कीवर्डहरू -

डिजिटल नेपाल

पूर्वाञ्चल विश्वविद्यालयले ईमेलबाटै परीक्षा लिने, यस्ता छन् पालना गर्नुपर्ने नियम

पूर्वाञ्चल विश्वविद्यालयले ईमेल मार्फत परीक्षा लिने भएको छ । कोरोना महामारीको समयमा विश्वविद्यालयले सेमेस्टर प्रणालीका परीक्षा वैकल्पिक माध्यमबाट लिने भएको हो ।

कोरोना महामारीको समयमा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भएर परीक्षा दिन सक्ने भएपछि ‘टाइम बाउन्ड होम इक्जाम’ को रुपमा पूर्वाञ्चल विश्वविद्यालयले परीक्षा असोज पहिलो हप्ताबाट सुरु सञ्चालन गर्ने जनाएको छ ।

विश्वविद्यालयले टाइम बाउन्ड होम इक्जाम परीक्षा सचालन गर्दा कलेज, क्याप्स तथा परीक्षार्थीले पालना गर्नुपर्ने नियमहरु तयार गरेको छ । परीक्षामा सहभागी हुन नियम अनुसार फाराम भरेर परीक्षा व्यवस्थापन कार्यालयबाट अनिवार्य रोल नम्बर प्राप्त गरेको हुनु पर्नेछ ।

विश्वविद्यालयबाट रोल नम्बर प्राप्त गरेका विद्यार्थीले आफू बसेकै ठाउँबाट परीक्षा दिन पाउने छन् । परीक्षार्थीले परीक्षा सुरु हुनुभन्दा १० दिन अगाडी आफ्नो आधिकारिक इमेल सम्बन्धित क्याम्पसमा पठाउनु पर्नेछ । भने इन्टरनेट, विद्युत, पेन, एफोर साइज पेपर आदि परीक्षार्थी आफैंले व्यवस्थापन गर्नुपर्नेछ ।

परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडि इमेलमार्फत परीक्षार्थीले प्रश्नपत्र प्राउने छन् । उत्तरपुस्तिकाको प्रत्येक पानाको दाहिने भागको माथि आफ्नो रोल नम्बर, विषय, कार्यक्रम, तह, सेमेस्टर र पाना नम्बर अनिवार्य रुपमा लेख्नुपर्ने बताइएको छ ।

उत्तरपुस्तिकामा परीक्षार्थी आफैले हातले लेखेको हुनुपर्नेछ । यदी अरुबाट लेखाइएको, कम्प्युटर टाइप गरिएको, कार्बन कपी गरिएको, पुस्तकबाट हुबहु सारिएको वा अन्य कुनै पनि विधि प्रयोग गरिएको पाइएमा त्यस्ता उत्तरपुस्तिका स्वतः बदर हुनेछ ।

परीक्षा सकिएको दुई घण्टाभित्र उत्तरपुस्तिकाको फोटो वा स्क्यान गरेर क्याम्पस कलेजको आधारिक इमेल आईडीमा पठाउनु पर्नेछ । विश्वविद्यालयका अनुसार परीक्षमा सहभागी परीक्षार्थीको प्राप्तांक पुनर्योग हुने छैन । भने उत्तरपुस्तिकाको प्रतिलिपि समेत लिन पाइने छैन् ।

प्रश्नपत्रमा बस्तुगत प्रश्नपत्र समावेश नहुने र प्रश्नपत्र हाल प्रचलित ढाँचाकै हुने विश्वविद्यालयले जनाएको छ । त्यस्तै प्रयोगात्मक परीक्षा कोरोना सामान्य भएपछि मात्रै हुनेछ ।

त्यसैगरी परीक्षा सकिएको दुई घण्टाभित्र परीक्षार्थीले पठाएको उत्तरपुस्तिका त्यसको चार घण्टाभित्र सम्बन्धित क्याम्पस वा कलेजले विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयको आधिकारिक इमेलमा पठाइसक्नु पर्नेछ ।

यस्ता छन् पालना गर्नुपर्ने नियम

डिजिटल नेपाल

आजदेखि रेडियो नेपालबाट विद्यार्थीलाई पढाउदै सरकार (समय तालिका सहित)

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि रेडियो नेपालबाट देशभरका कक्षा ९ र १० …

एसईई परीक्षा नगर्ने, आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर राष्ट्रिय परीक्षा बोर्डले प्रमाणपत्र जारी गर्ने तयारी

सरकारले कोरोना भाइरस महामारीका कारण स्थगित माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने  निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले (एसईई) परीक्षा नगर्ने र …

शिक्षक प्रतिनिधि भन्छन,  अनलाइन पढाउन डिजिटल कन्टेन्ट र कनेक्टिभिटी खै ? 

गत चैतदेखि नेपालमा कोरोना संक्रमण देखिएपश्चात् नै सुरु भएको लकडाउनको कारण विद्यालय गएर अध्ययन गर्ने ८० लाखभन्दा बढी विद्यार्थीहरू शिक्षाविहीन अवस्थामा छन् ।…

प्रदेश र स्थानीय सरकारले बीकल्पिक प्रणालीको माध्यमबाट सिकाइमा सहजीकरण गर्ने भूमिका

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी गरेको छ । शिक्षा विज्ञान त…

यस्तो छ बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ (पूर्ण पाठ)

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने सम्बन्धी निर्देशिका २०७७ जारी…

अनलाइन कक्षाको बारेमा के भन्छन विज्ञ तथा सरोकारवालाहरु

कोरोना भइरसको प्रकोपसँगै शैक्षिक क्षेत्र प्रभावित भएका छन्  । यतिखेर पहुचहुने र सक्षम बिद्यालय र बिद्यार्थी अनलाइन कक्षा लिरहेका छन् तर धेरै बिद्य…

लोकसेवा आयोग र चाटर्ड एकाउन्टेंन्सी परिक्षाको त्यारी अब घरबाट  

नेपालमा एक हप्ते लामो लकडाउन सुरु भएको छ। छिमेकि देश भारतमा पनि २१ दिन लामो लकडाउनको निर्णय भए लगतै नेपालमा पनि लकडाउन लम्बिने सम्भावन…