कीवर्डहरू -

एम्बिसन गुरूको एपबाटै अब अभिभावकले छोराछोरीको पढाईको प्रगति हेर्न सक्ने

एम्बिसन गुरूको एपबाटै अब अभिभावकले छोराछोरीको पढाईको प्रगति हेर्न सक्ने

एम्बिसन गुरुले नेपालमै पहिलो पटक अनलाईन माध्यममा अध्ययन गरिरहेका विद्यार्थीका अभिभावकले आफ्नै मोबाइलबाट छोराछोरीको प्रगति हेर्न मिल्ने सुविधा ल्याएको छ । 

एम्बिसन गुरुको मोबाइल एपबाट अभिभावकले एम्बिसन गुरुमा अध्ययनरत आफ्ना छोराछोरी वा भाईबहिनीको प्रगति हेर्न मिल्ने गरी कम्पनीले एपभित्र प्यारेन्स फिचर ल्याएको हो । 

एपमा कति समय बसेर पढिरहेका छन्, उनीहरुले पढाइमा कति प्रगति भइरहेको छ, विद्यार्थीले कतिवटा लाइभ क्लास लिए, कति वटा छुटाए, कुनकुन परीक्षामा सहभागी भए, नबुझेका कुरा शिक्षकलाई प्रश्न गरिरहेका छन् कि छैनन् जस्ता कुरा थाहाँ पाउन सकिने छ । 

परीक्षामा विद्यार्थीले कुन विषयमा कति अंक ल्याएका छन् र त्यसमा गुरुले दिएको सल्लाह पनि  मोबाइलबाट नै अभिभाकले हेर्न पाउने छन् । 

कुनकुन विषयमा अझ मिहेनत गर्नुपर्ने छ, जस्ता कुरा अत्याधुनिक एपको एआई प्रविधिले गाईड गर्नेछ । यस्तै प्रत्यक्ष गुरुसँग पनि तपाइले परामर्श लिन सक्नुहुनेछ । आफ्नो जिम्मेवारी बहन गर्ने सिलसिलमा छोराछोरीबाट टाढा बस्नुपर्ने ब्याध्यात्कम अवस्थामा रहनुभएका अभिभावका लागि यो एप वरदान सावित हुने कम्पनीको विश्वास छ ।  

इ- लर्निङ प्लेटफर्म एम्बिसन गुरुमा स्थापनाको छोटो समयमा हाम्रो एप डाउनलोड गर्नेको संख्या एक लाख भन्दा बढी पुगेको छ । हामी नेपालकै उत्कृष्ट गुरूहरूबाट एसईई,  +2, साईन्स, मेनेजमेन्टका ब्याच्लर र माष्टर्स लेबलका विभिन्न विषयका परीक्षाको तयारी अनलाईनबाट गराउँछौ ।

लोक सेवा, शिक्षक सेवा, संस्थानहरू, बैंकहरू, सुरक्षा निकायका विभिन्न दरवन्दिका लागि खुलेका आवेदनको तयारी कक्षा सञ्चालन गरिरहेका छौ । यस्तै आयल्ट्स्, कोरियन र जापनिज भाषा पनि सिकाउँछौ ।  

कम्पनीको सामाजिक उत्तरदायित्व र शिक्षामा सबैको समान पहुँच होस् भन्ने उदेश्यले हालै सम्पन्न एसईईका पाँच हजार विद्यार्थीलाई हामीले छात्तवृत्ति प्रदान गरेका थियौ । भविष्यमासमेत यस्ता कार्यलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीको छ ।