कीवर्डहरू -

डिजिटल नेपाल

पाल्पाका सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमा दक्ष बनाइँदै

सूचना एवं प्रविधिमा दक्ष बनाउन शिक्षकलाई सूचना, सञ्चार तथा प्रविधिसम्बन्धी ज्ञान सीप सिकाइएको छ। सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई लक्षित गर्दै रोटरी क्लब अफ रामपुरले समयानकुल भित्रिएको प्रविधिबारे ज्ञान तथा सीप सिकाउन तालिम दिएको छ।

पाल्पाका रामपुर नगरपालिका तथा निस्दी, पूर्वखोला र रम्भा गाउँपालिकाका माध्यमिक विद्यालयका शिक्षकका लागि सूचना तथा प्रविधिसम्बन्धी तालिम सञ्चालन गरिएको हो।

शिक्षालाई समयानकूल अगाडि बढाउन र अहिले आएका नयाँ प्रविधिबारे शिक्षकलाई जानकारी दिँदै कक्षाकोठामा प्रविधिको प्रयोग गरेर अध्यापन गराउन सूचना, सञ्चार तथा प्रविधि सम्बन्धी शिक्षकलाई तालिम दिइएको रोटरी क्लबका अध्यक्ष कृतिनाथ श्रेष्ठले बताए।

“पछिल्लो समय सबैजसो विद्यालयमा कम्प्युटर पढाइ हुन थालेको छ, सरकारी तथा विभिन्न निकायबाट कम्प्युटरलगायतका विभिन्न प्रविधियुक्त उपकरण प्राप्त भएका छन्, तर ती उपकरण शिक्षकले प्रयोग गर्न नजान्दा प्रयोगमा नआएको अवस्था रहेको छ, प्रविधिमा सामुदायिक विद्यालयका शिक्षकलाई दक्ष बनाउन प्रविधि सम्बन्धी ज्ञान सीप दिइएको छ”, उनले भने।

रामपुरका नगर प्रमुख रमणबहादुर थापाले वर्तमान समय सूचना प्रविधिको युग भएको बताउँदै विद्यालयमा आइसिटीको महत्वपूर्ण भूमिका रहेको बताए। रामपुर नगरले विद्यालयलाई प्रविधिमैत्री बनाउन पहल गर्दै आएको उनी बताउँछन्।

कतिपय विद्यालयमा रहेका सूचना तथा प्रविधिसम्बन्धी उपकरण सीपको अभावमा प्रयोगविहीन भइरहेको अवस्थामा तालिमले प्रविधिको सदुपयोगका लागि महत्वपूर्ण सहयोग गर्ने नगर प्रमुख थापाले बताए।

क्लबले आगामी दिनमा शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइसम्बन्धी कार्यक्रम सञ्चालनका लागि पहल गरिरहेको जनाएको छ। रोटरी नेपाल लिट्रेसी मिसन, रामपुर नगरपालिका र रामतुलसी माध्यमिक विद्यालयको सहयोगमा तालिम दिइएको छ। रासस

डिजिटल नेपाल

प्रगतिशील शिक्षा निर्माण गर्दै बैतडीको डिलासैनी गाउँपालिका

बैतडीको डिलासैनी गाउँपालिकामा एनसेल फाउन्डेसनको आयोजना र सहयोगमा एडचेन्ज नेपालको कार्यन्वयन तथा डिलासैनी गाउँपालिकाको समन्वयमा प्रगतिशील शिक्षा निर्म…

ब्याचलर अध्ययन गरेका विद्यार्थीलाई सरकारले इन्टर्नसीप दिने, ढाँचा बनाउन कार्यदल गठन

सरकारले आईटीसहित अन्य विषयहरू अध्ययन गरेका ब्याचलरका विद्यार्थीलाई इन्टर्नसीपको अवसर दिने भएको छ । यसका लागि सरकारले प्रक्रिया अ…

त्रिविबाट सञ्चालन हुने परीक्षामा एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने

त्रिभुवन विश्वविद्यालयले परीक्षामा विद्यार्थीले एआई प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने भएको छ । त्रिविको शिक्षाध्यक्षको कार्यालय…

काठमाडौं विश्वविद्यालयको बीटेक एडटेक शैक्षिक कार्यक्रम रुपन्देहीमा पनि विस्तार

काठमाडौं विश्वविद्यालयको विस्तारित कार्यक्रम अन्तर्गत रुपन्देही जिल्लाको मणिग्राममा रेडियन्ट कलेज स्थापना भएको छ ।

इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य

इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य भएको छ । शैक्षिक क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले इन्फोडेभलपर्स र आदिम कलेजबीच सहकार्य भएको ह…

बी एण्ड बी अस्पतालमा रोबोटिक शल्यक्रियाको सुरुवात, जोखिम र रिकभरी समयलाई कम गर्ने

बी एण्ड बी अस्पतालले नेपालमा पहिलो पटक सफलतापूर्वक रोबोटिक शल्यक्रियाको सुरुवात गरेको छ । 

पढाइलाई करियरसँग जोड्दै टेक्सास कलेज

विगत १ दशकदेखि नेपालमै गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको कलेज हो, टेक्सास कलेज । काठमाडौंको सिफल चाबहिलस्थित रहेको क…

एक दशकदेखि ‘ब्रिटिश डिग्री’ प्रदान गर्दै आएको द ब्रिटिश कलेज, के के छन् सुविधा ?

काठमाडौंको थापाथलीस्थित रहेको द ब्रिटिस कलेज सन् २०११ मा स्थापना भएको हो । विगत १ दशकदेखि ब्रिटिस कलेजले नेपालमा गुणस्तरीय ब्र…

एमआईटी कलेज : नेपालमै अमेरिकन डिग्री, प्रोफेसनल सीप र उद्यमी माइन्डसेटमा जोड

नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या दिनानुदिन बढ्दो क्रममा छ । कक्षा १२ सम्मको पढाइ पूरा गरेपछि उच्च शिक्षा अध्ययन गर्न दै…

द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टीसहित बीबीएम र बीसीए कार्यक्रम सञ्चालन गर्ने

डिल्लीबजार स्थित द टाइम्स इन्टरनेसनल कलेजले रोजगारीको ग्यारेन्टीसहित बीबीएम र बीसीए कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालय र एम्बिशन गुरुबीच सहकार्य

देशभरका विद्यालय तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न काठमाडौं विश्वविद्यालय अन्तर्गतको स्कुल अफ एजुकेशन र ई-लर्निङ प्लेटफर्म एम्बिश…

नेपाल इन्जिनियरिङ कलेजको प्राचार्यमा दुर्गाप्रसाद भण्डारी नियुक्त

नेपाल इन्जिनियरिङ कलेज (नेक) को प्राचार्यमा एशोसिएट प्रोफेसर दुर्गाप्रसाद भण्डारी नियुक्त भएका छन् । शिक्षा तथा विज्ञान प्रविधि मन्त्…

चाँगुनारायण नगरपालिकाले लागू गर्‍यो पूर्ण ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर प्रणाली

भक्तपुरको चाँगुनारायण नगरपालिका पूर्ण ड्रोन ईमेजमा आधारित मेट्रिक घर नम्बर लागु गर्ने पहिलो स्थानीय तह बनेको छ । 

कान्तिपुर सिटी कलेजमा अब इभिनिङ सिफ्टमा पनि बीसीए पढाइ हुने, काम गर्दै पढ्न मिल्ने

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त काठमाडौंको कान्तिपुर सिटी कलेजले अब बुलुका पनि ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) को…