कीवर्डहरू -

कोचिङको विकल्प बन्दै ‘कृतिम गुरु’ : स्नातक प्रवेश तयारी अब अनलाइनमै

कोचिङको विकल्प बन्दै ‘कृतिम गुरु’ : स्नातक प्रवेश तयारी अब अनलाइनमै

काठमाडौं । नेपालमा स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि प्रवेश परीक्षाको तयारी अब अझ सहज, व्यवस्थित, किफायती र प्रविधिमैत्री हुने भएको छ। Kritim Mind Technologies Pvt. Ltd. ले Bachelor level entrance preparation का लागि लक्षित गरी तयार पारेको अनलाइन प्लेटफर्म कृतिम गुरु सार्वजनिक गरेको छ ।

विशेष गरी BCA, BSc.CSIT, BIT र CMAT प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूलाई लक्षित गरेर निर्माण गरिएको कृतिम गुरुले विद्यार्थीहरूलाई मोबाइल वा वेबमार्फत घरमै बसेर प्रभावकारी अभ्यास, मूल्यांकन र प्रगति विश्लेषण गर्ने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ

परम्परागत तयारी प्रणालीमा विद्यार्थीहरूले किताब, नोट र पुराना प्रश्नपत्रमा मात्र भर पर्नुपर्ने अवस्था रहेकोमा कृतिम गुरुले ती सबै सामाग्रीलाई डिजिटल रूपमा एउटै प्लेटफर्ममा उपलब्ध गराउने प्रयास गरेको छ यसबाट विद्यार्थीहरूले जहाँबाट पनि जुनसुकै समयमा पनि आफ्नो तयारीलाई निरन्तरता दिन सक्नेछन्

कृतिम गुरुमा विद्यार्थीहरूका लागि Daily Practice, Mock Test, Notes, Old Questions जस्ता महत्वपूर्ण सुविधा समावेश गरिएको छ । दैनिक अभ्यासमार्फत विद्यार्थीहरूले नियमित रूपमा आफ्नो ज्ञान परीक्षण गर्न सक्नेछन् भने Mock Test मार्फत वास्तविक प्रवेश परीक्षाको जस्तै समय सीमा र वातावरणमा अभ्यास गर्न पाउनेछन्

त्यस्तै, एपमा उपलब्ध Notes ले विद्यार्थीहरूलाई विषयगत अवधारणा बुझ्न सहयोग गर्नेछ भने Old Questions सुविधाले विगतका परीक्षामा सोधिएका प्रश्नहरूको ढाँचा, कठिनाइ स्तर र परीक्षा प्रवृत्ति बुझ्न मद्दत गर्नेछ । यसले विद्यार्थीलाई केवल पढ्ने मात्र नभई परीक्षामुखी तयारी गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ

कम्पनीका  CTO Bijaya Tamang का अनुसारअनुसार कृतिम गुरुमा Chapter-wise Practice, Difficulty Level Based Questions, Progress Tracking, Learning Streak, Average Score, Total Attempts तथा Global Leaderboard जस्ता आधुनिक सुविधा पनि समावेश गरिएको छ ।

यी सुविधाहरूले विद्यार्थीहरूलाई आफ्नो तयारीको अवस्था थाहा पाउन, कमजोरी पहिचान गर्न र निरन्तर सुधार गर्न सहयोग गर्नेछन् Kritim Mind Technologies का अनुसार आजको प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा केवल मेहनत मात्र पर्याप्त नभई सही रणनीति, नियमित अभ्यास र प्रदर्शन विश्लेषण पनि उत्तिकै आवश्यक छ । यही आवश्यकतालाई ध्यानमा राख्दै Kritim Guru लाई “Smart Preparation, Better Performance, Bright Future” भन्ने नारासहित विकास गरिएको हो ।

विद्यार्थीहरूको आर्थिक पहुँचलाई ध्यानमा राख्दै कृतिम गुरुले विशेष छुट अफर समेत सार्वजनिक गरेको छ । कम्पनीका अनुसार विद्यार्थीहरूले हाल रु. 1000 को subscription package मा 95% discount प्राप्त गर्न सक्नेछन् । यस अफरमार्फत विद्यार्थीहरूले अत्यन्त न्यून शुल्कमा कृतिम गुरुको subscription खरिद गरी प्रवेश तयारीका सामाग्री तथा अभ्यास सुविधाहरू प्रयोग गर्न सक्नेछन् ।

Subscription खरिद प्रक्रियालाई सरल र सुरक्षित बनाउन कृतिम गुरुमा eSewa payment system पनि उपलब्ध गराइएको छ । विद्यार्थीहरूले eSewa मार्फत सजिलै अनलाइन भुक्तानी गरी subscription सक्रिय गर्न सक्नेछन् यसले विद्यार्थीहरूलाई कार्यालय वा काउन्टर धाउनुपर्ने झन्झट हटाउँदै डिजिटल माध्यमबाट तुरुन्तै सेवा प्रयोग गर्न सहज बनाएको छ

कृतिम गुरुले विशेष गरी काठमाडौं बाहिरका विद्यार्थीहरूलाई पनि गुणस्तरीय प्रवेश तयारी सामाग्रीमा पहुँच पुर्‍याउने लक्ष्य राखेको छ । कोचिङ सेन्टरमा नियमित उपस्थित हुन नसक्ने, समय व्यवस्थापनमा समस्या हुने वा कम खर्चमा प्रभावकारी तयारी गर्न चाहने विद्यार्थीहरूका लागि यो प्लेटफर्म उपयोगी हुने कम्पनीको दाबी छ

कम्पनीले आगामी दिनमा थप विषय, विस्तृत प्रश्न बैंक, थप नोट्स, performance analytics र AI-powered learning features पनि विस्तार गर्दै जाने योजना बनाएको छ Kritim Mind Technologies का अनुसार कृतिम गुरु केवल प्रश्न अभ्यास गर्ने माध्यम मात्र नभई विद्यार्थीको सम्पूर्ण प्रवेश तयारी यात्रालाई व्यवस्थित बनाउने डिजिटल साथीका रूपमा विकास गरिएको हो

इच्छुक विद्यार्थीहरूले www.kritimguru.com मार्फत कृतिम गुरु सम्बन्धी थप जानकारी लिन, दर्ता गर्न तथा subscription खरिद गर्न सक्नेछन्