डिजिटल नेपाल
बीएमसीका विद्यार्थीको उत्कृष्ट क्याम्ब्रिज नतिजा, ७ जनाले ए स्टार र ३३ जनाले ए ग्रेड ल्याए
काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गतको तथा द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश मोडल कलेज (बीएमसी) का विद्यार्थीहरूले क्याम्ब्रिज इन्टरनेसनल एएस एन्ड ए लेभल मे/जुन २०२६ परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका छन् ।
परीक्षामा सहभागी १०६ जना विद्यार्थीजमध्ये ९४ प्रतिशत उत्तीर्ण भएका छन् । नतिजाअनुसार ७ जना विद्यार्थीले लगातार ए स्टार तथा ३३ जनाले लगातार ए ग्रेड हासिल गरेका छन् । कलेजका अनुसार यो नतिजाले विद्यार्थीहरूको शैक्षिक प्रतिबद्धता र कलेजले प्रदान गर्दै आएको सहयोगी सिकाइ वातावरणलाई प्रतिबिम्बित गर्छ ।
कलेजले विद्यार्थीहरूको महिनौँको निरन्तर तयारी, शिक्षकहरूको समर्पण तथा अभिभावकको निरन्तर प्रोत्साहन र सहयोगका कारण यस्तो उपलब्धि हासिल भएको जनाएको छ ।
ब्रिटिश एजुकेसन ग्रुपका हेड अफ स्कुल्स राजन कुमार राईले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई बधाई दिँदै यो उपलब्धि बीएमसी र समग्र ब्रिटिश एजुकेसन ग्रुपका लागि गर्वको क्षण भएको बताए ।
उनले विद्यार्थीमा शैक्षिक उत्कृष्टता, आत्मविश्वास र महत्त्वाकांक्षा विकास गर्ने वातावरण निर्माणप्रतिको प्रतिबद्धतालाई नतिजाले पुष्टि गरेको बताए । बीएमसी तथा ब्रिटिश एजुकेसन ग्रुपले विद्यार्थीलाई आगामी शैक्षिक तथा व्यावसायिक यात्रामा सफल बनाउन आवश्यक आधार प्रदान गर्न निरन्तर काम गर्ने उनको भनाइ छ ।
ए लेभल पूरा गरेका विद्यार्थीका लागि प्राप्त नतिजा उच्च शिक्षातर्फको आगामी यात्रा तथा भावी करियरका लागि महत्त्वपूर्ण उपलब्धि बनेको कलेजले जनाएको छ ।
बीएमसीले उत्कृष्ट नतिजा हासिल गर्ने सबै विद्यार्थीलाई बधाई दिँदै उपलब्धिमा योगदान पुर्याउने शिक्षक, अभिभावक तथा सम्पूर्ण कलेज परिवारप्रति आभार व्यक्त गरेको छ ।
डिजिटल नेपाल
विद्यार्थी-केन्द्रित शिक्षा र आधुनिक प्रविधिसँगै उत्कृष्टताको यात्रामा काठमाडौं बर्नहार्ट कलेज
काठमाडौं । नेपालको उच्च शिक्षा क्षेत्रमा गुणस्तरीय, व्यवहारिक र विद्यार्थी केन्द्रित शिक्षाको आवश्यकता बढ्दै ग…
नेपाल इन्जिनियरिङ कलेज र मधुसूदन फाउन्डेसनबीच समझदारी, विपन्न विद्यार्थीलाई स्नातकोत्तर अध्ययनमा छात्रवृत्ति
काठमाडौं । मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज र मधुसूदन भण्डारी मेमो…
हिमालय कलेज अफ इन्जिनियरिङ : प्रविधि, नवप्रवर्तन र दक्ष जनशक्ति निर्माणमा जोड
काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक क्षेत्र ललितपुरको च्यासल क्षेत्रमा अवस्थित हिमालय क…
कागेश्वरी मनोहरासँग सहकार्य गर्दै टेक्स्पायर कलेज, सामुदायिक विद्यालयमा टेक मेन्टरसिप
काठमाडौं । टेक्स्पायर कलेजले सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रविधिमूलक शिक्षा, करियर परामर्श र उद्योग क्षेत्…
विदेशमा अधुरो पढाइ अब नेपालमै पूरा गर्न सकिने, क्रेडिट ट्रान्सफरको बाटो खुल्यो
काठमाडौं । विदेशमा उच्च शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीले बीचमै नेपाल फर्किनुपरे अब त्यहीँसम्मको पढाइ…
एकेडेमिया इन्टरनेसनल कलेज: नेपालको डिजिटल भविष्य निर्माण गर्ने आइटी शिक्षाको गन्तव्य
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्ला वर्षहरूमा सूचना प्रविधि (आइटी) शिक्षाप्रति युवाहरूको आकर्षण तीव्र र…
मधेशमा स्थगित त्रिविको परीक्षा भदौ १५ गते सञ्चालन हुने
काठमाडौं । मधेश प्रदेशमा उत्पन्न अशान्त परिस्थितिका कारण स्थगित भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्…
विश्वविद्यालयको ढिलासुस्ती रोक्न सरकारको नयाँ कदम, परीक्षा र नतिजाको समयसीमा तोकियो
काठमाडौं । विश्वविद्यालयको परीक्षा कहिले हुने, नतिजा कहिले आउने र अर्को तहको पढाइ कहिले सुरु हुने भन्ने अनि…
कक्षा १२ को मौका परीक्षाको नतिजा प्रकाशित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार परीक्ष…
समकक्षता सेवामा नयाँ व्यवस्था, आवेदनदेखि प्रमाणपत्रसम्म अनलाइन
काठमाडौं । विदेशी विश्वविद्यालयबाट प्राप्त शैक्षिक योग्यताको समकक्षता (इक्विभ्यालेन्स) सेवा अब विश्वविद्यालय अनुदा…
लर्डबुद्धले सुरू गर्यो नेपालमै ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ कार्यक्रम
काठमाडौं । नेपालको पहिलो आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्रित ‘एम…
घरजग्गा कारोबार अब डिजिटल, विभागले अनलाइन लाइसेन्स आवेदन खुलायो
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले तीन करोड रुपैयाँभन्दा बढी मूल्यको घरजग्गा कारोबार गर्न चाहने फ…
उद्योग विभागका अधिकांश सेवा अब डिजिटल, भौतिक आवेदन बन्द
काठमाडौं । उद्योग विभागले सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाउने अभियानअन्तर्गत आज (१८ साउन) देखि अधिकांश…
२५ वर्षपछि नयाँ यातायात नीति : डिजिटल, स्मार्ट र हरित यातायात प्रणाली निर्माणमा सरकारको जोड
काठमाडौं । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीतिमा व्यापक संशोधन गर्दै ‘राष्ट्रिय यातायात नीति…
मधेशका ११ परीक्षा केन्द्रमा एमबीएसको परीक्षा स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा साउन १५ गते सञ्चालन हुने त…