डिजिटल नेपाल
आईटीमा भविष्य बनाउनेका लागि बीआईटी कोर्ष
अहिले २१औ शताब्दीको युग हो अर्थात सूचना प्रविधिको युग । प्रविधिबिना धेरै काम अधुरै रहन्छ । मानिस सृजनशील प्राणी हो। उसले आफ्नो जीवनमा धेरै चिज नयाँ गर्न खोज्छ ।
त्यसकारण गर्न सिकाउने शिक्षा नै प्राविधिक शिक्षा हो । सीपमूलक बनाउने शिक्षा हो । गरेर सिक्ने शिक्षा हो । सीप सिक्न चाहनेका लागि ज्ञान दिने विषय नै प्राविधिक शिक्षा हो ।
सीपका साथसाथै मनोदृष्टि र व्यवहार पनि जोडिन्छ । सीप सिकेर त्यसलाई व्यवहारमा कसरी उतार्छौं भन्ने फरक दृष्टिकोणबाट हेर्ने गरिन्छ । प्राविधिक तथा व्यावसायिक शिक्षामा आफूले काम सिकेर त्यसलाई जीवनमा प्रयोग गर्न सकिने उपायका बारेमा ज्ञान प्रदान गरिन्छ ।
घरमा पनि आफ्ना बच्चामा सीप छ कि छैन भन्ने गर्छौं । खाना पकाउने सीप छ कि छैन भन्छौँ । घरदेखि रोजगारीसम्मका लागि महत्वपूर्ण छ । व्यक्ति १८ वर्ष भएपछि काम गर्ने क्षमता राख्छ ।
आय आर्जन गर्न सक्छ । हात वा मेसिनको प्रयोग गरेर सीप सिक्न सकिन्छ । सीप सिक्नका लागि नै प्राविधिक शिक्षा महत्वपूर्ण बनेको हो ।
हामीले प्राविधिक जनशक्ति अभाव छ भन्दै आएका छौँ । के हामीले प्राविधिक जनशक्ति उत्पादन गर्न पूर्वाधार तयार गरेका छौँ ? प्रशिक्षक त्यस अनुसार छन् ? सबै जना शुल्क तिर्न सक्ने हैसियतका छन् ? त्यसैले यी विषयलाई कसरी सहजीकरण गर्ने भन्नेबारेमा सोच्नुपर्छ ।
सीपयुक्त जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षा चाहिन्छ भन्छौँ तर पूर्वाधारका बारेमा सोचेका छैनौँ । प्रि-डिप्लोमा गरेका विद्यार्थीले मजाले उद्योगमा काम गर्न सक्छन् । डिप्लोमा पूरा गरेमा उनीहरूले अझ बढी अवसर पाउँछन् । तसर्थ प्राविधिक तथा आइटीमा अध्ययन गर्न चाहना राख्नेहरूलाई ठुलै अवसर छ ।
आईटीमा भविष्य बनाउनेका लागि बीआईटी कोर्ष
आईटीमै भविष्य बनाउनेका लागि बीआईटी सीपमूलक र रोजगारी विषयमा पर्ने गरेको ग्लोबल कलेजका आइटी प्रमुख भीमचन्द्र गौतम बताउँछन् ।
उनी भन्छन्, ‘ पछिल्लो समय सबैको रोजाइमा पनि यो कोर्ष पर्दै गएको छ । यसले रोजगारीका ढोकाहरू सजिलै खुल्न सक्छन् ।’
आईटीका धेरैजसो कोर्ष तथा आईटी इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीले प्लस टु (उच्च माध्यमिक तह) मा तहमा विज्ञान विषय लिएको हुनुपर्ने भए पनि बीआइटीका लागि व्यवस्थापन पढेर पनि बीआइटी गर्न सकिने उनको भनाइ छ।
‘आईटी इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीले प्लस टु (उच्च माध्यमिक तह) मा तहमा विज्ञान विषय लिएको हुनुपर्छ, उनी भन्छन्, ‘तर बीआइटीका विषयमा अध्ययन गर्ने विज्ञान विषय नै चाहिँदैन। व्यवस्थापन पढेर पनि बीआइटी गर्न सकिन्छ।’
कस्ता विद्यार्थीले पढ्न पाउँछन् बीआईटी कोर्ष ?
प्लस टुमा विज्ञान र व्यवस्थापन लिएर पढेका अर्थात आएटीमा सामान्य ज्ञान भएका विद्यार्थीले बीआइटी सजिलैसँग पढ्न पाउँछन् ।
‘उच्च माध्यमिक तहमा व्यवस्थापन अर्थात् विज्ञान विषय लिएको हुनुपर्छ । उक्त बिषयमा ‘सी’ ग्रेडसम्म ल्याउने विद्यार्थीले पनि बीआईटी पढ्न पाउँछन् ।’ ग्लोबल कलेज अफ साइन्सका इन्जिनियर भिमचन्द्र गौतम बताउँछन् ।
विशेषगरी अहिले बीआईटी नेपालका त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पूर्वाञ्चाल विश्वविद्यालयले यो कोर्ष अध्यापन गराउँदै आएको उनको भनाइ छ ।
‘तर, विद्यार्थीहरु भने पूर्वाञ्चल विश्वविद्यालयमा नै बढी भर्ना हुने गरेका छन्,’ उनी भन्छन्, ‘यो कोर्ष केयू र टीयूमा पढाइ भएतापनि धेरै विद्यार्थीहरू भने पीयू अर्थात पूर्वाञ्चल विश्वविद्यालयमा भर्ना भइरहेका हुन्छन्। किनकी, पूर्वाञ्चल विश्वविद्यालयमा विज्ञान र व्यवस्थापन पढेका विद्यार्थीले सजिलैसँग भर्ना हुन पाउँछन्।’
कुन-कुन कलेजमा लागू छ बीआइटी कोर्ष ?
खासगरी त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ७ वटा कलेजहरु पाटन मल्टिपल कलेज ललितपुर, महेन्द्र मल्टिपल क्याम्पस नेपालगञ्ज, विरेन्द्र मल्टिपल क्याम्पस चितवन, भक्तपुर मल्टिपल क्याम्पस भक्तपुर, भैरहवा मल्टिपल क्यामपस भैरहवा, अमृत साइन्स क्याम्पस र सिद्धनाथ साइन्स क्याम्पस महेनद्रनगर यो शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ ।
यस्तै पूर्वाञ्चल विश्वविद्याल अन्तर्गत नेपालका ५ वटा कलेजमा यो विषय अध्ययन अध्यापन हुन्छ । जसमध्ये पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत रहेका आर्यन स्कुल अफ इन्जिनियरिङ अफ मेनेजमेन्ट, किष्ट कलेज, पूर्वाञ्चल युनिभर्सीटी स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी (पुसेट), कान्तिपुर सिटी कलेज र कलेज अफ इन्फर्मेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ (सीआईटीई) कलेजमा यो विषय अध्ययन/अध्यापन भइरहेको छ ।
यस्तै पोखरा विश्वविद्यालयमा ४ वटा कलेजमा यो कोर्ष पढाइ भइरहेको छ । नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी, कसमस कलेज अफ मेनेजमेन्ट एण्ड टेक्नोलाजी, एभरेष्ट इन्जिनियरिङ कलेज र कलेज अफ इन्जिनियरिङ एण्ड मेनेजमेन्ट कलेजमा यो कोर्ष पढाइ भइरहेको इस्लिङ्टन कलेजका कार्यकारी प्रमुख सरोज लामिछाने बताउँछन् ।
हाल विदेशी विश्वविद्यालयमा पनि यो कोर्ष पढाई हुँदै आएको लामिछनेको भनाइ छ ।
उनी भन्छन्, ‘विदेशी विश्वविद्यालयहरुमध्ये हेराल्ड कलेज, इस्लिङ्टन कलेज, ब्रिटिश कलेज, पद्म श्री इन्टरनेशनल कलेज, भेदास कलेज अफ र टेक्सास कलेज अफ मेनेजमेन्ट एण्ड आइटीमा पनि यो कोर्ष पढाइ हुन्छ ।’
बीआईटी पढेका विद्यार्थीका लागि कस्तो छ रोजगारीको अवसर ?
बीआईटी पढेका विद्यार्थीले सजिलैसँग रोजगारीको अवसर पाउन सक्छन् । उनीहरुले सफ्टवेयर तथा वेब डेभेलोपर, मोबाइल एप डेभलपर, सफ्टवेयर इन्जिनियर, सूचना प्रविधि विशेषज्ञ, सूचना प्रविधि परामर्शदाता, क्लाउड आर्किटेक्ट, डेटा इन्जिनियर, डाटावेस प्रशासक लगायत क्षेत्रमा आफूलाई स्थापित गर्न सक्ने वेदास कलेजका कार्यकारी प्रमुख सीईओ प्रशान्त ठाकुर बताउँछन् ।
उनी भन्छन्, ‘यो कोर्ष पढेका विद्यार्थीको नेपालमा मात्र होइन विदेशमा समेत रोजगारीका लागि सहायता गर्छ। हाम्रा थुप्रै विद्यार्थीहरू आइटी अध्ययन सकाएर विदेशमा काम गरिरहेका छन् भने कोही नेपालमै कर्पोरेट हाउस र सरकारी कार्यालयमा काम गरिरहेका छन् ।’
यस्तै आफ्नो कलेजमा आइटी पढेको विद्यार्थीले नेपालमै ठूलो टेक्नोलोजी अफिस खोलेर देशदेखि विदेशसम्म साइबर सेक्यूरिटीमा सेवा दिइरहेको इस्लिङ्टन कलेजका सीईसो सरोज लामिछाने बताउँछन्।
उनी भन्छन्, ‘इस्लिङ्टन कलेजका विद्यार्थीहरूमध्ये विजय सेनिहाङ लिम्बुले त भैरव टेक्नोलोजीज नामक ठूलै आइटी कम्पनी खोलेर देश विदेशमा साइबर सुरक्षामा सेवा दिइरहेका छन् । साथै उनले धेरै युवाहरूलाई कम्पनीमा रोजगारी पनि दिएका छन् ।’
प्रविधिमा सीप सिकेका विद्यार्थीहरू खाली हात कोही पनि बस्न नसक्ने र केही न केही नयाँ इन्नोभेसन गरिछाड्ने लामिछानेको भनाइ छ ।
कस्तो छ पाठ्यक्रम ?
बीआटीमा कम्प्युटर साइन्स, कम्प्युटर नेटवर्किङ, फ्लट कम्प्युटिङ, इथिक्स पोलिसीजस्ता विषयको अध्यापन यो कोर्षमा हुने गरेको इन्जिनियर भिमचन्द्र गौतम बताउँछन् ।
उनी भन्छन्, ‘ पहिलो सेमेस्टरमा बेसिक कोर्षहरु पढाइ हुन्छ भने दोस्रो वर्षमा गैसकेपछि बेसिकको सेकेण्ड पार्ट प्लस नयाँ प्रोग्रामहरु आउँछ तथा वेबको कुरा पढाइ हुन्छ ।’
साथै यसमा डाटावेसको पनि पढाइ उनको भनाइ छ । यस्तै यी विषयका कोर्षहरूमा विद्यार्थीहरूको आकर्षण पछिल्लो समयमा बढ्दै गएको इस्लिङ्टन कलेजका कार्यकारी प्रमुख सरोज लामिछानेको भनाइ छ ।
उनी भन्छन्, ‘हामी यी कोर्षहरूमार्फत विद्यार्थीको करियरमा नयाँ सीप र रोजगारीको अवसरहरूलाई नजिक ल्याइदिने काम गर्दै आएका छौं। उहाँहरू यी कोर्षहरू पढेर बेरोजगार हुन सक्नुहुन्न।’
कति छ शुल्क ?
यो कोर्ष पढ्नका लागि कलेज अनुशार फरक फरक शुल्क पर्ने गरेको इन्जिनियर भिम गौतम बताउँछन् । उनका अनुसार प्रतिवर्ष न्यूनतम शूल्क नेपालमा ५ लाखदेखि सुरु हुन्छ भने बाहिरी विश्वविद्यालयहरुमा ९ लाखबाट सुरु भएर २१ लाखसम्म हुन जान्छ । नेपालमा भने ५ लाखदेखि सुरु भएर १६ लाखसम्म पुग्ने गरेको छ।
यस्तै कतिपय कलेजहरूले विद्यार्थीहरूले राम्रो गरेमा पूर्ण छात्रवृतिमा पढाइदिने गरेको वेदास कलेजका सीईओ प्रशान्त ठाकुर बताउँछन् ।
उनी भन्छन्, ‘ जो विद्यार्थीहरू गरिब तर जेहेन्दार छन्, उहाहरूलाई हामी पूर्ण छात्रवृति दिएरै पढाउँछौं र करियरको लागि विदेशमा पनि अवसर जुटाइदिने गरेका छौं।’
डिजिटल नेपाल
खेती एपबाटै अब ५ मिनेटमै बिना धितो कृषि कर्जा लिन सकिने
एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरूपमा डिजिटल…
अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने नेपमेड्सको मोबाइल एप सार्वजनिक
अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरे…
सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दै विराटनगर महानगर
विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधि…
भोजपुरको क्याम्पसमा ई-लर्निङ सेन्टर स्थापना
पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाको टिमले गृहजिल्ला भोजपुर सदरमुकाममा रहेको त्रिभु…
हरेक स्थानीय तहमा अब स्मार्ट विद्यालय
सरकारले हरेक स्थानीय तहमा स्मार्ट विद्यालय निर्माण गर्ने भएको छ ।
कमाउँदै पढ्दै प्राविधिक धारका विद्यार्थी
शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पढ्ने कार्यसँगै…
इसेवाको एकमा चार अफर, दैनिक एक रूपैयाँ भन्दा कममै स्वास्थ्य र दुर्घटना बीमा सुविधा
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एकमा चार अफर सार्वजनिक गरेको…
अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म ह्याप्पी माइन्ड्स
काठमाडौंकी श्रेया गिरीले बेलायतमा मास्टर्स अध्ययन गरिरहेकी थिइन् । अध्ययन गर्दा गर्दै कोरोना महामारी सुरू भयो । महामारीपछि उनको मानसिक स्वास्थ्यमा समस्या देखि…
कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन सक्दैन : सचिव शर्मा
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले वर्तमान समयमा कृषिक्ष…
अब अनलाइनबाटै क्युआर कोडसहितको एनओसी डाउनलोड गर्न सकिने, लाइन लाग्नुपर्ने झन्झट हट्दै
अब अनलाइनबाटै वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) डाउनलोड गर्न पाइने भएको छ । वैदे…
शैक्षिक जानकारी दिन शिक्षा मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एजुकेसनल इन्फर्मेसन’ एप
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सूचना तथा तथ्याङ्क हरेक व्यक्तिको पहुँच…
तीनजना डाक्टरले सुरू गरेको ‘डक्टर्स अन कल’, जसले दिन्छ घरमै स्वास्थ्य सेवा
५-६ वर्ष अगाडि नेपालमा सूचना प्रविधिको चर्चा खासै हुँदैन्थ्यो । अहिलेको जस्तो इन्टरनेट सुविधा पनि थिएन । प्रविधि बारे साक्षरता पनि कमै थियो । त्यो बेला &lsq…
खल्तीले ल्यायो सुरक्षा प्याकेज, वार्षिक ३५० रूपैयाँमा २.३ लाखको बिमा र थप स्वास्थ्य सेवा
खल्तीले आफ्ना ग्राहकहरूका लागि ‘खल्ती सुरक्षा’ नामकको स्वास्थ्य सेवा प्याकेज उपलब्ध गरा…
विश्व बैंकको नेपाललाई करिब १६ अर्ब अनुदान, डिजिटल शिक्षणलाई सुदृढ गरिने
विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ) बराबरको अनुदान…
नेपालमा ४५ हजार ८८० जनाले पढेका छन् सूचना प्रविधि विषय, पुरूषको तुलनामा महिलाको संख्या कमी
नेपालमा सूचना प्रविधि विषय ४५ हजार ८८० जनाले अध्ययन गरेको देखिएको छ । …