डिजिटल नेपाल
लर्न इन्फिनिटीका अनलाइन कोर्सहरु अब निमा एकेडेमीमा पनि उपलब्ध हुने
निमा एकेडेमी र लर्न इन्फिनिटी बीच सहकार्य भएको छ l यससँगै अब लर्न इन्फिनिटीका अनलाईन कोर्सहरु निमा एकेडेमीको वेबसाइट तथा एपमा उपलब्ध हुने भएका छन् l
उक्त सहमतिपत्रमा निमा एकेडेमीकी सीओओ नेहा जोशी र लर्न इन्फिनिटीकी संस्थापक अदिती गोयलले गरेकी हुन् ।
सहमति पत्रमा हस्ताक्षर गर्दै दुवैले एक-अर्कालाई सहयोग गर्ने र संगै आघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् l यो साझेदारीले निमा एकेडेमी र लर्न इन्फिनिटी दुवैलाई सहयोग पुग्ने र फाइदा हुने विश्वास गरिएको छ ।
लर्न इन्फिनिटीका वास्तविक जिवनमा उपयोगी कला तथा कौशल र व्यक्तिगत विकासका शैक्षिक सामग्रीहरु अब निमा एकेडेमीमा अध्ययन गर्न सकिने छ l
अहिलेको शिक्षा प्रणालीले हामीलाई जागिर खान र परिक्षामा राम्रो अंक ल्याउन मात्र सिकाएको र अरु जीवन उपयोगी कुराहरू केहि नसिकाएको लर्न इन्फिनिटीका संस्थापक अदिति गोयलले बताइन् l
‘शिक्षामा यही कमी पुरा गर्न लर्न इन्फिनिटीले समग्र व्यक्तिगत विकासका शैक्षिक सामग्रीहरु लिएर आएको छ,’ उनले भनिन् ।
कला, कौशल र रचनात्मकता, स्वस्थ र पोषण, सम्बन्ध, बालापन, किशोरावस्था अनि अबिभावाकत्व, मन र आत्मा अनि क्यारियर र उत्पादकत्व आदि विषयमा आधारित शैक्षिक सामग्रीहरुद्वारा समग्र व्यक्तिगत विकास हुने विश्वास लर्न इन्फिनिटीको रहेको छ l
लर्न इन्फिनिटीले व्यक्तिको समग्र विकासमा सहयोग पुर्याउने विश्वास गोयेलको छ l निमा एकेडेमीले स्कुल र कलेजका कोर्सहरु मात्र नभएर समग्र रुपमा सबैलाई हुने खालको शैक्षिक सामग्रीहरु पनि लिएर आउने योजना बनाएको छ l हाल निमा एकेडेमीमा पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि कक्षा १० सम्मका शिक्षण सामाग्रीहरु रहेका छन् ।
आउँदा दिनहरुका लागि कक्षा ११, १२ र त्यसभन्दा माथिका कोर्सहरू पनि राख्ने तयारी गरिएको छ l निमा एकेडेमीको कोर्सहरूमा भिडियो, आर्टिकल, क्विज, टेस्ट, असाइन्मेन्ट तथा गेमहरू समावेश गरिएको छ l
हालसालै निमा एकेडेमीले विस्टिमसँग सहकार्य गर्दै विस्टिमका कोर्सहरु पनि उपलब्ध गराएको थियो l यो सांझेदारीले निमा एकेडेमी र लर्न इन्फिनिटी दुवैलाई सहयोग पुग्ने र फाइदा हुने विश्वास निमा एकेडेमी र लर्न इन्फिनिटी दुवैको रहेको छ l सहमति पत्रमा हस्ताक्षर गर्दै दुवैले एक-अर्कालाई सहयोग गर्ने र संगै आघि बढ्ने दृढता व्यक्त गरेका छन् l
डिजिटल नेपाल
डिजिटल शिक्षाको अभियानमा निमा एकेडेमी (भिडिओ)
पछिल्लो समय नेपालमा अनलाइन कक्षाको प्रयोग धेरै भइरहेको छ । कोरोना महामारीले स्कुल…
तेस्रो वार्षिकोत्सव मनाउँदै निमा एकेडेमी, कक्षा १० सम्मका कोर्षहरू उपलब्ध
निमा एकेडेमीको स्थापना भएको तीन वर्ष पुरा भएको छ l सन् २०१८ मा स्थापना भएको निमा …
‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका ८ विजेता घोषणा, नेहाले जितिन १ लाख रुपैयाँ
लिभिङ आइसिटीले आयोजना गरेको माइ सेकेन्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका विजेताहरुको घोषण…
विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जाल र इडियुरोममा जोडियो त्रिभुवन विश्वविद्यालय
त्रिभुवन विश्वविद्यालयको केन्द्रिय क्याम्पस किर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक स…
अनलाइनबाट परीक्षा सञ्चालनको माग गर्दै विज्ञान तथा प्रविधि संस्थानको डीन कार्यालयमा ताला
कम्प्युटर विज्ञान तथा सूचना प्रविधि (सीएसआईटी) एशोसिएसन अफ नेपालले अनलाइनबाट परीक्…
अब नेपालमै स्नाकोत्तरसम्म एआई पढ्न पाइने, यसै वर्ष सुरु गर्दै छ काठमाडौ विश्वविद्यालयले
काठमाडौ विश्वविद्यालयले आगामी सेप्टेम्वर २०२१ बाट आर्टिफिसियल इन्टेलिजेन्स (बीटेक/एम…
द ब्रिटिस कलेजले नेपालमै पहिलो पटक पायो ब्रिटिस एक्रिडेसन काउन्सिलको मान्यता
काठमाडौंको द ब्रिटिस कलेजले ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी) को मान्यता पाएको छ …
परम्परागत शिक्षालाई डिजिटल बनाउने अभियानमा निमा एकेडेमी
पछिल्लो समय नेपालमा अनलाइन कक्षाको प्रयोग धेरै भइरहेको छ । कोरोना महामारीले स्कुल…
प्राधिकरणले तीन ठाउँमा मोबाइल र कम्प्युटर मर्मत तालिम संचालन गर्ने
नेपाल दूरसञ्चार प्राधिकरणले प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले मोबाइल र कम्प्युटर मर्मत तालिम संचालन गर्…
मेरो स्कूलले ल्यायो ‘प्ले एण्ड विन’ क्विज, हरेक दिन ५ हजार रुपैयाँ जित्न सकिने
इ-लर्निङ्ग प्लाटफर्म मेरो स्कूलले नयाँ फिचर ‘प्ले एण्ड विन’ क्विज सार्वजनिक गरेको छ । …
अनलाइन कक्षाले तनावमा बालबालिका
नयाँ बानेश्वरकी राधिका महर्जनकी कक्षा १ मा अध्ययनरत सात वर्षीया छोरीलाई अनलाइन कक्ष…
फाइभजीको चटारो नसकिदै सिक्सजीको हतारो, कुन देशले के गर्दैछन् ?
नेपालमा थ्रिजीपछि भर्खर फोरजीको विस्तार हुँदैछ । सबै ठाउँमा फोरजी पुगेको छैन् । फ…
ई-लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचरले माग्यो २० जना कलाकार
ई-लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचरले २० जना कलाकार मागेको छ । कम्पनीले शिक्षक र वि…
त्रिभुवन विश्वविद्यालयको समकक्षता अब अनलाइनबाटै पाइने
त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि ह…
डिजिटल नेपालको परिकल्पना गरेर १ लाख रकम जित्ने अवसर ! कसरी हुने सहभागी ?
लिभिङ विथ आइसिटीले नेपालमै पहिलो पटक डिजिटल नेपालको विषयमा राष्ट्रिय स्तरको प्रति…