कीवर्डहरू -

नुवाकोटको भवानी माध्यामिक विद्यालयमा नेपालमै पहिलो पटक सञ्चालनमा आयो डिजिटल कुमोन कक्षा

नुवाकोटको भवानी माध्यामिक विद्यालयमा नेपालमै पहिलो पटक सञ्चालनमा आयो डिजिटल कुमोन कक्षा

नुवाकोटको ककनी गाँउपालिकाको वडा नम्बर ४ रानीपौवामा रहेको भवानी माध्यामिक विद्यालयमा नेपालमै पहिलो पटक डिजिटल कुमोन कक्षा सञ्चालनमा आएको छ । नेकपा एमालेका युवा नेता पुर्णलाल श्रेष्ठको पहलमा जापानको ओसाकामा रहेको कुमोन ईन्स्टिच्युड अफ एजुकेसन कम्पनीले नेपालमा पहिलोपटक भवानी माविमा कुमोन कक्षा सञ्चालनमा ल्याएको हो । 

गणितीय प्रविधिबाट शिक्षण सिकाइ हुने र कमजोर विद्यार्थीहरुले पढाइमा रुची बढ्ने भएकाले डिजिटल कुमोन कक्षाको महत्वको साथै नेपालका लागि रानीपौवाको भवानी माविलाई छनौटमा पार्न सफल भएको युवा नेता पुर्णलाल श्रेष्ठले बताए । 

यस्तै कमजोर विद्यार्थीहरुलाई पढाइप्रति रुचि जगाउन र शिक्षामा टेक्नोलोजीको विकास गराउने उद्देश्यका साथ हालसम्म ६२ वटा देशहरुमा यो प्रविधिबाट शिक्षण सिकाइ भइरहेको र नेपालमा पहिलो सुरुवात भवानी माविबाट भएको कुमोन ईन्स्टिच्युटका भाइस प्रेसिडेन्ट केन्टारो मियोसीले बताए । 

डिजिटल कुमोन कक्षा सञ्चालनमा गर्नका लागि आवश्यक पर्ने सफ्टवेयर महंगो भएका कारण विद्यालयलाई आर्थिक भार नपर्ने गरी ६÷६ महिनाको लागि आईजिसी विजनेस होल्डिङ नामक संस्था र दास स्मृति प्रतिष्ठानले सहयोग गर्ने र आगामी वर्षहरुमा अन्य थप सहयोग जुटाइने छ ।