कीवर्डहरू -

एनवाईईएफ स्टार्टअप अवार्ड्समा परेका उत्कृष्ट ७ स्टार्टअप

एनवाईईएफ स्टार्टअप अवार्ड्समा परेका उत्कृष्ट ७ स्टार्टअप

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) ले काठमाडौं च्याप्टरले आयोजना गर्दै आएको स्टार्टअप अवार्ड्स उत्कृष्ट ७ स्टार्टअप छनौट भएका छन् । देशभरबाट प्राप्त १५० आवेदन मध्येबाट उत्कृष्ट २० हुँदै उत्कृष्ट ७ स्टार्टअप छनौट भएका हुन् । 

उत्कृष्ट ७ स्टार्टअपमा गल्ली म्याप्स, पेट मामा, ब्ल्यांकसर, बीबाबो, दूरशिक्षा, क्विकफक्स कन्सल्टिङ र भूमिथान रहेका छन् ।  

उत्कृष्ट २० मा परेका स्टार्टअपहरूलाई ६ वटा एक्सपर्ट सेसन सञ्चालन गरिएको थियो । एक्सपर्ट सेसन भइसकेपछि २० स्टार्टअपहरूले आफ्नो आईडिया पिच गरेका थिए । पिच गरेपछि त्यसको आधारमा उत्कृष्ट ७ स्टार्टअप छनौट गगरिएको हो ।

अब उत्कृष्ट ७ मा पर्न सफल स्टार्टअपलाई एक-एक जना मेन्टर असाइन हुनेछन् । मेन्टरहरूले स्टार्टअपहरूलाई गाइड गर्नेछन् । विभिन्न उद्योगमा लामो अनुभव भएका व्यक्तिहरू एक्सपर्ट र मेन्टरको रूपमा रहेका छन् ।

जनवरी १२ मा हुने फाइनल कार्यक्रम अर्थात डेमो डेमा उत्कृष्ट ७ ले पिच गर्नुपर्नेछ । सो पिचङका आधारमा ३ स्टार्टअपलाई अवार्ड्स प्रदान गरिने एनवाईईएफले जनाएको छ । विजेताहरूलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ । 

फिनालेमा नेपालका लगानीकर्ता समेत सहभागी हुनेछन् । उनीहरूले आफुलाई मन परेको स्टार्टअपमा ठाउँको ठाउँमा लगानी समेत गर्न सक्ने छन् । 

विगत २ वर्षदेखि एनवाईईएफ काठमाडौंले आयोजना गर्दै आएको स्टार्टअप अवार्ड्समा यस वर्षदेखि एनवाईईएफका सबै च्याप्टर तथा गभर्निङ काउन्सिलको समेत सहकार्य रहेको छ । 

नेपाल उद्योग वाणिज्य महासंघको सहकार्यमा हुन लागेको सलिकोको प्रस्तुती एनवाईईएफ स्टार्टअप अवार्ड्समा इन्भेष्टमेन्ट पार्टनरको रूपमा नेपाल प्राइभेट इक्विटी एशोशिएसन, एजुकेसन पार्टनरको रूपमा एपेक्स कलेज, कम्युनिटी पार्टनरमा अन्तरप्रेरणा, आईडिया स्टुडियो र न्यास आईटी रहेका छन् । 

उत्कृष्ट ७ मा पर्न सफल स्टार्टअप