कीवर्डहरू -

ब्याचलर्समा कम्प्युटर साइन्स पढाउँदै किंग्स कलेज

ब्याचलर्समा कम्प्युटर साइन्स पढाउँदै किंग्स कलेज

किंग्स कलेजले ब्याचलर्स अफ साइन्स् इन कम्युटर साइन्स् शैक्षिक कार्यक्रम संचालनमा ल्याउने भएको छ ।

अमेरिकाको वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा संचालन हुने यस चार बर्षे शैक्षिक पाठ्यक्रमले विश्वस्तरमा प्रविधिको क्षेत्रमा काम गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने विश्वास गरिएको छ ।

यस कोर्षमा नवप्रवर्तनमा आधारित आर्टिफिसियल इन्टिलिजेन्स, मसिन लर्निङ्ग, इन्टरनेट अफ थिङ्स, इन्टिलिजेन्ट एप विकास लगायतका विषयहरू समेत पढाइने छ ।

आउँदो शैक्षिक शत्रदेखि ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्स्मा कक्षा संचालन गरिने र सोको लागि आवश्यक सम्पूर्ण तयारी पूरा भैसकेको कलेजले जानकारी दिएको छ ।

व्यक्ति तथा संस्थाहरुको विशिष्टकृत आवश्यकता परिपूर्ती गर्नको लागि ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्स् कार्यक्रमको डिजाइन गरिएको र सम्बन्धित क्षेत्रमा काम तथा अध्ययनअनुसन्धान गरिरहेका ब्यक्तित्वहरुले यसको अध्यापन गराउने कलेजको  ब्याचलर्स् अफ साइन्स् इन कम्युटर साइन्सको कार्यक्रम प्रमुख मनोज पाण्डेले जानकारी दिए ।