कीवर्डहरू -

सार्वजनिक यातायातलाई व्यवस्थित गर्न सघाउने प्रणाली ‘ओम्निकल’

सार्वजनिक यातायातलाई व्यवस्थित गर्न सघाउने प्रणाली ‘ओम्निकल’

नेपालको सार्वजनिक यातायात सेवा व्यवस्थित छैन् । देशको राजधानी काठमाडौंको हालत पनि उस्तै छ । कतै जान पर्‍यो जाम त खानै पर्छ । कुन गाडी कतिबेला आउँछ त्यो पनि थाहा हुँदैन् ।

तर यी सबै समस्यालाई समाधान गर्न ओम्निकल प्रणाली तयार भएको छ । ओम्निकल सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने प्रणाली हो । 

ओम्निकल भनेको सार्वजनिक सवारीसाधनलाई ट्रयाक गरेर ओनर, प्यासेनजर र बस अर्गनाइजेसनलाई रियल टाइममा मोबाइल एपको मध्येबाट जानकारी दिने प्रणाली भएको संस्थापक निर्माण खड्काले बताए । 

                                                null

‘यसबाट भेहिकल र त्यसको क्रियाकलापलाई ट्रयाक गरेर ओनर, प्यासेञ्जर र बस अर्गनाइजेसनलाई रियल टाइममा मोबाइल एपबाट जानकारी दिइन्छ,’ उनले आइसिटी समाचारसँग भने, ‘उक्त जानकारी अनुसार यात्रुले यात्रा गर्न सकिन्छ ।’ 

ओम्निकलको मोबाइल एपबाट गाडी मालिकले गाडीको परफर्मेन्स, हेल्थ र रियल टाइम एक हेर्न सक्छन् भने यात्रुले एक ठाउँबाट अर्को ठाउँ जाँदा कुन गाडी कहाँबाट चढ्ने, गाडी कहाँ आएको छ र अहिले भाडा कति लाग्छ जस्ता आफूलाई चाहिने सबै जानकारी लिन सक्छन् ।