कीवर्डहरू -

फेसबुकको बग पत्ता लगाएर तनहुँकी सुप्रियाले जितिन् झन्डै ६ लाख रुपैयाँ

फेसबुकको बग पत्ता लगाएर तनहुँकी सुप्रियाले जितिन् झन्डै ६ लाख रुपैयाँ

तनहुँ । तनहुँकी बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा रहेको प्राविधिक कमजोरी पहिचान गरी रिपोर्ट गरेबापत झन्डै ६ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् ।

अधिकारीले फेसबुकमा देखिएको प्राविधिक त्रुटि पत्ता लगाएर त्यसबारे फेसबुकको मातृ कम्पनी मेटालाई जानकारी गराएकी थिइन् । उनको रिपोर्टका आधारमा मेटाले ३ हजार ७५० अमेरिकी डलर पुरस्कार दिने भएको छ ।

प्रविधि क्षेत्रका कम्पनीहरूले आफ्ना प्रणाली तथा प्लेटफर्ममा रहेका सुरक्षा कमजोरी पहिचान गरी जिम्मेवार ढंगले जानकारी गराउने व्यक्तिलाई ‘बग बाउन्टी’ कार्यक्रमअन्तर्गत पुरस्कार दिने गर्छन् । यस्ता कार्यक्रमले सम्भावित सुरक्षा जोखिम समयमै पहिचान गर्न र प्राविधिक प्रणालीलाई थप सुरक्षित बनाउन सहयोग पुर्‍याउँछ ।