कीवर्डहरू -

एनआईसी एशिया बैंकद्वारा बाढी पीडितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा बाढी पीडितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावितहरूको उद्धार तथा राहत वितरणका लागि रु २ करोड २१ लाख नगद सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड तथा सञ्चालक र कर्मचारीहरूबाट संकलित २१ लाख गरी उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोषमा प्रदान गरेको हो ।

बैंकका अध्यक्ष अशोककुमार अग्रवाल र प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले संयुक्त रूपमा नेपाल सरकारका माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई २०८३/५/११ गते रु २ करोड २१ लाखबराबरको चेक हस्तान्तरण गरेका हुन् ।

२०८३/५/१० गते बिहान भोटेकोसी नदीमा आकस्मिक रूपमा आएको अकल्पनीय बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो मात्रामा भौतिक तथा मानवीय क्षति भएको थियो ।

उक्त विपद्‌बाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले बैंकले उक्त रकम सहयोग गरेको हो । आकस्मिक रूपमा आएको अकल्पनीय बाढीका कारण उक्त क्षेत्रमा भएको भौतिक तथा मानवीय क्षतिप्रति एनआईसी एशिया बैंक परिवारले दु:ख व्यक्त गरेको छ ।