डिजिटल नेपाल
अनलाइन कक्षाले तनावमा बालबालिका
नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्षाप्रति रुचि छैन ।
राधिकाले आफ्नी छोरीले अनलाइन कक्षा लिन नमान्ने गरेको बताउँदै भनिन्, ‘विद्यालय जाँदा जहिले खुसी भएर जान्थी । अनलाइन कक्षामा बस्नै मान्दिनन् ।’
अनलाइन कक्षामा धेरै सिक्न नसकेको गुनासो आम अभिभावकको छ । बालमनोविज्ञ गङ्गा पाठकले सुरुमा अनलाइन कक्षाले बालबालिकालाई कोरोना महामारीको जोखिम र तनावबाट मुक्ति दिए पनि अनलाइन कक्षाको भार बढ्दै गएपछि पुनः तनावको स्थिति सिर्जना हुन थालेको बताए ।
उनका अनुसार चञ्चले स्वभावका कारण बालबालिका लामो समयसम्म एकै स्थानमा बस्न सक्दैनन् । पढाइका लागि अधिकांश समय एक्लै बस्नुपर्ने हुँदा उनीहरूले दबाब अनुभव गर्ने गरेको विज्ञहरूको भनाइ छ ।
उनले बालबालिकामा रुने, खान मन नगर्ने, डराएको जस्तो गर्ने, टोलाउनेजस्ता समस्या देखिएमा चिकित्सककहाँ लैजान सुझाव दिए ।
‘बालबालिकाका लागि दौड, साइक्लिङ, नाचगानजस्ता व्यायाम आवश्यक हुन्छन्,’ उनले भने, ‘यस्ता व्यायामले एन्डोर्फिन हार्मोन बढाउन मद्दत गर्छ । एन्डोर्फिन हार्मोनले मस्तिष्क दुःखाइ र तनावको तह कम गर्छ ।’
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक तथा मानसिक रोग विशेषज्ञ डा। रवि शाक्यले बालबालिका, किशोरकिशोरी, वयस्क वा वृद्धवृद्धा जुनसुकै उमेर समूहका व्यक्तिमा तनाव हुने र दैनिक क्रियाकलापमा असहज महसुस हुँदा हुने दबाबले तनाव उत्पन्न हुने बताए ।
उनले अभिभावकले बालबालिकालाई प्रत्येक व्यक्ति आफ्नो स्थानमा विशिष्ट हुन्छ भन्ने सिकाउनु जरुरी रहेको बताउँदै उत्कृष्ट नतिजाका लागि प्रतिस्पर्धा गर्नुपर्छ भन्ने सिकाउनुपर्छ भने ।
विश्व स्वास्थ्य सङ्गठनले हालै प्रकाशित गरेको सर्वेक्षणअनुसार पछिल्लो समय विश्वभर मानसिक समस्या निकै बढेको पाइएको छ ।
सर्वेक्षणअनुसार मानसिक समस्या भोगिरहेकामध्ये करिब ७२ प्रतिशत बालबालिका र किशोरकिशोरी छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
डिजिटल नेपाल
डिजिटल नेपालको परिकल्पना गरेर १ लाख रकम जित्ने अवसर ! कसरी हुने सहभागी ?
लिभिङ विथ आइसिटीले नेपालमै पहिलो पटक डिजिटल नेपालको विषयमा राष्ट्रिय स्तरको प्रति…
कक्षा १२ को परीक्षा साउन अन्तिम साता
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन अन्तिम साता…
भिडियो बनाएर अनलाइन कक्षाको अनुभव शेयर गर्दा सय रुपैयाँ, विजेतालाई ल्यापटपसहित थप पुरस्कार
वेदले खल्तीसँगको सहकार्यमा हातहातमा शिक्षा अभियान ल्याएको छ । विद्यार्थी र शिक्षकलाई…
इन्टरनेटबिना पनि निमा एकेडेमी एपबाट पढ्न सकिने
अब निमा एकेडेमीको मोबाइल एपबाट बिना इन्टरनेट पनि पढ्न सकिने भएको छ । विद्यार्थीहर…
कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई अब निःशुल्क पाठ्यपुस्तक
सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशु…
त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने
त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरु साउन ५ …
नेपालको पहिलो आईटी कलेजका संस्थापक केजरीवालको निधन
नेपालको पहिलो सुचना प्रविधि कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसनका संस्थापक परमानन्द क…
त्रिविले स्नातक तह प्रथम वर्षको अनलाइनबाटै परीक्षा आवेदन फारम भर्ने समय बढायो
त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुले अनलाइनबाटै परीक्षा आव…
प्रयोगात्मक सिकाईको लागि नेपालमै बनेको साइन्स किट सार्वजनिक
प्रयोगात्मक र व्यवहारिक सिकाई अनुभव निर्माणको लागि काम गरिरहेको संस्था कारखानाले क…
महामारीले बदल्यो सिकाइ शैली, अनलाइनले घट्यो शुल्क
कोरोना महामारीले सन् २०१९ अघि र त्यसपछिका मावनीय गतिविधिमा निकै अन्तर ल्याएको छ ।…
फेस्टले आयोजना गरेको निःशुल्क पाइथन प्रोग्रामिङ कक्षा सम्पन्न
कोरोना महामारिका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्वका साथ फ्युचर एज…
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइनबाटै लिने
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइन माध्यमबाट खोल्…
लुम्बिनी प्रदेशले पर्यटकीय सूचनालाई विद्युतीय सूचनामा आवद्ध गरी पर्यटन प्रवर्द्धन गर्ने
लुम्बिनी प्रदेशले पर्यटकीय सूचनालाई विद्युतीय सूचनामा आवद्ध गरी पर्यटन प्रवर्द्धन गर्ने…
के हो ‘माइ सेकेण्ड टिचर’ ? कसरी प्रयोग गर्ने ? (भिडियो)
गत बैशाख १ गते नेपालको शिक्षालाई डिजिटाइज गर्ने उद्देश्यका साथ माइ सेकेन्ड टिचर सा…