कीवर्डहरू -

खुला विश्वविद्यालयको एक वर्षे बीएड कार्यक्रममा नयाँ भर्ना खुल्यो, यसरी दिनुहोस् अनलाइन आवेदन

खुला विश्वविद्यालयको एक वर्षे बीएड कार्यक्रममा नयाँ भर्ना खुल्यो, यसरी दिनुहोस् अनलाइन आवेदन

नेपाल खुला विश्वविद्यालय, सामाजिक शास्त्र तथा शिक्षा संकायले एक वर्षे बीएड कार्यक्रममा नयाँ भर्ना खुलाएको छ । शैक्षिक वर्ष २०८०/०८१ का लागि सामाजिक शास्त्र तथा शिक्षा संकायले एक वर्षे ( दुई सेमेष्टर) अंग्रेजी, विज्ञान र गणित विषयमा नयाँ भर्ना खुलाएको हो ।

भर्ना आवेदकहरूले विश्वविद्यालयको वेबसाइट www.nou.edu.np मा रहेको स्टुडेन्ट प्यानलमार्फत अनलाइन आवेदन दिन सकिने छ । आवेदन शुल्क १ हजार रूपैयाँ तोकिएको छ ।

उक्त शुल्क नेपाल खुला विश्वविद्यालयको नाममा ग्लोबल आईएमई बैंक लिमिटेड, कीर्तिपुर शाखामा रहेको चल्ती खाता नं. ०५०१०१००००५०२ मा जम्मा गरी सो बैंक भौचर स्क्यान गरी आवेदन साथ अपलोड गर्नुपर्नेछ ।

आवेदकले आवेदन साथ सम्बन्धित शैक्षिक तह र कार्यक्रमका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यताका प्रमाणपत्र र ट्रान्सक्रिप्टको स्क्यान कपी अपलोड गर्नुपर्नेछ । प्रवेश परीक्षा तथा भर्ना सम्बन्धी अन्य विस्तृत जानकारी सम्बन्धित डीन कार्यालयले निर्धारण गरे अनुसार हुनेछ ।

आवेदकले कम्प्युटरको आधारभूत सिप तथा ज्ञान प्राप्त गरेको हुनुपर्ने समेत बताइएको छ । प्रत्येक कार्यक्रम तथा विषयमा आवेदक विद्यार्थी संख्या २० जना भन्दा कम भएमा विश्वविद्यालय भर्ना गर्न बाध्य हुने छैन । कक्षा सञ्चालन मंसिर तेस्रो हप्ता देखि सञ्चालन हुनेछ ।