कीवर्डहरू -

डिजिटल नेपाल

बाढी प्रभावित विद्यालयमा विद्यार्थीको मानसिक अवस्था बुझेर मात्रै कक्षा सञ्चालन गर्न शिक्षा विभागको निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित विद्यालयहरूमा नियमित पठनपाठन सञ्चालन गर्नुअघि विद्यार्थीलाई अनिवार्य रूपमा मनोसामाजिक परामर्श दिन सरकारले निर्देशन दिएको छ ।

शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्दै बाढीका कारण विद्यार्थीमा परेको मानसिक तथा मनोवैज्ञानिक असरको पहिचान र सम्बोधन गरेपछि मात्रै विद्यालय सञ्चालन गर्न आग्रह गरेको हो ।

शिक्षा विभागका निर्देशक नीलकण्ठ ढकालले जारी गरेको पत्रमा विपद्का कारण बालबालिकामा भय, त्रास, तनावलगायतका मनोसामाजिक समस्या उत्पन्न हुन सक्ने उल्लेख छ । यस्तो अवस्थामा विद्यार्थीको मानसिक अवस्था बुझेर आवश्यक सहयोग उपलब्ध गराउनु अपरिहार्य रहेको विभागले जनाएको छ ।

विभागका अनुसार प्रभावित विद्यार्थीलाई मानसिक रूपमा सामान्य अवस्थामा फर्काउन सहयोग नगरी तत्कालै नियमित पठनपाठनमा फर्काउँदा उनीहरूको सिकाइ प्रक्रिया तथा मानसिक स्वास्थ्यमा थप नकारात्मक असर पर्न सक्छ ।

त्यसैले सम्बन्धित विद्यालय र स्थानीय तहलाई स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीसँग समन्वय गरी विद्यार्थीको मनोसामाजिक अवस्था पहिचान गर्न निर्देशन दिइएको छ । पहिचानका आधारमा आवश्यक परामर्श तथा अन्य सहयोग उपलब्ध गराउन समेत विभागले आग्रह गरेको छ ।

विद्यार्थीहरू परामर्शपछि नियमित कक्षामा सहभागी हुन मानसिक रूपमा तयार भएको सुनिश्चित गरेपछि मात्रै सुरक्षित, सहज र बालमैत्री वातावरणमा पठनपाठन सञ्चालन गर्न विभागले सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

डिजिटल नेपाल

त्रिवि उपकुलपति थापाको सल्लाहकारमा डा. ज्योति तण्डुकार

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाको सल्लाहकारमा पुल्चोक क्याम्पसका सहप्राध्यापक डा…

बाढीले जलविद्युत् आयोजना प्रभावित, बंगलादेशतर्फको विद्युत् निर्यात ठप्प

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपालको जलविद्युत् क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि विद्य…

काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा विराज सिंह थापा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा विश्वविद्या…

भोटेकोशी बाढीपछि मध्यपश्चिम विश्वविद्यालयका स्नातक तहका परीक्षा स्थगित

सुर्खेत । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि देशका विभिन्न क्षेत्रमा उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै मध्यप…

भोटेकोशी बाढीको प्रभावपछि पोखरा विश्वविद्यालयका स्नातक तहका परीक्षा स्थगित

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालयले स्नातक तह…

पाटन अस्पतालमा अब मोबाइलबाटै ओपीडी टिकट, अनलाइन भुक्तानीको सुविधा

काठमाडौं । पाटन अस्पतालले बिरामीलाई ओपीडी सेवा लिन सहज बनाउने उद्देश्यले मोबाइल एपमार्फत टिकट बुकिङ तथा शु…

अनलाइनको युगमा ओपीडी टिकटका लागि लाइनमै संघर्ष, सिभिल अस्पतालमा कहिले हुन्छ डिजिटल सुधार ?

काठमाडौं । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) मा उपचारका लागि पुग्ने बिरामीले ओपीडी…

वर्षामा सस्तो बिजुली, धेरै खपत गर्ने उद्योगलाई थप सहुलियत

काठमाडौं । सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाउने उद्देश्यले मौसमी विद्युत् महसुल…

एनओसी प्रक्रिया अनलाइनमै, विद्यार्थीलाई कार्यालय बोलाउने कन्सल्टेन्सी कारबाहीमा पर्ने

काठमाडौं । वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) लिन विद्यार्थीलाई अनावश्…

भविष्यका इनोभेटर विकास गर्दै टेक एआई कलेज

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित टेक एआई कलेज अफ म्यानेजमेन्ट एन्ड ल  प्रविधि, कृत्रिम…

आर्यन स्कूल अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट : प्रविधि, इन्जिनियरिङ र व्यावसायिक शिक्षाको केन्द्र

काठमाडौंको मध्य बानेश्वरस्थित आर्यन स्कूल अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट (Aryan School of Engineering and Management–ASE…

डिजिटल प्लेटफर्मबाट व्यापार गर्ने व्यवसायीलाई सरकारको सूचना, दर्ता अनिवार्य

काठमाडौं । नेपालमा अनलाइनमार्फत वस्तु तथा सेवा बिक्री वितरण गर्ने व्यवसायीका लागि सरकारले दर्ता तथा सूचीकृत …

बीएमसीका विद्यार्थीको उत्कृष्ट क्याम्ब्रिज नतिजा, ७ जनाले ए स्टार र ३३ जनाले ए ग्रेड ल्याए

काठमाडौं । ब्रिटिश एजुकेसन ग्रुपअन्तर्गतको तथा द ब्रिटिश कलेजको भगिनी संस्था ब्रिटिश मोडल कलेज (बीएमसी) का वि…

प्रविधि, इन्जिनियरिङ र व्यवस्थापन शिक्षाको व्यावहारिक गन्तव्य बन्दै कलेज अफ इन्फरमेसन टेक्नोलोजी एण्ड इञ्जिनियरिङ

काठमाडौं । सूचना प्रविधि (आईटी), इन्जिनियरिङ र व्यवस्थापन क्षेत्रका दक्ष जनशक्तिको माग तीव्र रूपमा बढिरहेको वर्तमान समयमा गुणस्तरी…

त्रिविको ‘फास्ट ट्र्याक’ नतिजा : बीआईटीको रिजल्ट ११ घण्टामै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २०८३ सालका लागि सञ्चालन गरेको स्नातक तह…