डिजिटल नेपाल
प्रश्नपत्र चुहावटपछि त्रिवि ‘अलर्ट’, परीक्षार्थीका लागि कडा निर्देशिका जारी
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायको परीक्षा नियन्त्रण महाशाखाले स्नातक, स्नातकोत्तर तथा एमफिल तहका परीक्षार्थीका लागि परीक्षा अवधिभर पालना गर्नुपर्ने नयाँ निर्देशन जारी गरेको छ ।
परीक्षालाई मर्यादित, व्यवस्थित र निष्पक्ष बनाउन भन्दै विश्वविद्यालयले अनिवार्य नियम सार्वजनिक गरेको हो । हालै एमबीएसको प्रश्नपत्र सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत बाहिरिएको घटनापछि त्रिविले परीक्षा व्यवस्थापनमा थप कडाइ गरेको आकलन गरिएको छ ।
साउन ११ गते जारी सूचनाअनुसार परीक्षार्थीले प्रत्येक परीक्षामा परीक्षा नियन्त्रण महाशाखाबाट जारी गरिएको आधिकारिक प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ । साथै, तोकिएको समयभन्दा कम्तीमा ३० मिनेटअघि परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ ।
त्रिविले परीक्षा कक्षमा प्रवेश गरेपछि परीक्षा समाप्त नभएसम्म बाहिर निस्कन नपाइने जनाएको छ । त्यस्तै, परीक्षा सुरु भएको पहिलो एक घण्टा र समाप्त हुनुअघि अन्तिम आधा घण्टा कुनै पनि परीक्षार्थीलाई कक्षाबाहिर जान अनुमति नहुने उल्लेख गरिएको छ ।
विश्वविद्यालयले मोबाइल फोन, स्मार्टवाच तथा अन्य कुनै पनि इलेक्ट्रोनिक उपकरण, साथै चिट, पुस्तक वा अन्य अनधिकृत सामाग्री परीक्षा कक्षमा लैजान पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
त्यस्तै, नक्कल गर्ने, अरूलाई नक्कल गर्न सहयोग गर्ने, परीक्षा सञ्चालनमा अवरोध पुर्याउने वा अनुशासन विपरीत गतिविधिमा संलग्न हुने परीक्षार्थीमाथि विश्वविद्यालयको परीक्षा नियमावलीअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
सूचनामा केन्द्राध्यक्ष, सुपरिवेक्षक, निरीक्षक तथा परीक्षा कर्मचारीले दिएका निर्देशन अनिवार्य रूपमा पालना गर्न पनि परीक्षार्थीलाई आग्रह गरिएको छ ।
व्यवस्थापन संकायले परीक्षा नियम र आचारसंहिताको उल्लङ्घन गर्ने परीक्षार्थीको परीक्षा रद्द, निष्कासन तथा आवश्यक परे कानुनी कारबाही समेत हुन सक्ने जनाएको छ ।
साथै, सबै परीक्षार्थीलाई अनुशासित, मर्यादित र निष्पक्ष वातावरणमा परीक्षा सम्पन्न गराउन सहयोग गर्न व्यवस्थापन संकायले अनुरोध गरेको छ ।
डिजिटल नेपाल
सामसङ इनोभेसन क्याम्पसद्वारा कोडिङ ग्र्याजुएट सम्मान, एआई कोर्सका लागि आवेदन खुला
काठमाडौं । सामसङ नेपालले नेपालको नयाँ पुस्ताको डिजिटल प्रतिभा विकास गर्ने आफ्नो प्रतिबद्धतालाई सुदृढ पार्दै प…
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ब्रोंज अवार्डबाट सम्मानित
काठमाडौं । द ब्रिटिस मोडल कलेज (बीएमसी) का पाँच विद्यार्थी आर्या द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी आर्या ग…
स्वास्थ्यका तीन महत्त्वपूर्ण ऐनमा संशोधनको तयारी, अनलाइनबाटै सुझाव दिन सकिने
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका लागि …
विद्यालय शिक्षामा नयाँ व्यवस्था : कक्षा ५ सम्म लिखित परीक्षा हट्यो, ७५ प्रतिशत हाजिरी नभए परीक्षा दिन नपाइने
काठमाडौं । विद्यालय शिक्षाको मूल्याङ्कन प्रणालीलाई देशभर एउटै मापदण्डमा सञ्चालन गर्ने उद्देश्यसहित सरकारले लेटर …
केयूको नेतृत्वका लागि प्रतिस्पर्धा, उपकुलपति पदमा ३५ जनाको उम्मेदवारी (सूचीसहित)
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति नियुक्तिका लागि ३५ जनाले प्रतिस्पर्धामा आफ्नो दाबी …
वैदेशिक रोजगारी ठगीको उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा हुने ठगी तथा अन्य समस्यासम्बन्धी उजुरी अब अनलाइनबाटै दर्ता गर्न सकिने भएक…
यातायात सेवामा नयाँ प्रणाली लागू, राष्ट्रिय परिचयपत्र र आफ्नै नामको मोबाइल नम्बर अनिवार्य
काठमाडौं । यातायातसम्बन्धी सेवा प्रवाहलाई थप आधुनिक, सहज र प्रविधिमैत्री बनाउने उद्देश्यसहित सरकारले नयाँ एकी…
विश्व निकेतनबाट स्मार्ट शिक्षाको अभियान, एडीबी र ह्वावे नेपालको साझेदारी
काठमाडौं । एसियाली विकास बैंक र ह्वावे नेपालले विश्व निकेतन माध्यमिक विद्यालयसँगको सहकार्यमा स्मार्ट कक्…
पोखरा विश्वविद्यालय स्थापना दिवसमा श्रमिक शान्ति क्याम्पसमा एआई र साइबर सुरक्षाबारे विशेष कार्यशाला
काठमाडौं । पोखरा विश्वविद्यालयको स्थापना दिवसको अवसरमा श्रमिक शान्ति क्याम्पसले विद्यार्थीहरूलाई लक्षित गर्दै आर्ट…
अब निर्माण व्यवसायीको इजाजतपत्र घरबाटै नवीकरण, आजदेखि अनलाइन प्रणाली अनिवार्य
काठमाडौं । अब निर्माण व्यवसायीले इजाजतपत्र नवीकरणका लागि मन्त्रालय धाउनुपर्ने बाध्यता हटेको छ । सरकारले निर्मा…
आईटी करियरको हब बन्दै सफ्टवेरिका, एआई शिक्षामा नयाँ अध्याय
काठमाडौं । काठमाडौंको डिल्लीबजारस्थित
काठमाडौं । सरकारले साउन १ गते (भोलि) देखि लागू हुने नयाँ कर व्यवस्थाअनुसार घरायसी विद्युत् उपभोक्तामाथि मूल्…
बिजुलीको बिलमा भोलिदेखि नयाँ नियम, ५० युनिटमाथिको खपतमा ५ प्रतिशत भ्याट
सार्वजनिक ईभी खरिदमा राष्ट्र बैंकको सहुलियत, ८० प्रतिशतसम्म कर्जा पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक विद्युतीय यातायातलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थ…
विद्यार्थीका लागि नयाँ व्यवस्था : अब समकक्षताका लागि त्रिवि होइन, यूजीसी जानुपर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले उच्च शिक्षाको उपाधि समकक्षता निर्धार…
भुक्तानी सेवा प्रदायक कम्पनी ‘नेपाल ई बिज म्यानेजमेन्ट’को अनुमतिपत्र खारेज
काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडको अनुमतिपत्र राष्ट्र बैंकले ख…