काठमाडौं । कामना सेवा विकास बैंकले ‘नेपालपे’ कार्डको इस्युइङ (जारी) तथा एक्वायरिङ (स्वीकार) सेवा सञ्चालनमा ल्याएको छ । डिजिटल बैंकिङ सेवाको विस्तार गर्ने उद्देश्यका साथ बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड उपलब्ध गराउनुका साथै आफ्ना एटीएममार्फत उक्त कार्ड स्वीकार गर्ने व्यवस्था गरेको हो ।
बैंकका अनुसार नेपालपे कार्डमार्फत नेपालभित्रका विभिन्न एटीएम तथा पीओएस टर्मिनलमा कारोबार गर्न सकिनेछ । साथै, ‘डिस्कभर’ नेटवर्कसँगको सहकार्यपछि नेपालपे कार्ड अन्तर्राष्ट्रिय स्तरमा समेत प्रयोग गर्न सकिने व्यवस्था भएको छ ।
त्यस्तै, अन्तर्राष्ट्रिय डिस्कभर तथा आरयुपे कार्ड पनि नेपालमा प्रयोग गर्न सकिने जनाइएको छ । हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपे नेटवर्कमा आबद्ध भइसकेका छन् ।
तीमध्ये सात वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गर्न सुरु गरिसकेका छन् भने १० भन्दा बढी संस्थाले कार्ड स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याइसकेका छन् ।
कामना सेवा विकास बैंकका देशभर करिब आठ लाख ग्राहक रहेका छन् । बैंकले हाल १२२ शाखा, एक एक्स्टेन्सन काउन्टर र ६६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
पछिल्लो समय बैंकले डिजिटलाइजेसनलाई प्राथमिकतामा राख्दै आन्तरिक प्रणाली तथा ग्राहक सेवामा सुधार गर्दै आएको र आगामी दिनमा डिजिटल सेवाको पहुँच अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
आईसीटी समाचार