कीवर्डहरू -

डिजिटल नेपाल

बिद्यार्थीलाइ लक्षित ह्वावेको \'सिड्स फर द फ्युचर कार्यक्रम\' सुरु, यसरी हुनुहोस सहभागी

आफ्नो डिजिटल प्रतिभा विकास इकोसिस्टमको एक अंशको रूपमा ह्वावेले सिड्स फर द फ्युचरको शुरुवात गरेको छ, जुन आफ्नो ग्लोबल फ्लयागशिप सिएसआर कार्यक्रम नेपालका सबै आईसिटी सम्बन्धी बिषयहरुका स्नातक स्तरका विद्यार्थीहरुको लागि ललितपुरमा आयोजित पत्रकार सम्मेलनको दौरान गरिएको हो ।

कार्यक्रम पहिलो पटक थाईल्याण्डमा २००८ मा शुरू भएको थियो । तब देखि १३० देश र क्षेत्रहरुबाट ९,००० विद्यार्थीहरु कार्यक्रममा सहभागी भइसकेका छन् ।

\"\"

यस बर्ष एक प्रतिस्पर्धी आवेदन प्रक्रियाबाट छनौट गरी २० जना विद्यार्थीहरुले अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन पाउनेछन् ।

यस बर्ष एक प्रतिस्पर्धी आवेदन प्रक्रियाबाट छनौट गरी २० जना विद्यार्थीहरुले अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन पाउनेछन् ।

कार्यक्रममा ह्वावेले चयन समितिको समेत परिचय दिएको थियो जसमा प्रो. डा. शशिधर राम जोशी, प्रो. डा. सुवर्ण शाक्य र प्रो. तिमिला यामी रहेका छन् –उनीहरु सबै आईसिटी क्षेत्र का प्रतिष्ठित प्रोफेसरहरु हुन् ।


यस कार्यक्रमले विद्यार्थीहरुलाई ८–दिने अन्तरक्रियात्मक अनलाइन अनुभव र नेपालमा आईसीटी उद्योगमा फर्स्ट–ह्यान्ड अन्तरदृष्टि प्रदान गर्दछ । अनलाइन कार्यक्रमको दौरान विद्यार्थीहरुले एन्ट्री लेभल र एड्भान्स्ड प्राबिधिक कोर्सेस् पाउने छन् जसमा छन्, क्लाउड कम्प्युटिंग र एआई भर्चुअल टुरको माध्यमबाट चीनको अनुभव; विशेषज्ञहरुबाट साइबरसुरक्षा देखि एयरोस्पेस उद्योग बारे विस्तृत दृष्टिकोण सुन्ने; अन्य देशहरुसंग क्रस–कल्चुरल एक्सचेन्ज सम्भव हुने अन्र्तक्रियात्मक र गतिशील कक्षा कोठामा समाबेश हुने; ”टेक फोर गूड” समूह परियोजनामा भाग लिने; र ह्वावेको इतिहास र प्राविधिक विकासको एक झलक पाउने रहेको छ ।

\"\"

विद्यार्थीहरुले ह्वावे नेपाल कार्यालयको भ्रमणको माध्यमबाट नेपालको आईसिटी उद्योगमा फर्स्ट–ह्यान्ड अन्तरदृष्टि प्राप्त गर्ने छन् जहाँ उनीहरुलाई नेपालको आईसिटी उद्योगमा ह्वावेको समृद्ध अनुभवसंग परिचय गराइनेछ; उद्योग विशेषज्ञहरुव्दारा कक्षा; र डिसेम्बरमा आयोजित एक रमणीय स्थानमा एक ह्वावे–निर्मित बेस स्टेशनको एक रात को यात्रा तय गरिने छ । कार्यक्रमको समापन तिर विद्यार्थीहरु अलुम्नाइ समुदायमा सम्मिलित हुनेछन् जहाँ आत्मियता गाढा गर्न एस्क्लुसिभ वेबिनार, राउन्ड टेबल संवाद, उत्सव कार्यक्रम आदि हरेक बर्ष आयोजना गरिनेछ ।

यो  कार्यक्रम उत्कृष्ट शैक्षिक पृष्ठभूमि भएको आईसिटी विषयबाट स्नातक गरेका विद्यार्थीहरुको लागि खुला छ । विद्यार्थीहरुले www.seedsnepal.com बाट कार्यक्रममा आफ्नो नयाँ ट्रान्सक्रिप्ट वा आफ्नो संस्थाबाट सिफारिश पत्र र ६००–शब्दको एक प्रेरणा पत्र सामिल गरेर आवेदन दिन सक्छन् । चयन समितिले त्यसपछि सर्ट लिस्ट र एउटा फाइनल इन्टरभ्युबाट २० फाइनलिस्ट छनौट गर्नेछ ।

प्रेस मिटमा प्रो. यामीले कम्पनी र कार्यक्रमको लागि उत्साहजनक समर्थन व्यक्त गरे । उनीले“मेरा सहकर्मीहरु र म यो भ्यालुएबल कार्यक्रमलाई सफल बनाउन धेरै मेहनत गर्नेछौं ।” ह्वावेको बारेमा बोल्दै गर्दा उनले नेपाली मिडियालाई ह्वावेको शुरुवातको इतिहासमा ध्यान केन्द्रित गर्न प्रोत्साहित गरेका छन् किनकि ह्वावेको कथा संसारको लागि एक आदर्श प्रेरणादायी कहानी हुनेछ ।

विद्यार्थीहरुले www.seedsnepal.com बाट कार्यक्रममा आफ्नो नयाँ ट्रान्सक्रिप्ट वा आफ्नो संस्थाबाट सिफारिश पत्र र ६००–शब्दको एक प्रेरणा पत्र सामिल गरेर आवेदन दिन सक्छन् । चयन समितिले त्यसपछि सर्ट लिस्ट र एउटा फाइनल इन्टरभ्युबाट २० फाइनलिस्ट छनौट गर्नेछ ।

“ह्वावे एक सामान्य शुरुवातबाट आएर विश्वव्यापी प्रभावशाली कम्पनी बनेको छ ।” प्रतिभाशाली विद्यार्थीहरुद्वारा समर्थित, सिड्स फर द फ्युचरले सफलता पाउने छ र बदलामा कार्यक्रमले विद्यार्थीहरुको लागि इनोभेसनलाई प्रोत्साहित गर्नेछ भन्ने कुरामा उनी विश्वस्त छन् ।

प्रो. डा. शशिधर राम जोशीले एकेडेमिया–उद्योग सहकार्यको महत्व माथि प्रकाश पारेका छन् । उनीले“ह्वावेको सिड्स फर द फ्युचर कार्यक्रम एकेडेमिया–उद्योग सहकार्य प्रति धेरै राम्रो कदम हुनसक्छ, त्यसै कारणले म ह्वावेलाई धन्यवाद दिन चाहन्छु भन्ने बताए ।

प्रो. डा. सुवर्ण शाक्यले नेपालमा ह्वावेको कामको प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालमा ह्वावेको विगत २१ बर्षको मिहिनेतलाई पहिले नै नेपाल सरकारले सराहना गरिसकेको छ किनकि ह्वावेलाई २०२१ मा राष्ट्रिय आईसीटी पुरस्कार (निजी क्षेत्र) बाट सम्मानित गरिएको थियो ।“ सिड्स फर द फ्यूचर नेपालको सन्दर्भमा उनीले यो कार्यक्रम ह्वावेको धेरै राम्रो पहल रहेको भनी प्रशंसा पनि गरे ।

\"\"

उनीले ह्वावेले नेपालमा प्रतिभाशाली आईटी विद्यार्थीहरुको लागि धेरै राम्रो अवसर प्रदान गरीरहेको छ । शिक्षा र उद्योगको सम्बन्ध धेरै महत्त्वपूर्ण छ । म सिड्स फर द फ्यूचरको लागि सफलताको कामना गर्दछु।”

ह्वावे टेक्नोलोजीज नेपाल प्रा.लि. का सिईओ विलियम झांगले समापन मन्तव्यको साथ कार्यक्रमको अन्त्य गरेका छन् । नेपालका विद्यार्थीहरु उत्साहपूर्वक कार्यक्रममा सहभागी हुन्छन् भन्ने उहाँले आशा राख्नु भएको छ ।

उनले “हाम्रो डिजिटल प्रतिभा विकास इकोसिस्टमको एक अंशको रूपमा अर्को ५ बर्षमा १०,००० आईसिटी प्रतिभाहरुको नेपालमा विकास गर्ने हाम्रो लक्ष्य छ । डिजिटल प्रतिभा डिजिटल विकासको आधार हो । हामी आउँदो वर्ष नेपालमा डिजिटल प्रतिभाको विकासको लागि अन्य कार्यक्रमहरु शुरू गर्ने आशा गर्दछौं ।”भनेर बताएका छन् ।

डिजिटल नेपाल

सरकारले शैक्षिक सामग्री र पाठयक्रम विद्युतीय माध्यमबाट प्रदेशका विद्यालयमा उपलब्ध गराउने

सरकारले शैक्षिक सामग्री र पाठयक्रम विद्युतीय माध्यमबाट प्रदेशका सार्वजनिक विद्यालयमा …

कारखानाले ल्यायो विद्यार्थीका लागि पाँच प्रकारका नयाँ सिकाइ सामग्री

प्रयोगात्मक र व्यवहारिक सिकाई अनुभव निर्माणको लागि काम गरिरहेको संस्था कारखानाले द…

अनलाइन लर्निङ प्लेटफर्म बम्बिनोस डटलाइभको सेवा नेपालमा शुरू

अनलाइन लर्निङ प्लेटफर्म बम्बिनोस डटलाइभले नेपालमा पनि आफ्नो सेवा शुरू गरेको छ । ब्य…

लर्न इन्फिनिटीका अनलाइन कोर्सहरु अब निमा एकेडेमीमा पनि उपलब्ध हुने

निमा एकेडेमी र लर्न इन्फिनिटी बीच सहकार्य भएको छ l यससँगै अब लर्न इन्फिनिटीका अनला…

एआईमा आधारित रिमोट प्रोक्टोरिङ सफ्टवेयर विकास गर्दै काठमाडौं विश्वविद्यालय, कसरी गर्छ काम ? 

काठमाडौं विश्वविद्यालयले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मा आधारित रिमोट प्रोक्टोरिङ …

त्रिविका परीक्षा निर्धारित समयमै हुने

त्रिभुवन विश्वविद्यालयले भदौ महिनामा सञ्चालन गर्ने गरी पूर्वनिर्धारित परीक्षा नियमित …

नेपालीले अस्ट्रेलियामा खोलेको प्राविधिक कलेजले पायो तास्मानियामा पनि नयाँ कलेजको अनुमति 

नेपाली लगानिकर्ताले अष्ट्रेलिया न्यू साउ…

डिजिटल शिक्षाको अभियानमा निमा एकेडेमी (भिडिओ)

पछिल्लो समय नेपालमा अनलाइन कक्षाको प्रयोग धेरै भइरहेको छ । कोरोना महामारीले स्कुल…

तेस्रो वार्षिकोत्सव मनाउँदै निमा एकेडेमी, कक्षा १० सम्मका कोर्षहरू उपलब्ध

निमा एकेडेमीको स्थापना भएको तीन वर्ष पुरा भएको छ l सन् २०१८ मा स्थापना भएको निमा …

‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका ८ विजेता घोषणा, नेहाले जितिन १ लाख रुपैयाँ

लिभिङ आइसिटीले आयोजना गरेको माइ सेकेन्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका विजेताहरुको घोषण…

विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जाल र इडियुरोममा जोडियो त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयको केन्द्रिय क्याम्पस किर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक स…

अनलाइनबाट परीक्षा सञ्चालनको माग गर्दै विज्ञान तथा प्रविधि संस्थानको डीन कार्यालयमा ताला

कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआईटी) एशोसिएसन अफ नेपालले अनलाइनबाट परीक्…

अब नेपालमै स्नाकोत्तरसम्म एआई पढ्न पाइने, यसै वर्ष सुरु गर्दै छ काठमाडौ विश्वविद्यालयले

काठमाडौ विश्वविद्यालयले आगामी सेप्टेम्वर २०२१ बाट आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक/एम…

द ब्रिटिस कलेजले नेपालमै पहिलो पटक पायो ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता

काठमाडौंको द ब्रिटिस कलेजले ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता पाएको छ …

परम्परागत शिक्षालाई डिजिटल बनाउने अभियानमा निमा एकेडेमी

पछिल्लो समय नेपालमा अनलाइन कक्षाको प्रयोग धेरै भइरहेको छ । कोरोना महामारीले स्कुल…