काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘फेस्टिभ अफर होण्डाको सफर’ योजना सार्वजनिक गरेको छ ।
कम्पनीका अनुसार योजनाअन्तर्गत नयाँ होण्डा कार खरिद गर्ने ग्राहकले १० लाख रुपैयाँसम्म नगद छुट पाउन सक्नेछन् । नयाँ कार खरिदमा एक आर्थिक वर्षको सडक कर र एक आर्थिक वर्षको पूर्ण बीमा समेत नि:शुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ ।
त्यस्तै, गाडी खरिद गर्ने ग्राहकलाई पाँच वर्षसम्म नि:शुल्क सर्भिसिङ र एक वर्षका लागि नि:शुल्क सडक सहायता उपलब्ध गराइनेछ । पुरानो गाडी साटेर नयाँ होण्डा कार खरिद गर्न चाहने ग्राहकका लागि तत्काल एक्सचेन्ज सुविधा तथा एक्सचेन्ज बोनसको व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।
गाडी खरिदका लागि स्याकार हायर पर्चेज र एनआईसी एसिया बैंकसँगको सहकार्यमा कम ब्याजदरमा वित्तीय सुविधा उपलब्ध गराइने पनि विज्ञप्तिमा उल्लेख छ । यो योजना इन्द्रजात्राको दिन सेप्टेम्बर २५ देखि छठ पर्वको दिन नोभेम्बर १६, २०२६ सम्म देशभरका होण्डा कार शोरुममा लागू हुने कम्पनीले जनाएको छ ।
योजनाअन्तर्गत होण्डाका सीआर–भी, एलिभेट, सिटी र सिटी ईःएचईभी मोडल खरिद गर्न सकिनेछ । छुट तथा अन्य सुविधामा कम्पनीले तोकेका नियम तथा सर्त लागू हुने जनाइएको छ ।
आईसीटी समाचार