कीवर्डहरू -

अपडेट

गिग अर्थतन्त्र र राइड-हेलिङले रोजगारी सिर्जना र आर्थिक विकासमा योगदान पुर्‍याउन सक्ने

काठमाडौं । नेपाल इकोनोमिक फोरम (एनईएफ) ले ‘गिग अर्थतन्त्र र राइड–हेलिङ : रोजगारी सिर्जनातर्फ’ विषयमा ‘एनईएफ टक’ सम्पन्न गरेको छ । कार्यक्रममा नीति निर्माता, व्यवसायी, अर्थविद् तथा विकास क्षेत्रका प्रतिनिधिहरू सहभागी भई गिग अर्थतन्त्र र राइड–हेलिङ क्षेत्रको वर्तमान अवस्था र भविष्यबारे छलफल गरेका थिए ।

छलफलमा राइड–हेलिङ सेवाले शहरी यातायातलाई सहज बनाउनुका साथै पर्यटन, साना तथा मझौला व्यवसाय, एसएमईएस र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पु¥याइरहेको विषयमा जोड दिइएको थियो । सहभागीहरूले गिग अर्थतन्त्र नेपालका युवाहरूका लागि आम्दानीको अवसर सिर्जना गर्ने प्रभावकारी माध्यम बन्दै गएको बताएका थिए ।

राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले गिग अर्थतन्त्रलाई व्यवस्थित र दिगो बनाउन स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको बताए । उनले नवप्रवर्तन र नियमनबीच सन्तुलन कायम गर्दै श्रमिक संरक्षण, सामाजिक सुरक्षा र प्रमाणमा आधारित नीति निर्माणमा जोड दिए ।

एनईएफका कार्यकारी बोर्ड सदस्य रोजेश श्रेष्ठले राइड–हेलिङ सेवाले पर्यटन, साना व्यवसायको विकास र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले यो क्षेत्र केवल यातायातसँग मात्र नभई आर्थिक विकाससँग पनि जोडिएको उल्लेख गरे । ईड्राइभर नेपालका अध्यक्ष राजेश मास्केले राइड–हेलिङ क्षेत्रको तीव्र विस्तारलाई व्यवस्थित गर्न स्पष्ट कानुनी व्यवस्था र स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताए ।

कार्यक्रममा दराज दराजकी प्रबन्ध निर्देशक आँचल कुँवर, विश्व बैंक समूहकी वरिष्ठ सामाजिक संरक्षण विशेषज्ञ जास्मिन राजभण्डारी तथा कानुन व्यवसायी समन्त दाहाल सहभागी थिए । उनीहरूले डिजिटल व्यवसाय, गिग श्रमिकको सामाजिक सुरक्षा, महिला सहभागिता तथा स्पष्ट कानुनी संरचनाको आवश्यकताबारे धारणा राखेका थिए ।

कार्यक्रमको समापन गर्दै एनईएफका अध्यक्ष सुजीव शाक्यले नेपालमा गिग अर्थतन्त्रको विकासका लागि निजी क्षेत्र, सरकार तथा अन्य सरोकारवालासँग सहकार्य गर्दै अनुसन्धान र संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

अपडेट

'मिराकल अफ माइन्ड' अब नेपाली भाषामा

काठमाडौं । ईशा फाउन्डेसनका स्वयंसेवकहरूद्वारा रचना गरिएको 'मिराकल अफ माइन्ड' एप नेपाली भाषामा उपलब्…

सडकदेखि खानेपानीसम्मका समस्या अब एक फोनमै : सुरु भयो ‘हेलो पूर्वाधार’ सेवा

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले ‘हेलो पूर्वाधार’ सेवा सञ्चालनमा ल्याएको छ । सडक, पुल, खान…

फोटोनलाई ‘कर्पोरेट कर्मसियल भेइकल अवार्ड २०२६’

काठमाडौं । विश्वकै अग्रणी कमर्शियल भेहिकल ब्रान्डमध्ये एक FOTON ले नेपालको यातायात क्षेत्रको विकासमा पुर्‍य…

फुटबल मैदानदेखि सडकसम्म : क्लियर मेनले नेपालमा सुरु गर्‍यो विश्वकप अभियान

काठमाडौं । नेपालमा फुटबल अब मैदानमा मात्र सीमित छैन । फुटसल, खेल स्क्रिनिङ, सडकमा देखिने फुटबल संस्कृति र …

जिलीको ‘महा फुटबल फेस्ट’ सुरु, गाडी किन्दा प्रत्येक पेनाल्टीमा १ लाख र गोलमा २५ हजार छुट

काठमाडौं । नेपालमा जिली ईएक्स ५ र बीएडब्लु सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले फिफा व…

एप्पलको नयाँ सिरी एआई : अब केवल भ्वाइस असिस्टेन्ट होइन, स्मार्ट एआई साथी

काठमाडौं । एप्पलको नयाँ सिरी एआई अब केवल एउटा भ्वाइस असिस्टेन्ट मात्र होइन, बरु एक स्मार्ट एआई साथी बनेक…

सीमा सुरक्षामा एआई क्यामेरा जडान गरिने : गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले गृह प्रशासनलाई परम्परागत सुरक्षा संयन्त्रमा सीमित नराखी दिगो शान्ति, सुशासन…

राष्ट्रिय परिचयपत्र कार्ड अब सम्बन्धित व्यक्तिले नै अनलाइन डाउनलोड गर्न सकिने सेवा सुरु

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै अनलाइनमार्फत डाउनलोड गर्न सक्ने सेवा परीक्षणका रूपम…

नेपाल लाइफ बन्यो हिमालय स्पोर्ट्ससँगको सहकार्यमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्…

विज्ञान र प्रविधि मन्त्रालयमा विज्ञको खोजी, सहयोग गर्न मन्त्री पुनको आग्रह

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मन्त्रालयका कामलाई प्रभावकारी बनाउन स्वयंसेवकका र…

संवेदनशील फाइल सुरक्षित राख्ने नि:शुल्क एप ‘क्रिप्टोमेटर’

काठमाडौं । आजको डिजिटल समयमा व्यक्तिगत तथा व्यावसायिक फाइलहरूको सुरक्षा निकै महत्वपूर्ण बनेको छ । धेरैजसो मा…

गुनासा, सुझाव र समाधान एउटै मञ्चमा : सरकारको नयाँ डिजिटल प्लेटफर्म ‘नागरिक चौतारी’

काठमाडौं । सरकार र नागरिकबीचको संवादलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘नागरिक चौतारी’ नाम…

इनड्राइभ र डीजीओद्वारा विश्वकप फुटबल २०२६ ‘राइड एन्ड विन’ क्याम्पेन सार्वजनिक

काठमाडौं । इनड्राइभ नेपाल र डिशहोमको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओ (DGO) बीच साझेदारी भएको छ । नेपालमा व…

मेटा किन अचानक पेड सब्सक्रिप्शनतर्फ मोडिँदैछ ?

काठमाडौं । मार्क जुकरबर्गको नेतृत्वमा रहेको कम्पनी मेटाले हालै आफ्ना यी प्रमुख एप्सका लागि विश्वव्यापी रूप…

लामो समयदेखि निष्क्रिय कम्पनीलाई राहत, पुराना शुल्क र दस्तुर मिनाहा

काठमाडौं । सरकारले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका तर लामो समयदेखि आफ्नो वार्षिक विवरण अद्यावधिक नगरेका र…