कीवर्डहरू -

इक्यान र सफ्टएड ग्रुपबीच सहकार्य, ५० विद्यार्थीलाई ब्याचलरमा आईटी पढ्न छात्रवृत्ति दिइने 

इक्यान र सफ्टएड ग्रुपबीच सहकार्य, ५० विद्यार्थीलाई ब्याचलरमा आईटी पढ्न छात्रवृत्ति दिइने 

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र सफ्टएड ग्रुप अफ कम्पनिजबीच विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सफ्टएड ग्रुप अन्तर्गतको सनवे कलेजमा ५० जना विद्यार्थीलाई स्नातह तहमा छात्रवृत्ति उपलब्ध गराइने छ ।

इक्यानको स्टडी इन नेपाल अभियानलाई प्रवर्द्धन गर्न सहकार्य गरिएको सफ्टएड ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । सहकार्य अनुसार स्नातक तहमा अध्ययन गर्न ५० जना नेपाली विद्यार्थीले सनवे कलेजमा १ करोड बराबरको छात्रवृत्ति पाउने छन् । यसमा २ जनालाई पूर्ण र बाँकी ४८ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ ।

पूर्ण छात्रवृत्ति पाउनका लागि प्लस टुमा ३.६० जि पि ए ल्याएको हुनुपर्ने छ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि प्लस टुमा ३.५० जि पि ए ल्याएको हुनु पर्नेछ । ३० प्रतिशत छात्रवृत्ति पाउन प्लस टुमा ३.०० जि. पि. ए. ल्याउनु पर्नेछ । त्यस्तै आइएलटिएस परीक्षामा कम्तीमा ५.५ स्कोर ल्याएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।

कलेजले बिएस्सी अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स विषयमा छात्रवृत्ति उपलब्ध गराइने जनाइएको छ । यो कोर्ष अन्तर्गत  डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मसिन लर्निङ्ग, साइबरसेक्युरिटी, क्लाउड कम्प्युटिङ्ग, प्रोग्रामिङ्ग सफ्टवेयर इन्जिनियरिङ्ग, इन्नोभेसन लगायतका विधा पर्दछन् । साथै यस कोर्षको अध्ययनपछि १ वर्ष तोकिएको व्यवसायीक प्लेसमेन्टको सुविदा समेत रहेको छ ।

छात्रवृत्तिका लागि विद्यार्थीहरुले आफ्नो आवेदन [email protected] मार्फत दिन सक्नेछन भने सो आवेदन भर्ने अन्तिम मिति नोभेम्बर सेसनका लागि नोभेम्बर ३ तारिखसम्म र मार्च सेसनका लागि फेब्रुअरि १८ सम्म तय गरिएको छ ।