कीवर्डहरू -

डिजिटल नेपाल

इक्यान र सफ्टएड ग्रुपबीच सहकार्य, ५० विद्यार्थीलाई ब्याचलरमा आईटी पढ्न छात्रवृत्ति दिइने 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र सफ्टएड ग्रुप अफ कम्पनिजबीच विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सफ्टएड ग्रुप अन्तर्गतको सनवे कलेजमा ५० जना विद्यार्थीलाई स्नातह तहमा छात्रवृत्ति उपलब्ध गराइने छ ।

इक्यानको स्टडी इन नेपाल अभियानलाई प्रवर्द्धन गर्न सहकार्य गरिएको सफ्टएड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । सहकार्य अनुसार स्नातक तहमा अध्ययन गर्न ५० जना नेपाली विद्यार्थीले सनवे कलेजमा १ करोड बराबरको छात्रवृत्ति पाउने छन् । यसमा २ जनालाई पूर्ण र बाँकी ४८ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ ।

पूर्ण छात्रवृत्ति पाउनका लागि प्लस टुमा ३.६० जि पि ए ल्याएको हुनुपर्ने छ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि प्लस टुमा ३.५० जि पि ए ल्याएको हुनु पर्नेछ । ३० प्रतिशत छात्रवृत्ति पाउन प्लस टुमा ३.०० जि. पि. ए. ल्याउनु पर्नेछ । त्यस्तै आइएलटिएस परीक्षामा कम्तीमा ५.५ स्कोर ल्याएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

कलेजले बिएस्सी अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स विषयमा छात्रवृत्ति उपलब्ध गराइने जनाइएको छ । यो कोर्ष अन्तर्गत  डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मसिन लर्निङ्ग, साइबरसेक्युरिटी, क्लाउड कम्प्युटिङ्ग, प्रोग्रामिङ्ग सफ्टवेयर इन्जिनियरिङ्ग, इन्नोभेसन लगायतका विधा पर्दछन् । साथै यस कोर्षको अध्ययनपछि १ वर्ष तोकिएको व्यवसायीक प्लेसमेन्टको सुविदा समेत रहेको छ ।

छात्रवृत्तिका लागि विद्यार्थीहरुले आफ्नो आवेदन [email protected] मार्फत दिन सक्नेछन भने सो आवेदन भर्ने अन्तिम मिति नोभेम्बर सेसनका लागि नोभेम्बर ३ तारिखसम्म र मार्च सेसनका लागि फेब्रुअरि १८ सम्म तय गरिएको छ ।

डिजिटल नेपाल

नेपालमा वेबसाइटको प्रभाव

वेबसाइटहरूले जीवन, सञ्चार, व्यापार र शिक्षाका विभिन्न पक्षहरूमा महत्त्वपूर्ण भूमिका खेल्दै आजको डिजिटल युगमा एक अपरिहार्य उपकरण बनेको छ। नेपालमा र विश्वका अन्…

‘पढ्दै कमाउँदै’ गर्न सकिने कोर्ष बीटेक एड इन आईटी 

कक्षा १२ पास गरिसकेपछि सबै विद्यार्थीहरु के पढ्ने भन्ने दुविधामा हुन्छन् । कोही उच्च …

एनसीआईटीमा भोलि विद्यार्थीका ५० बढी प्रोजेक्ट प्रदर्शनी हुँदै, निःशुल्क अवलोकन गर्न सकिने

काठमाडौंको बालकुमारी स्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिब…

आईटीमा भविष्य बनाउनेका लागि बीआईटी कोर्ष 

अहिले २१औ शताब्दीको युग हो अर्थात सूचना प्रविधिको युग । प्रविधिबिना धेरै काम अधुर…

प्रविधि र व्यवस्थापनको मिश्रित कोर्ष ‘बीआईएम’

माध्यमिक शिक्षा अर्थात प्लस टु गरिसकेपछि विद्यार्थी तथा अभिभावक  उच्च शैक्षिक संस्थाको…

कसले पढ्न पाउँछन् त्रिविको बीएससी सीएसआईटी कोर्ष ?

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरू यतिबेला नतिजाको पर्खाइमा छन् । नतिजाको…

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा आईतबार सेमिनार हुँदै

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा १ दिने सेमिनार आयोजना हुने भएको…

खेती एपबाटै अब ५ मिनेटमै बिना धितो कृषि कर्जा लिन सकिने

एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरूपमा डिजिटल…

अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने नेपमेड्सको मोबाइल एप सार्वजनिक

अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरे…

सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दै विराटनगर महानगर

विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधि…

भोजपुरको क्याम्पसमा ई-लर्निङ सेन्टर स्थापना

पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाको टिमले गृहजिल्ला भोजपुर सदरमुकाममा रहेको त्रिभु…

हरेक स्थानीय तहमा अब स्मार्ट विद्यालय

सरकारले हरेक स्थानीय तहमा स्मार्ट विद्यालय निर्माण गर्ने भएको छ ।

कमाउँदै पढ्दै प्राविधिक धारका विद्यार्थी

शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पढ्ने कार्यसँगै…

इसेवाको एकमा चार अफर, दैनिक एक रूपैयाँ भन्दा कममै स्वास्थ्य र दुर्घटना बीमा सुविधा

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एकमा चार अफर सार्वजनिक गरेको…

अनलाइनबाटै मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म ह्याप्पी माइन्ड्स

काठमाडौंकी श्रेया गिरीले बेलायतमा मास्टर्स अध्ययन गरिरहेकी थिइन् । अध्ययन गर्दा गर्दै कोरोना महामारी सुरू भयो । महामारीपछि उनको मानसिक स्वास्थ्यमा समस्या देखि…