कीवर्डहरू -

प्रधानमन्त्रीले भने - सूचना प्रविधिबाट विज्ञान, गणित र अंगेजी विषयको पठनपाठन सुरू हुँदैछ

प्रधानमन्त्रीले भने - सूचना प्रविधिबाट विज्ञान, गणित र अंगेजी विषयको पठनपाठन सुरू हुँदैछ

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सूचना प्रविधिको माध्यमबाट विज्ञान, गणित र अंगेजी विषयको पठनपाठन सुरु गर्न लागेको बताएका छन् ।

आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्षको अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सुविधायुक्त स्टुडियो निर्माण गरी आगामी शैक्षिक वर्षदेखि नै सूचना प्रविधिको माध्यमबाट विज्ञान, गणित र अंगेजी विषयको पठनपाठन सुरु गर्न लागेको जानकारी दिएका हुन् । 

उनका अनुसार सात प्रदेशमा सुविधायुक्त स्टुडियो निर्माण गरी दुर्गम र दक्ष शिक्षकको अभाव भएका स्थानीय तहहरूमा रहेका विद्यालयहरूमा आगामी शैक्षिक वर्षदेखि नै सूचना प्रविधिको माध्यमबाट विज्ञान, गणित र अंगेजी विषयको पठनपाठन सुरु गरिँदैछ ।