कीवर्डहरू -

पुनः स्थगित भयो आईओईको प्रवेश परीक्षा

पुनः स्थगित भयो आईओईको प्रवेश परीक्षा

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक तह (बीई र बी आर्क) को प्रवेश परीक्षा पुनः स्थगित भएको छ । डीन कार्यालयले एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि प्रवेश परीक्षा पुनः स्थगित भएको जानकारी दिएको हो ।

प्रवेश परीक्षा बोर्ड पदाधिकारीहरुले संयुक्त राजिनामा दिएको कारण प्रवेश परीक्षा २०८० सम्बन्धि कार्यक्रम अर्को सूचना प्रकाशित नहुन्जेल हाललाई स्थगन गरिएको डीन कार्यालयले जनाएको छ ।

सोमबार राति इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालयले फारम भर्ने र प्रवेश परीक्षा लिने समयसहितको सूचना जारी गरेको थियो ।

त्यसपछि असोज १६ गते मंगलबार प्रवेश परीक्षा लिन नसकिने भन्दै बोर्डका अध्यक्ष प्रा.डा.शुशीलबहादुर बज्राचार्य, सदस्यहरु सहप्राध्यापक डा. सञ्जीवप्रसाद पाण्डे, उपप्राध्यापक किरणचन्द्र दाहाल, सदस्य सचिव विदुर ढकाल र सल्लाहरकाहरु सहप्राध्यापक डा. सुरज लामिछाने (परीक्षा शाखाका सहायक डीन) प्रा.डा.हिक्मत राज जोशीले राजीनामा दिएका थिए ।