कीवर्डहरू -

HONOR को चाडपर्वमा ‘Festival Delights’ : स्मार्टफोनसँगै स्मार्ट उपहार

HONOR को  चाडपर्वमा ‘Festival Delights’ : स्मार्टफोनसँगै स्मार्ट उपहार

काठमाडौं । चाडपर्वको उत्साहलाई थप विशेष बनाउन HONOR ले ‘HONOR Festival Delights’ नामक विशेष अफर सार्वजनिक गरेको छ । नोभेम्बर १ देखि ३० सम्म सञ्चालन हुने यस योजनाअन्तर्गत HONOR का विभिन्न स्मार्टफोन खरिदमा ग्राहकले आकर्षक मूल्यमा स्मार्टवाच तथा इयरबड्स प्राप्त गर्न सक्नेछन् ।

योजनाअन्तर्गत HONOR 600 Pro, HONOR 600 Lite, HONOR X7e  र HONOR X6e  खरिद गर्ने ग्राहकले HONOR Watch 2 Pro मात्र  ४,९९९ मा खरिद गर्न सक्नेछन् ।

उक्त स्मार्टवाचको नियमित मूल्य  १२,४९९ रहेको छ । त्यस्तै, HONOR X5d  सिरिज खरिदमा HONOR Earbuds X7e Active  मात्र  ४९९ मा उपलब्ध हुनेछ, जसको नियमित मूल्य ३,९९९ रहेको छ ।

एक महिनासम्म सञ्चालन हुने यो अफरले ग्राहकलाई नयाँ स्मार्टफोनसँगै आफ्नो दैनिक जीवनलाई अझ स्मार्ट र सुविधाजनक बनाउने AIoT उत्पादनहरू पनि सहुलियत मूल्यमा प्राप्त गर्ने अवसर प्रदान गर्नेछ ।