कीवर्डहरू -

मध्यपश्चिम विश्वविद्यालय र ड्याफोडिल इन्टरनेशनल युनिभर्सिटी बिच साझेदारी

मध्यपश्चिम विश्वविद्यालय र ड्याफोडिल इन्टरनेशनल युनिभर्सिटी बिच साझेदारी

मध्यपश्चिम विश्वविद्यालय र ड्याफोडिल इन्टरनेशनल युनिभर्सिटी बिच साझेदारी भएको छ । मंगलबार मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंह र ड्याफोडिल इन्टरनेशनल युनिभर्सिटीका उपकुलपति प्रा डा एम. लुत्फर रहमानले दुई विश्वविद्यालय बीच शैक्षिक सहयोग र सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

एमओयू हस्ताक्षर समारोह बंगलादेशको ड्याफोडिल स्मार्ट सिटी भित्रको डीआईयू नलेज टावरमा भएको थियो । सम्झौता मुख्यतया विद्यार्थी आदानप्रदान, संकाय एक्सचेन्ज,  स्रोतहरूको आदान–प्रदान, इन्टर्न एक्सचेन्ज, छात्रवृत्ति अवसर, इत्यादिमा आधारित रहेको छ । 

एमओयू समारोहमा डीआईयूका उपकुलपति प्रा डा रहमानले भिजिटिङ पदका लागि अफर लेटर पनि हस्तान्तरण गरेका थिए ।
  
एमओयू समारोह अघि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा सिंहले ‘विश्वविद्यालय स्वायत्तता’ विषयमा आफ्नो प्रस्तुति दिएका थिए र २१ औं शताब्दीमा यसको भूमिकाः मध्य–पश्चिम विश्वविद्यालय, नेपाल भित्र रूपान्तरणात्मक सुधारहरू आदि विषयमा छलफल गरेका थिए ।