फिनटेक
एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएलसँग सहकार्य
एनएमबी बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सहकार्य गर्दै कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सेवा सुरु गर्ने भएको छ। नयाँ प्रणालीमार्फत बैंकले फिजिकल मर्चेन्ट जस्तै अनलाइन मर्चेन्टलाई पनि अक्वायर गर्न सक्नेछ, जसले गर्दा एनएमबीसँग आबद्ध डिजिटल व्यापारीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी भएका भिसा तथा मास्टरकार्डमार्फत सजिलै भुक्तानी प्राप्त गर्न सक्नेछन्।
बैंकले नेपालमा बढ्दै गएको ई–कमर्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो। यसमा प्रयोग हुने थ्रीडी सेक्योर प्रविधिले कार्डमार्फत हुने अनलाइन भुक्तानीलाई थप सुरक्षित बनाउने र अनधिकृत कारोबारको जोखिम न्यून गर्ने बताइएको छ। सुरक्षित तथा विश्वसनीय भुक्तानी प्रणालीले डिजिटल व्यवसाय विस्तारमा महत्वपूर्ण सहयोग पुर्याउने बैंकको विश्वास छ।
नयाँ गेटवेको माध्यमबाट घरेलु तथा अन्तर्राष्ट्रिय दुवै भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यापारीहरूलाई आफ्नो सेवा दायरा फराकिलो बनाउन सहज हुने बैंकले जनाएको छ। अनलाइन वा ई–कमर्समा आधारित व्यवसायले आवश्यक प्रक्रिया तथा प्राविधिक तयारी पूरा गरी बैंकसँग समन्वय गरेपछि यस गेटवेलाई आफ्नो वेबसाइट वा एपमा एकीकृत गर्न सक्नेछन्।
एनएमबी बैंकले एनसीएचएलसँगको सहकार्यमा ईसीसी, आईपीएस, आरपीएस, नेपालपे क्युआर, कनेक्ट आईपीएस, कर्पोरेट पे लगायतका विविध डिजिटल सेवा प्रदान गर्दै आएको छ। यी सेवामा अब अनलाइन पेमेन्ट गेटवे थपिएपछि डिजिटल भुक्तानी पारिस्थितिकी अझ विस्तार हुने अपेक्षा गरिएको छ। बैंकले डिजिटल वित्तीय पहुँच विस्तार तथा सुरक्षित अनलाइन कारोबार प्रवद्र्धनलाई आफ्नो प्राथमिकतामध्ये एक मान्दै आएको छ।
फिनटेक
लेम्फी र ईसेवा मनी ट्रान्सफरबिच रेमिट्यान्स कारोबार गर्ने सम्झौता
लेम्फीको रूपमा व्यापार गर्ने राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेडले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न डिजिटल भुक्तानी प्लेटफर्…
स्टयाण्डर्ड चार्टर्ड बैंक नेपालपे कार्डमा आवद्ध
स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र एनसीएचएल बीच एनपीएस - नेशनल कार्ड स्वीच (एनसीएस) तथा नेशनल/डोमेस्टिक कार्ड स्किम (नेपाल…
दशैं तिहारमा वालेटबाट ४० पटकसम्म रकम जम्मा गर्न सकिने
नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकहरूले सञ्चालन गर्ने डिजिटल वालेटमार्फत रकम जम्मा गर्ने सीमामा अस्थायी रूपमा वृद्धि गरेको…
मास्टर र भिसा कार्डबाट पनि अब सरकारी भुक्तानी गर्न सकिने, अन्तर्राष्ट्रिय अन्तरआबद्धता सुरु
अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आबद्धता सुरु गरेको छ । बिहीबार अ…
गरिमा विकास बैंकको भर्चुअल क्रेडिट कार्ड सेवा सुरु
गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि नयाँ सेवा सुरु गरेको छ। बैंकले फोनपे नेटवर्कसँगको सहकार्यमा आफ्नो मोबाइल बैंक…
सकेसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न राष्ट्र बैंकको अनुरोध
नेपाल राष्ट्र बैंकले सकेसम्म डिजिटल वित्तीय सेवा प्रयोग गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ ।
फोनपे क्रेडिट कार्डबाट कारोबार गर्दा ५० प्रतिशतसम्म छुट
फोनपेले आफ्ना साझेदार बैंकहरू - सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक…
इसेवाबाटै अब व्यक्तिगत र व्यावसायिक खाता व्यवस्थापन गर्न सकिने
नेपालकै पहिलो र अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवा लिमिटेडले व्यवसायी, व्यापारी तथा उद्यमशील व्यक्तिहरूलाई लक्षित गर्दै नय…
इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक ल्यायो पस मेसिनबाट भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’ सुविधा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले नेपालमै पहिलो पटक पीओएस मेसिनमार्फत भुक्तानी गर्दा ‘इन्स्टा ईएमआई’ सुविधा ल्याएको छ …
डेढ अर्बमा फोनपेको २० प्रतिशत स्वामित्व खरिद गर्दै खेतान समूह
व्यवसायिक घराना खेतान समूहले फोनपेको २० प्रतिशत स्वामित्व खरिद गर्ने भएको छ । शेयर खरिद बिक्रीका लागि खेतान समूहको हाउस अफ राजले फोनपेसँग प्रारम्भिक सम्झौत…
गरिमा विकास बैंक नेपालपे कार्डमा आबद्ध
गरिमा विकास बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस–एनसीएस तथा डोमेस्टिक कार्ड स्किम नेपाल पे…
एससीटी युपीआई कार्ड जारी गर्नका लागि एससीटी र सांग्रिला डेभलपमेन्ट बैंकबीच सम्झौता
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपाल राष्ट्र…
साउन १ गतेदेखि आईएमएई पे र खल्तीको एकीकृत कारोबार सुरू हुने
साउन १ गतेदेखि आईएमएई पे र खल्तीको एकीकृत कारोबार सुरू भएको छ । आईएमई डिजिटल र खल्तीले सूचना प्रकाशित गर्दै साउन १ गतेदेखि …
अब मोबाइलबाटै बिना धितो ५ लाख रूपैयाँसम्मको ऋण पाइने
अब मोबाइलबाटै ५ लाख रूपैयाँसम्मको कर्जा पाइने भएको छ । ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमा रहेको फोनलोन सुविधाबाट ५ ल…
खल्तीले सुरू गर्यो स्मार्ट डिपोजिट सेवा, १०० रूपैयाँबाट बचत यात्रा सुरू गर्न सकिने
डिजिटल वालेट खल्तीले नेपालमै पहिलो पटक वालेटमा आधारित स्मार्ट डिपोजिट सेवा सुरू गरेको छ । मञ्जुश्री फाइनान्ससँगको सहकार्य…