईडियालाई नोमिनेशनको लागि समावेश गरिएको थियो । यस वर्षको आइसिटी अवार्ड २०२३ का उत्कृष्ट ५ विद्यार्थीका आईडिया यस प्रकार छन् ।

इन्टर्नसाथी

इन्टर्नसाथी इन्टर्नसीप प्रदान गर्ने प्लेटफर्म हो । यसले इन्टर्नसीपको आवश्यकता भएका कम्पनी र व्यक्तिलाई जोड्ने काम गरेको छ । इन्टर्नसाथीबाट अहिलेसम्म ३८० बढीले इन्टर्नसीप पाइसकेका छन् ।

ब्ल्यांकसर 

ब्ल्यांकसर, ई-कमर्स अर्थात अनलाइन व्यापार सञ्चालन गर्न सघाउने सजिलो माध्यम हो । यसबाट विभिन्न ई-कमर्सका लागि आवश्यक वेबसाइटहरू बनाउन सकिन्छ । यसमा छिटो रेस्पोनसिभ सुविधा, वेबसाइट कस्टुमाइजेसन, अनलाइन पेमेन्ट लगायतका सुविधा रहेका छन् ।  

दृश्य

दृश्य एउटा एआई असिष्टेन्ट स्मार्ट ग्लास हो, जसले आँखा नदेख्नेलाई उनीहरुलाई अगाडि के भैरहेको छ भनेर जानकारी दिन्छ । दृश्य प्रयोग गरेर डकुमेन्टहरुमा टेक्स्टमा छ भने त्यो टेक्टलाई एआईको माध्यबाट पढ्न सकिन्छ । अगाडी कुनै एक्टिभिटी भैरहेको छ भने त्यसलाई बुझ्न पनि सकिन्छ ।

ड्रेसन

फोटोको माध्यबाट आफूलाई चाहिने कपडा छान्न सघाउने प्लेटफर्म हो, ड्रेसन । यसले स्किन अन्डरटोन, मेजरमेन्ट र शरिरको आकारलाई विश्लेषण गरे आफुलाई कुन कपडा फिट हुन्छ, त्यसको बारेमा जानकारी दिन्छ ।

प्रष्ट नेपाली

प्रष्ट नेपाली, नेपाली व्याकरणको शुद्धाशुद्धी  पहिचान गर्ने, भाषा सच्याउने एवम् प्रवर्दन गर्ने सप्टवेयर हो । यस बाहेक प्रष्ट नेपालीमा हिज्जेको गल्ती सच्याउने, एआईको माध्यबाट व्याकरण परिक्षण गर्छ, वाक्य गल्ती भए पुनर्लेखन गर्ने समेत सुविधा छन् ।

उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसनलाई कसरी गर्ने भोटिङ ? 

राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ मा उत्कृष्ट ५ मा पर्न सफल भएका आईडियालाई डिजिटल वालेट हाम्रो पेबाट भोटिङ गर्न सकिन्छ । यसका लागि सुरूमा आफ्नो मोबाइलमा हाम्रो पात्रो मोबाइल एप डाउनलोड गर्नुहोस् । त्यसपछि त्यहाँ हाम्रो पे लेखिएको देखिने छ, त्यसमा क्लिक गर्नुहोस् ।

हाम्रो पेमा क्लिक गरिसकेपछि भोट फर आइसिटी अवार्ड लेखिएको ठाउँमा क्लिक गर्नुहोस् । यति गरेपछि राइजिङ स्टार इन्नोभेसनमा क्लिक गरी त्यहाँ आफुलाई मन पर्ने उत्कृष्ट ५ राइजिङ स्टार इन्नोभेसनलाई भोट गर्न सक्नुहुनेछ ।