डिजिटल नेपाल
कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन सक्दैन : सचिव शर्मा
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले वर्तमान समयमा कृषिक्षेत्र डिजिटलबाट अछुतो रहन नसक्ने स्पष्ट पारेका छन् ।
कृषि मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खाद्य तथा कृषि सङ्गठन(एफएओ) र अन्तर्राष्ट्रिय विकासका लागि संयुक्त राज्य एजेन्सी(युएसए आईडी)द्वारा संयुक्तरुपमा आयोजित ‘एग्रिटेक’ बैठकमा सचिव शर्माले विश्वव्यापी रुपमा डिजिटल विस्तारको परिपेक्षमा नेपालको कृषिक्षेत्र अछुतो रहन नसक्ने बताएका हुन् ।
सरकारले विभिन्न क्षेत्रमा प्रयोग गर्दै आएका डिजिटल नीति कृषि क्षेत्रमा पनि लागू गरेको र विस्तार हुँदै गएको उनको भनाइ छ । 'करिब दश लाख किसान डिजिटल कृषिमा सूचीकृत भएका छन् । तीन तहबीच समन्वय गरी साना किसानको पहुँचका लागि मन्त्रालय प्रयासरत छ ।'
कुल ७३ प्रतिशत किसानले स्मार्ट फोनको प्रयोग गर्नु कृषि क्षेत्रको प्रवद्र्धनका लागि सुनौलो अवसर रहेकाले यसको प्रभावकारी ढङ्गले कार्यान्वयन गरी उत्पादकत्व वृद्धि गर्न सकिने उनले बताए ।
किसानका मूल्य निर्धारण, बीउविजन, मल, अनुदान, वातावरणीय जोखिमलगायतका समस्यालाई डिजिलाइजेशनले न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । यसको प्रभावकारी कार्यान्वयन गर्न तीन तहबीच सहकार्य र समन्वय आवश्यक रहेको उनले बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतले किसानलाई इन्टरनेटको पहुँचमा विस्तार गरी उत्पादकत्व वुद्धि गर्नु आजको आवश्यकता रहको बताए ।
उनले भने, 'कृषि उत्पादनमा आत्मनिर्भर हुन नसकेको नैराश्यता हटाउन डिजिटलाइजेशले महत्वपूर्ण टेवा पुर्याउँछ । किसानको पहुँचमा अभिवृद्धि गरी यसको विस्तार गर्नु आजको आवश्यकतो हो।'
डिजिटलाइजेशलने खाद्य सम्प्रभूताको जोखिमलाई न्यूनीकरणमा मद्दत गर्ने उनको भनाइ छ । कृषि मन्त्रालयका सहसचिव सवनम शिवाकोटीले नेपालमा डिजिटलाइजेशनको विद्यमान अवस्थाबारे प्रस्तुत गर्दै किसानको सुचीकरणको विस्तारमा मन्त्रालय प्रयासरत रहेको जानकारी दिए ।
किसानको मुख्य समस्या उत्पादनको मूल्य निर्धारण रहेकाले प्रविधिमा आवद्ध गराई सही सूचना प्राप्त गराई समस्यामुक्त गर्न मन्त्रालयले पहल गरिरहेको उनले बताए ।
खाद्य तथा कृषि सङ्गठन(एफएओ)का प्रतिनिधित्व केन सिमिजुले कृषिक्षेत्रमा युवाको सहभागिता आवश्यक रहेको बताए ।
विश्वव्यापीरुपमा कृषिलाई प्रविधिमैत्री बनाउन युवाको ठूलो सहयोग हुने उन को भनाइ छ । मन्त्रालयले 'एग्रिकल्चर फ्रेमवर्क' कार्यान्वयनलाई प्रभावकारी गराउन विभिन्न सरोकारवाला पक्षबीच छलफल गरेको थियो।
डिजिटल नेपाल
खल्तीले ल्यायो सुरक्षा प्याकेज, वार्षिक ३५० रूपैयाँमा २.३ लाखको बिमा र थप स्वास्थ्य सेवा
खल्तीले आफ्ना ग्राहकहरूका लागि ‘खल्ती सुरक्षा’ नामकको स्वास्थ्य सेवा प्याकेज उपलब्ध गरा…
विश्व बैंकको नेपाललाई करिब १६ अर्ब अनुदान, डिजिटल शिक्षणलाई सुदृढ गरिने
विश्व बैंकले नेपाललाई १२ करोड अमेरिकी डलर (झण्डै १६ अर्ब रुपैयाँ) बराबरको अनुदान…
नेपालमा ४५ हजार ८८० जनाले पढेका छन् सूचना प्रविधि विषय, पुरूषको तुलनामा महिलाको संख्या कमी
नेपालमा सूचना प्रविधि विषय ४५ हजार ८८० जनाले अध्ययन गरेको देखिएको छ । …
नेपालीको लगानीमा अष्ट्रेलियामा आईटी पढाउने नयाँ कलेज सुरू
नेपाली समेतको लगानीमा उच्च शिक्षा अध्यापनका लागि अस्ट्रेलियामा नयाँ कलेज सुरू भएको…
मास्टर्स अफ कम्प्युटर इन्फर्मेसन सिस्टममा नयाँ भर्ना खुल्यो
पोखरा विश्वविद्यालयले मास्टर्स अफ कम्प्युटर इन्फर्मेसन सिस्टम (एमसीआईएस) मा नयाँ भर्ना …
यस्तो छ त्रिविको एमआईटी कोर्ष
त्रिभुवन विश्वविद्यालय अन्तर्गत विज्ञान तथा प्रविधि संस्थानले सूचना प्रविधिमा स्नातकोत्त…
यस्ता छन् नेपाली डिजिटल लर्निङ प्लेटफर्म
प्रविधिको विकासँगै अहिले एक क्लिकमै विश्वस्तरीय शिक्षा लिन सकिन्छ । विश्वका लोकप्रिय …
आज डिजिटल लर्निङ डे, नेपालमा पनि मनाइँदै
आज डिजिटल लर्निङ डे । हरेक वर्ष विश्वभर फेब्रुअरीमा ‘डिजिटल लर्निङ डे’ मनाइन्छ । ने…
इम्पावरिङ द फ्युचर थ्रो डिजिटल लर्निङ विषयमा सेमिनारको आयोजना हुँदै
डिजिटल सिकाई र अभ्यासलाई प्रोत्साहन तथा प्रवद्धन गर्ने उदेश्यले यहि फागुन ११ गते अर्थ…
शहरी खानेपानी तथा उर्जा सेवालाई प्रविधिबाट स्तरोन्नती गर्न सरोकारवालाको जोड
नेपालमा शहरी खानेपानी तथा उर्जा सेवामा पछिला समय विकास भएका विश्वमा प्रविधिको प्र…
नेपालमै पहिलो पटक स्नातकोत्तर तहमा ‘हेल्थ इन्फरम्याटिक्स’ विषय पढाउँदै केयु
काठमाडौं विश्वविद्यालय (केयु)ले आगामी शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा ‘हेल्थ इन्फरम्…
कक्षा १२ उत्तीर्ण भएसँगै स्नातकमा अब के पढ्ने ? यस्ता छन् आईटीका विषय
शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । नतिजा सार्वज…
त्रिविले बीएससी सीएसआईटीमा नयाँ भर्ना खुलाउँदै, कहिले हुन्छ प्रवेश परीक्षा ?
त्रिभुवन विश्वविद्यालय (त्रिवि) को विज्ञान तथा प्रविधि अध्ययन संस्थानले बीएससी सीएसआ…
त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोहमा भाग लिन अनलाइनबाटै आवेदन दिन सकिने
त्रिभुवन विश्वविद्यालयको ४८ औं दीक्षान्त समारोहमा भाग लिन अनलाइनबाटै आवेदन दिन सकि…