कीवर्डहरू -

विद्युत खपत कम गर्ने माइडियाको फ्यान

विद्युत खपत कम गर्ने माइडियाको फ्यान

सीजी इलेक्ट्रोनिक्सले घरलाई चिसो र आरामदायी राख्न डिजाइन गरिएको माइडियाको फ्यान नेपाली बजारमा सर्वत्र  उपलब्ध रहेको जानकारी गराएको छ ।  

नेपालभर रहेका आफ्ना २५० भन्दा बढी डिलर तथा सोरुमबाट सुपथ मूल्यमा उपभोक्ताले खरिद गरी लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले वाल फ्यान,  स्ट्यान्ड फ्यान र टेबल फ्यान टु इन वान  बिक्री वितरण गर्दै आएको छ । यी फ्यान दिगोपनप्रति प्रतिबद्धता अनुरूप बिजुलीको बचत हुने ढङ्गले डिजाइन गरिएको कम्पनीको भनाइ छ ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन्।