कीवर्डहरू -

बीमा सेवा सहज बनाउन क्यूआर प्रणाली लागू, कार्ड साथमा नभए पनि उपचार पाइने

बीमा सेवा सहज बनाउन क्यूआर प्रणाली लागू, कार्ड साथमा नभए पनि उपचार पाइने

काठमाडौं । अबदेखि अस्पताल तथा स्वास्थ्य सेवा प्रदायकहरूले बिरामीलाई उपचार सेवा दिन स्वास्थ्य बीमा कार्ड अनिवार्य रूपमा भौतिक रूपमा देखाउनु पर्ने बाध्यता हटेको छ । स्वास्थ्य बीमा बोर्डले शुक्रबार जारी गरेको सूचनाअनुसार, बीमितहरूले क्यूआर कोड स्क्यानमार्फत पनि सेवा लिन सक्ने व्यवस्था लागू गरिएको छ ।

बोर्डका अनुसार, बीमितको सहजतालाई ध्यानमा राख्दै नागरिक एप, एचआईबी प्रोफाइल लगायतका डिजिटल माध्यममा उपलब्ध बीमा कार्ड प्रयोग गरी उपचार सेवा दिन सबै सेवा प्रदायकलाई निर्देशन दिइएको हो । अब कसैले आफ्नो बीमा कार्ड साथमा नराखेको अवस्थामा पनि डिजिटल कार्डबाट उत्पन्न क्यूआर कोड स्क्यान गरेर सेवा लिन सक्नेछन् ।

यस सम्बन्धमा बोर्डले यसअघि नै २४ फागुन २०८० मा बसेको बैठकबाट निर्णय गरी परिपत्र जारी गरिसकेको जनाएको छ । तर केही स्वास्थ्य संस्थाहरूले उक्त व्यवस्था कार्यान्वयन नगरेको गुनासो आएपछि बोर्डले पुनः कडाइका साथ लागू गर्न निर्देशन दिएको हो । बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेण्ट डा. पवनकुमार साहद्वारा हस्ताक्षरित सूचनामा अब यो व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्न सबै स्वास्थ्य सेवा प्रदायकलाई आग्रह गरिएको छ ।

null