डिजिटल नेपाल
‘डिजिटल त्रिवि’को तयारी तीव्र, विद्यार्थीले सेवा लिन कार्यालय धाउनुपर्ने झन्झट हट्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना प्रशासनिक तथा शैक्षिक सेवाहरूलाई पूर्ण रूपमा विद्युतीय प्रणालीमा लैजाने तयारी थालेको छ । विद्यार्थी, अभिभावक र सेवाग्राहीले भोग्दै आएका लामो लाइन, कागजी प्रक्रिया र कार्यालय धाउनुपर्ने समस्यालाई अन्त्य गर्ने उद्देश्यसहित त्रिविले ‘डिजिटल त्रिवि’ अवधारणालाई अघि बढाएको हो ।
हाल त्रिविमा अध्ययनरत करिब ५ लाख ६१ हजार १७० विद्यार्थी विभिन्न सेवा लिनुपर्ने अवस्थामा छन् । तर ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, मूल प्रमाणपत्र, माइग्रेसन प्रमाणपत्र, रजिष्ट्रेशन, ग्रेडसिट लगायतका सेवाहरू सहज रूपमा अनलाइनबाट उपलब्ध हुन नसक्दा विद्यार्थीहरू अझै पनि केन्द्रीय कार्यालय तथा परीक्षा नियन्त्रण कार्यालय पुग्न बाध्य छन् ।
त्रिविले यसअघि नै विभिन्न सेवा अनलाइनबाट उपलब्ध गराउने घोषणा गर्दै आएपनि व्यवहारमा सेवाग्राहीले भौतिक उपस्थित हुनुपर्ने अवस्था रहेको गुनासो गर्दै आएका छन् । त्यस्तै, बैंकमा रकम बुझाउन लाइन बस्नुपर्ने, सफ्टवेयरमा समस्या आउँदा सेवा अवरुद्ध हुने र सर्भर डाउन हुने जस्ता समस्या पनि विद्यार्थीले झेल्दै आएका छन् ।
यी समस्या समाधानका लागि त्रिविले आन्तरिक स्रोतबाटै बजेट व्यवस्थापन गरी एकीकृत विद्युतीय प्रशासन प्रणाली लागू गर्ने काम अघि बढाएको जनाएको छ । त्रिविका अनुसार हाल दुई महत्वपूर्ण सफ्टवेयर कार्यान्वयनको चरणमा छन् । जसमा त्रिवि परीक्षा सूचना प्रणाली र त्रिवि एकीकृत आर्थिक व्यवस्थापन सूचना प्रणाली रहेका छन् ।
एकीकृत आर्थिक व्यवस्थापन प्रणालीमा नौ वटा मोड्युल समावेश गरिएका छन् । यसअन्तर्गत लेखा व्यवस्थापन, तलब व्यवस्थापन, बजेट व्यवस्थापन, आम्दानी व्यवस्थापन, लेखा परीक्षण, ऋण व्यवस्थापन, निवृत्तिभरण तथा सेवा सुविधा व्यवस्थापन, भण्डारण व्यवस्थापन र कर्मचारी व्यवस्थापन प्रणाली रहनेछन् ।
त्रिविले उक्त प्रणाली सञ्चालनमा आएपछि आर्थिक कारोबार थप पारदर्शी, व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरेको छ । कुन क्याम्पसमा कुन शीर्षकमा कति रकम प्राप्त भयो र कति खर्च भयो भन्ने विवरण समेत डिजिटल प्रणालीबाटै हेर्न सकिने व्यवस्था हुने बताइएको छ ।
यसका साथै त्रिविले इलेक्ट्रोनिक हाजिरी प्रणाली पनि विस्तार गर्ने तयारी गरेको छ । परीक्षा, प्रशासन र विद्यार्थी सेवासँग सम्बन्धित कामहरू प्रविधिमैत्री बनेपछि विद्यार्थीले घरबाटै आवश्यक सेवा प्राप्त गर्न सक्ने त्रिविको भनाइ छ ।
त्रिविको यो योजनाले वर्षौंदेखि चल्दै आएको परम्परागत कागजी प्रक्रियालाई परिवर्तन गर्दै विश्वविद्यालय प्रशासनलाई थप छरितो र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ ।
डिजिटल नेपाल
पाकिस्तानी दूतावासद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान
काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गरेका तथा आर्थिक रूपमा सहयोग आवश्…
नेपाली-तामाङ र अंग्रेजी जोड्ने एआई प्रणाली तयार, केयूले बनायो त्रिभाषिक अनुवाद प्रणाली
काठमाडौं । काठमाडौं विश्वविद्यालयको सूचना तथा भाषा प्रशोधन अनुसन्धान प्रयोगशाला (ILPRL) ले गुगलको सहयोगमा स…
ग्रीन हाइड्रोजनदेखि सौर्य ऊर्जा विस्तारसम्म : सरकारको नयाँ ऊर्जा रोडम्याप
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता कार्यक्रमलाई उच्च प्राथमिकतामा…
साइबर सुरक्षा र नवप्रवर्तनका लागि आर्यन श्रेष्ठलाई ‘प्रेसिडेन्ट्स अवार्ड २०२६’
काठमाडौं । प्रेसिडेन्सियल ग्राजुएट स्कुलले १० औँ दिक्षान्त समारोहमा बीएसआईटी तहमा अध्ययन पुरा गरेका विद्यार्थी …
कोचिङको विकल्प बन्दै ‘कृतिम गुरु’ : स्नातक प्रवेश तयारी अब अनलाइनमै
काठमाडौं ।
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशन शुक्…
इप्पान नेतृत्व संरचना परिवर्तनको तयारीमा, अधिवेशन शुक्रबार
डिजिटल युगमा नेपाली भाषाको सशक्तीकरण : भाषिनी र काठमाडौं विश्वविद्यालयबीच एमओयू
काठमाडौं । डिजिटल इन्डिया भाषिनी डिभिजन (डीआईबीडी), भारत सरकारको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि…
काठमाडौं महानगर छात्रवृत्ति : १४५ शिक्षण संस्थाका लागि कोटा निर्धारण, सूची सार्वजनिक
काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक २०८३/८४ का लागि कक्षा ११ र १२ कोटामा अध्ययन गर्न चाहने छात्रवृत्त…
विद्युत् नियमन आयोगको नेतृत्वका लागि खुला प्रतिस्पर्धा, अध्यक्ष पदमा १० जनाको आवेदन
काठमाडौं । विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी चयन प्रक्रिया औपचारिक रूपमा अगाडि बढेको छ । आयोगको अध्यक्ष प…
टिचिङ अस्पतालमा डिजिटल ओपीडी सेवा विस्तार गर्न काठमाडौं महानगरको १ करोड ७० लाखको सहयोग
काठमाडौं । काठमाडौं महानगरपालिकाले टिचिङ अस्पताल महाराजगञ्जको ओपीडी सेवालाई बिरामीमैत्री बनाउन १ करोड ७० …
डेटा, एआई र व्यवसायलाई एउटै पाठ्यक्रममा समेट्दै सनवे कलेज
काठमाडौं । सनवे कलेजले कृत्रिम बुद्धिमत्ता (AI), बिजनेस इन्टेलिजेन्स (BI) र डिजिटल व्यवसाय प्रणालीमा केन्द्रित …
काठमाडौं महानगरको छात्रवृत्ति परीक्षामा १४ हजारभन्दा बढी विद्यार्थी उत्तीर्ण
काठमाडौं । काठमाडौं महानगरपालिकाले कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजा सार्वजनिक गरे…
५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध
काठमाडौं । पूर्वऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले विद्युत खपतमा लगाएको मूल्…
त्रिवि-एयरबस सहकार्य: एआई, साइबर सुरक्षा र एयरोस्पेस शिक्षामा जोड
काठमाडौं । विश्वप्रसिद्ध एयरोस्पेस कम्पनी एयरबस र त्रिभुवन विश्वविद्यालयबीच नेपालमा एयरोस्पेस क्षेत्रको क्षमता विक…