काठमाडाैं । नेपाल टेलिकमले एफटीटीएच अर्थात् घरसम्म फाइबर सेवाअन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाइ ६ सहितका नयाँ प्याकेज सञ्चालनमा ल्याउने भएको छ ।
कम्पनीका अनुसार वाइफाइ ६ व्यक्तिगत प्याकेजअन्तर्गत वार्षिक इन्टरनेट तथा टेलिफोन सेवा जडान गर्दा १०० एमबीपीएसको प्याकेज ११ हजार ४९९ रुपैयाँ, १५० एमबीपीएसको प्याकेज १२ हजार ९९९ रुपैयाँ र २०० एमबीपीएसको प्याकेज १६ हजार ४९९ रुपैयाँमा उपलब्ध हुनेछ ।
त्यस्तै, कम्पनीले नयाँ प्याकेजका रूपमा ३० एमबीपीएसको इन्टरनेट सेवा पनि ल्याएको छ । यो प्याकेज वार्षिक ४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । नेपाल टेलिकमका अनुसार वार्षिक प्याकेज लिने ग्राहकले ८०० देखि १ हजार एमबीसम्म मोबाइल डाटा पनि प्राप्त गर्नेछन् । यी सबै प्याकेजको अवधि १२ महिना रहनेछ ।
नयाँ प्याकेज जडान गर्ने ग्राहकलाई ५०० रुपैयाँ जडान शुल्क नलाग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार उल्लेखित अफरहरू २०८३ असोज ३० गतेदेखि लागू हुनेछन् ।
आईसीटी समाचार