कीवर्डहरू -

सफ्टवेयरको प्रयोग गरी काठमाडौंमा कक्षा १२ का परीक्षा केन्द्र छनौट

सफ्टवेयरको प्रयोग गरी काठमाडौंमा कक्षा १२ का परीक्षा केन्द्र छनौट

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सफ्टवेयरको प्रयोग गरी काठमाडौँका कक्षा १२ का परीक्षा केन्द्र छनौट गरेको छ  । मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयर प्रयोग गरी काठमाडौँका कक्षा १२ का परीक्षा केन्द्र स्वचालित विधिबाट छनौट गरेको हो  । 

पहिलो चरणमा सफ्टवेयरको प्रयोग गरी काठमाडौंमा कक्षा १२ को परीक्षा केन्द्र छनौट गर्न लागु गरिएको र आगामी दिनमा यसलाई विस्तार गर्दै लैजाने मन्त्रालयको योजना छ ।  

स्वचालित विधिबाट परीक्षा केन्द्र छान्दा परीक्षा केन्द्रसँग सम्बन्धित अनियमितताहरु निरुत्साहित हुने र विद्यार्थीहरुको हैरानी पनि कम हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बताएकी छन् ।   

हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याको आधारमा विद्यालय र केन्द्रको ल्याटिट्युड र लङ्गिट्युडको आधारमा दूरी निकालिएको थियो । 

प्रत्येक पटक परीक्षा केन्द्र तोक्न प्रोग्राम चलाउँदा फरक फरक नतिजा आउने गरी ‘ऱ्यान्डमाइज’ गरिएको श्रेष्ठको भनाइ छ । 

स्वचालित विधिबाट परीक्षा केन्द्र छनौट गर्ने सफ्टवेयरलाई ‘गिटहब’मा राखिएको छ । सफ्टवेयरको प्रक्रिया अझै सबल र पूर्ण स्वचालित बनाउन सुझाव दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आह्वान समेत गरेको छ ।