कीवर्डहरू -

एनसीआईटीमा भोलि विद्यार्थीका ५० बढी प्रोजेक्ट प्रदर्शनी हुँदै, निःशुल्क अवलोकन गर्न सकिने

एनसीआईटीमा भोलि विद्यार्थीका ५० बढी प्रोजेक्ट प्रदर्शनी हुँदै, निःशुल्क अवलोकन गर्न सकिने

काठमाडौंको बालकुमारी स्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिबार विद्यार्थीका परियोजना प्रदर्शनी तथा करियर फेयर हुने भएको छ ।

प्रदर्शनी तथा करियर फेयरमा ५० बढी अन्तिम वर्षका विद्यार्थीका परियोजना र ५० बढी कम्पनी समेत सहभागी हुनेछन् । प्रदर्शनी तथा करियर फेयर निःशुल्क अवलोकन गर्न सकिने छ ।

एनसीआईटी कलेजका सफ्टवेयर इन्जिनियरिङ विभाग प्रमुख विरेन्द्र विष्टले आईटी, कम्प्युटर, सफ्टवेयर र बीसीएका अन्तिम वर्षका विद्यार्थीले तयार पारेका प्रोजेक्टहरू प्रदर्शनीमा राखिने बताए ।

‘यो कलजेको वार्षिक कार्यक्रम हो । यस वर्ष पनि शनिबार विद्यार्थीले तयार पारेका प्रोजेक्ट प्रदर्शनी गर्दै छौं,’ उनले आइसिटी समाचारसँग भने, ‘यसले विद्यार्थीलाई हौसलाका साथै प्रोजेक्टलाई अझै राम्रो बनाउन सहयोगी भूमिका खेल्ने छ ।’

प्रदर्शनीमा सूचना प्रविधिसँग सम्बन्धित विभिन्न प्रोजेक्टहरू राखिने छ । प्रदर्शनीमा राखिएका परियोजनाको मूल्यांकन समेत हुनेछ । मूल्यांकनका लागि एउटा टोली बनाइएको छ ।

मूल्यांकनका आधारमा उत्कृष्ट परियोजनालाई सम्मान समेत गरिने उनले बताए । यसका साथै विद्यार्थीको सीपलाई अभिवृद्धि हुने गरी गिफ्ट भौचर समेत दिइने छ ।

बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने प्रदर्शनी तथा करियर फेयर विभिन्न कम्पनीले दक्ष जनशक्तिको पहिचान समेत गर्न सक्ने छन् । कार्यक्रममा ५० भन्दा बढी कम्पनी समेत आउने छन् ।

कम्पनी र विद्यार्थीलाई एउटै थलोमा ल्याउन विभिन्न आईटी कम्पनीलाई निमन्त्रण दिएको उनको भनाइ छ । यसले शैक्षिक संस्था र उद्योगबीचको दूरीलाई कम गर्न समेत सघाउने कलेजको विश्वास छ । कम्पनीहरूले प्रदर्शनीमा आएर विद्यार्थीका परियोजना बारे बुझ्न र सम्भावित दक्ष जनशक्ति पहिचान गर्न सक्ने छन् ।

यस बाहेक शनिबार नै विश्वविद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालित टेक्नोप्रेनरसीपका ४० स्टार्टअप आईडियाको बिजनेस प्लान समेत प्रस्तुत हुनेछ ।