डिजिटल नेपाल
नेपालीको लगानीमा अष्ट्रेलियामा आईटी पढाउने नयाँ कलेज सुरू
नेपाली समेतको लगानीमा उच्च शिक्षा अध्यापनका लागि अस्ट्रेलियामा नयाँ कलेज सुरू भएको छ । अस्ट्रेलियामा भोकेसनल कलेज 'आई. आई. ई.' समेत सञ्चालन गर्दै आइरहेका सागर लोहनी लगायत नेपाली र अस्ट्रेलियाका नागरिकहरूको संयुक्त लगानीमा 'चर्चहिल ईन्स्टिच्युट अफ हायर एजुकेसन' सुरू भएको हो ।
कलेजमा ब्याचलर्स इन बिजनेस अन्तर्गत आइटी, एकाउन्ट, म्यानेजमेन्ट र हस्पिटालिटीमा पढाइ हुने लोहनीले बताए ।
कलेजले काठमाडौंमा ‘अष्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षाले नेपालको शैक्षिक प्रणालीमा कस्तो प्रभाव पार्न सक्छ ?’ भन्नेबारे अन्तर्क्रिया आयोजना गरेको थियो ।
कार्यक्रममा मास्टर सेफ सन्तोष शाहले पछिल्लो समय अष्ट्रेलियामा नेपाली विद्यार्थीहरूको आकर्षण पाएको बताए ।
उनले नेपाल पर्यटनमा आधारित मुलुक बन्दै गएको अवस्थामा अष्ट्रेलियामा होटल तथा हस्पिटालिटी क्षेत्रमा अध्ययन गर्नेहरू बढ्दो रहेको पाइएको सुनाए । उनले अष्ट्रेलियामात्र नभई अन्य मुलुकमा पनि पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा अध्ययन गर्ने लहर चलेको सुनाए ।
पछिल्लो समय सेफ अध्ययनका लागि निकै नै सम्भावना रहेको भन्दै उनले भने,‘मैले काम गरेको विगत १०/१५ वर्षअघि देखि आजसम्म हेर्दा हस्पिटालिटी क्षेत्रमा सेफको माग बढी छ, त्यसकारण यसमा अवसरहरू धेरै छन् ।’
उनले अष्ट्रेलियामा हस्पिटालिटी क्षेत्रमा अध्ययन गरेर त्यसको सदुपयोग नेपालमा गर्नुपर्नेमा जोड दिए । उनले भने,‘विगतमा नेपाल कृषिप्रधान मुलुक थियो । अहिले विस्तारै पर्यटनबेस मुलुक बन्दै छ । यो अवस्थामा हस्पिटालिटी क्षेत्रमा धेरै सम्भावना छन् ।’
मास्टर सेफ शाहले चर्चहिल इन्स्टिट्युटमा अध्ययन गरि भविष्यमा आफू जस्तै र आफूभन्दा राम्रा मास्टर सेफ उत्पादन भएको आफूले हेर्न चाहेको बताए । उनले भने,‘चर्चहिल इन्स्टिट्युटमा अध्ययन गरि भविष्यमा मजस्तै र मभन्दा राम्रा राम्रा मास्टर सेफ बनेको हेर्न पाउँछु भन्ने मेरो विश्वास छ ।’
कार्यक्रममा प्रतिनिधि सभाका सांसद प्रदीप पौडेलले आफूलाई शिक्षा तथा सीपमा पोख्त बनाउनका लागि जुनसुकै मुलुक पनि जान तयार हुनुपर्ने बताए । उनले भने,‘नलेज गेन गर्ने कुरा छ । भूमण्डलीकरणको दुनियाँमा मानिसले संसारसँग प्रतिष्पर्धा गर्नका लागि जहाँ सहज हुन्छ त्यहाँ जानुपर्छ । यसमा कुनै राष्ट्रियताले छेक्नुहुँदैन भन्ने मेरो मान्यता छ ।’
उनले विदेशमा सीप विकास भएपनि नेपाल फर्कन भने इन्स्टिट्युटहरूले प्रोत्साहन गर्नुपर्ने बताए । ‘अष्ट्रेलियाको कृषि, प्रविधि, सरकार वा शासन व्यवस्थाबाट हामीले धेरै सिक्न सक्छौँ,’ उनले भने,‘त्यहाँको इन्स्टिट्युटमा गएर विज्ञ बनिसकेपछि त्यतै पलायन हुने हैन नेपाल फर्किएर विकास गर्नुपर्छ ।’
चर्चहिल इन्स्टिट्युटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा डिन एसोसियट प्रोफेसर माइकल सिमरले अष्ट्रेलियामा विद्यार्थीले अध्ययन गरेपछि नेपालमै केही काम गर्ने वातावरण बन्यो भने नेपालले ‘ब्रेन ड्रेन’ होइन ‘ब्रेन गेन’ गर्ने सक्ने बताए ।
कार्यक्रममा विद्यार्थीहरूको भविष्य राम्रो बनाउनका लागि चर्चहिल प्रतिवद्ध रहेको कलेज सञ्चालक सागर लोहनीले बताए । इन्टरनेसनल इन्स्टिट्युट अफ एजुकेसन ‘आईआईई’का प्रमुख कार्यकारी अधिकृत समेत रहेका लोहनीले अष्ट्रेलियाको अन्तर्राष्ट्रिय शिक्षा प्रणालीबाट नेपालले लाभ लिन सक्ने विश्वास व्यक्त गरे ।
अन्तर्क्रिया कार्यक्रममा चर्चहिल इन्स्टिट्युट अफ हाइअर एजुकेसनका मार्केटिङ प्रमुख क्रिष्टिना लोडरेचले नेपालको शिक्षा क्षेत्रका विज्ञहरूलाई एउटै कार्यक्रममा भेट्न पाउँदा निकै खुशी भएको बताइन् । उनले नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलियामा उच्च शिक्षा प्रदान गर्नका लागि आफूहरू निकै इच्छुक रहेको सुनाइन् ।
कार्यक्रममा एजुकेसन कन्सल्टेन्सी एसोसियसन अफ नेपाल (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेले छोटो समयमै नेपालीहरूको लगानीमा सञ्चालित आईआईई कलेजले विद्यार्थीहरूको मन जितेको बताए ।
उनले भने,‘छोटो समयमा नेपालीहरूको लगानीमा खोलिएको आईआईई कलेजले जुन प्रगति गरेको छ, उहाँहरूकै टिमबाट चर्चिल कलेज सुरू भएको छ । चर्चिल पनि त्यसरी नै सफल हुन्छ भन्ने हाम्रो विश्वास छ ।’
कार्यक्रममा एजुकेसन कन्सल्टेन्सी एसोसियसन अफ नेपाल (इक्यान)का पूर्वअध्यक्ष एवम् अष्ट्रेलिया विभाग प्रमुख विष्णुहरि पाण्डेले अन्तर्राष्ट्रिय शिक्षा प्रणाली पछिल्लो समय बलियो बन्दै गएको सुनाए ।
‘मुख्य कुरा समाजप्रति जवाफदेही हुनुपर्छ । कलेजले विद्यार्थीहरूको भविष्य निर्माणमा सहयोग गर्नुपर्छ । त्यसमा यो कलेज चुकेको छैन । जसकारण छोटो समयमै विश्वास जितेको मैले पाएको छु,’ उनले भने ।
डिजिटल नेपाल
आज डिजिटल लर्निङ डे, नेपालमा पनि मनाइँदै
आज डिजिटल लर्निङ डे । हरेक वर्ष विश्वभर फेब्रुअरीमा ‘डिजिटल लर्निङ डे’ मनाइन्छ । ने…
इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ विषयमा सेमिनारको आयोजना हुँदै
डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवद्धन गर्ने उदेश्यले यहि फागुन ११ गते अर्थ…
शहरी खानेपानी तथा उर्जा सेवालाई प्रविधिबाट स्तरोन्नती गर्न सरोकारवालाको जोड
नेपालमा शहरी खानेपानी तथा उर्जा सेवामा पछिला समय विकास भएका विश्वमा प्रविधिको प्र…
नेपालमै पहिलो पटक स्नातकोत्तर तहमा ‘हेल्थ इन्फरम्याटिक्स’ विषय पढाउँदै केयु
काठमाडौं विश्वविद्यालय (केयु)ले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा ‘हेल्थ इन्फरम्…
कक्षा १२ उत्तीर्ण भएसँगै स्नातकमा अब के पढ्ने ? यस्ता छन् आईटीका विषय
शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वज…
त्रिविले बीएससी सीएसआईटीमा नयाँ भर्ना खुलाउँदै, कहिले हुन्छ प्रवेश परीक्षा ?
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बीएससी सीएसआ…
त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोहमा भाग लिन अनलाइनबाटै आवेदन दिन सकिने
त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोहमा भाग लिन अनलाइनबाटै आवेदन दिन सकि…
स्नातकमा अन्तर्राष्ट्रिय स्तरको डेटा साइन्स र डिजिटल मार्केटिङ कोर्ष पढाउँदै सनवे कलेज
सनवे कलेजले आधिकारिक रुपमा बर्मिंगह्याम सिटी विश्वविद्यालयसँग शैक्षिक सहकार्य गरेको…
‘नेसनल आईसीटी स्कलरसिप २०७९’ को आवेदन खुला, आईटी पढ्न ४९ जनाले छात्रवृत्ति पाउने
कम्प्युटर एशोसियसन नेपाल महासंघले प्राविधिक शिक्षातर्फ विगत चार बर्षदेखि प्रदान गर्दै…
४ हजार ७२७ जनालाई निःशुल्क छात्रवृत्ति प्रदान गर्दै सीटीईभीटी, यसरी दिनुहोस् अनलाइन आवेदन
प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले ४ हजार ७२७ जनालाई निःशुल्क छा…
एग्री टेक स्टार्टअपः कृषि अर्थतन्त्रमा यसरी पुर्याउँदैछन् सहयोग
काठमाडौं । नेपाली अर्थतन्त्रमा सेवा क्षेत्रपछिको सबैभन्दा धेरै योगदान दिने क्षेत्र कृ…
इमेलबाट पठाइयो कक्षा १२ को प्रश्नपत्र, राज्यको लाखौँ रुपैयाँ बचत
कक्षा १२ को प्रश्नपत्र ईमेलबाट पठाउने प्रचलनले राज्यको लाखौँ रुपैयाँ बचत भएको छ । स…
सरकारले माध्यमिक तहको अंग्रेजी, गणित र विज्ञान विषय अनलाइनबाटै पढाउने
सरकारले अंग्रेजी, गणित र विज्ञान विषय अनलाइनबाटै पढाउन भएको छ ।
<…कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा, प्रश्नपत्र अनलाइनबाटै पठाइने
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । …