कीवर्डहरू -

सुदूर पश्चिमाञ्चल एकेडेमीलाई माई सेकेन्ड टिचरले डिजिटल अध्ययन सामग्री उपलब्ध गराउने

सुदूर पश्चिमाञ्चल एकेडेमीलाई माई सेकेन्ड टिचरले डिजिटल अध्ययन सामग्री उपलब्ध गराउने

डिजिटल लर्निङ प्लेटफर्म माई सेकेन्ड टिचरले राष्ट्रिय परीक्षा बोर्डका लागि डिजिटल अध्ययन सामग्रीहरू उपलब्ध गराउन सुदूर पश्चिमाञ्चल एकेडेमी (एसपीए) सँग साझेदारी गरेको घोषणा गरेको छ । 

एसपीए कलेजलाई नेपालको पहिलो सुदूरपश्चिम माई सेकेन्ड टिचर नेपाल स्मार्ट स्कूलको रूपमा तोक्दै सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । माई सेकेन्ड टिचरले नेपाल पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रमहरू ३५०० भन्दा बढी भिडियोहरूमा पङ्क्तिबद्ध गरेको छ । यसको प्रयोगबाट विद्यार्थीहरूले उनीहरूको अध्ययन तथा परीक्षामा राम्रो गर्न मद्दत गर्दछ ।

विद्यार्थीहरूले माई सेकेन्ड टिचरको अन्तरक्रियात्मक भिडियोहरू, रिपोर्टहरू, परीक्षण पत्रहरू र अन्य उपकरणहरूको मद्दतले आफ्नो प्रगति र अध्ययनलाई सफलतापूर्वक मापन गर्न सक्छन् । 

प्रविधि र अध्यापन साझेदारको रूपमा विश्वव्यापी रूपमा प्रयोग हुँदै आएको प्रविधिमा अत्याधुनिक शैक्षिक प्रगतिहरू कार्यान्वयन गर्नका लागि माई सेकेन्ड टिचर र एसपीएको साझेदारी घोषणा गर्न पाउँदा हामी हर्सित भएको संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

माई सेकेन्ड टिचर एक अग्रणी ग्लोबल एडटेक प्लेटफर्म हो भने जसको उपस्थिति ५० देशहरूमा छ । यसमा क्याम्ब्रिज विद्यालयसहित ९००० भन्दा बढी विद्यालयहरूमा विश्वव्यापी रूपमा उपयोग भइरहेको छ ।