कीवर्डहरू -

अपडेट

आईसीटी अवार्ड र हिमालय टिभीबीच प्रसारण साझेदारीका लागि सम्झौता

आईसीटी अवार्ड २०२५ का आयोजक र हिमालय टिभीबीच आधिकारिक प्रसारण साझेदारी गर्ने सम्झौता गरिएको छ। उक्त सम्झौता पत्र १६ अक्टूबर २०२५ मा हस्ताक्षर गरी औपचारिक रूपमा प्रक्रिया पूरा गरिएको हो। हिमालय टिभीको तर्फबाट कार्यकारी निर्देशक श्याम कँडेल र आईसीटी अवार्ड तर्फबाट आईसीटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले सम्झौतामा हस्ताक्षर गरेका छन्।

null

सम्झौताअनुसार हिमालय टिभीले आईसीटी अवार्ड २०२५ सम्बन्धी प्रचार–प्रसार तथा कार्यक्रम प्रसारणमा आधिकारिक भूमिका निभाउनेछ भने आईसीटी फाउन्डेसन तथा आयोजक संस्थाले हिमालय टिभीसँग समन्वय र आवश्यक सामग्री उपलब्ध गराउने सहमति भएको बताइएको छ। यस अन्तर्गत मंसिरको पहिलो हप्ताबाट कम्तीमा पाँच एपिसोड प्रसारण गरिनेछ, जसमा स्टार्टअप र नवप्रवर्तनका आइडिया तथा कथाहरू समावेश गरिने छन्। हरेक एपिसोडमा स्थानीय र युवा उद्यमीका विचार, इनोभेसन र स्टार्टअप इकोसिस्टमसँग सम्बन्धित कथा–वार्ता प्रस्तुत गरिनेछ।

ग्राण्ड फिनालेको प्रसारण पनि हिमालय टिभीद्वारा गरिने योजना बनाइएको छ। हिमालय टिभीका कार्यकारी निर्देशक श्याम कँडेलले आईसीटी अवार्डसँग सहकार्य गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै यसले स्टार्टअप र उद्यमीहरूलाई प्रवर्द्धन गर्न र समग्र इकोसिस्टमको विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने बताएका छन्। उनले थपे कि शार्क ट्यांकसँगै आईसीटी अवार्डको साझेदारीले आईसीटी क्षेत्रको पहुँच र अवसरहरू अझ व्यापक बनाउनेछ।

दुवै पक्षले आउँदो प्रतिस्पर्धा तथा पुरस्कार समारोहलाई देशभरका दर्शकसम्म प्रभावकारी रूपमा पुर्याउने लक्ष्य राखेर सहकार्य अघि बढाउने प्रतिबद्धता जनाएका छन्। आईसीटी अवार्डले हरेक वर्ष सूचना तथा प्रविधि क्षेत्रका उत्कृष्ट व्यक्तित्व, कम्पनी र नवप्रवर्तनलाई सम्मान गर्ने गर्दछ र यसपटकको यस साझेदारीले कार्यक्रमको पहुँच र प्रचारप्रसार थप व्यापक हुनेछ भन्ने आशा गरिएको छ।

 

अपडेट

लिपमोटर बी टेनको रेञ्ज टेस्टः एकै चार्जमा ४५० किमी पूरा

चीनको लोकप्रिय इलेक्ट्रिक गाडी ब्रान्ड लिपमोटरको नयाँ मोडल B10 ले काठमाडौं–पोखरा–काठमाडौं मार्गमा एकै चार्जमा सफलत…

इनड्राइभले नेपालमा “राइड मोर, विन मोर” अभियानमार्फत् यात्रुलाई ई-स्कुटर र स्मार्टवाच प्रदान गर्याे

ग्लोबल मोबिलिटी र अर्बन सर्भिसेस प्लेटफर्म इनड्राइभले काठमाडौँमा आफ्नो “राइड मोर, विन मोर” अभियानका ग्रान्ड प्राइज वि…

गूगलले भारतमा पहिलो एआई हब खोल्दै, १५ अर्ब डलरको लगानी

गूगलले भारतमा ठूलो एआई हब बनाउने घोषणा गर्‍यो। यो अमेरिकाबाहिर कम्पनीको सबैभन्दा ठूलो एआई हब हुनेछ। यो हब आन्ध्र प्रदेशको…

राष्ट्र बैंकले एटीएम/डेबिट कारोबार सीमा घटायो; ‘नेशनल पेमेन्ट स्विच’को मस्यौदा सार्वजनिक

नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीलाई बढी व्यवस्थित र सुरक्षित बनाउने उद्देश्यले डेबिट/एटीएममार्फत् हुने कारोबारमा कडाइ गरेको छ…

सामसङ नेपालले ग्यालेक्सी स्मार्टफोनसँगै वेरेबल्समा ५३ प्रतिशतसम्म छुट घोषणा

सामसङ नेपालले आफ्नो नयाँ ग्यालेक्सी स्मार्टफोन खरिदकर्ताहरूका लागि विशेष मल्टी-बाइ अफर सार्वजनिक गरेको छ, जसअन्तर्गत ग्राहकहरूले ग्…

ओपनएआईले च्याटजीपीटीमा डायरेक्ट मेसेजिङ सुविधा थप्ने तयारी, गोपनीयतामा प्रश्न

ओपनएआईले आफ्ना प्रयोगकर्ताबीच सिधा सन्देश आदानप्रदान गर्ने डायरेक्ट मेसेजिङ सुविधा च्याटजीपीटीभित्रै थप्ने तयारीमा रहेको जनाएको छ…

म्याग्नेटिक स्पीकर ट्रेन्डले स्मार्टफोन अडियो अनुभवलाई नयाँ उचाइमा दिदै

स्मार्टफोन कम्पनीहरु अब केवल क्यामेरा र प्रोसेसरमा मात्र ध्यान दिइरहेको छैनन्, बरु अडियो एक्सपीरियन्सलाई पनि नयाँ स्तरमा लैजान प्रय…

सूचना विज्ञान र सञ्चार प्रविधि सम्मेलन 'आईसीआईएससीटी २०२५ काठमाडौंमा ,पेपर सबमिशन खुल्यो

सूचना विज्ञान र कम्युनिकेशन टेक्नोलोजीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आयोजना हुने भएको छ ।आईईईई आईसीआईएससीटी २०२…

डिस्कोर्डले मेटा क्वेस्टका लागि नेटिभ एप विकास गर्दै, सन् २०२६ भित्र उपलब्ध हुने

मेटाले आफ्नो मेटा कनेक्ट २०२५ सम्मेलनमार्फत नयाँ हार्डवेयरसँगै सफ्टवेयरसम्बन्धी घोषणा गरेको छ । कम्पनीले लोकप्रिय गेमिङ…

एप्पलको प्राइवेसी रणनीति: एआई फोटो रिमूवलमा किन पछाडि?

हाल एआई फोटो एडिटिङ र फोटोबाट अब्जेक्ट र ब्याकग्राउन्ड रिमूवल गर्ने टूलहरू निकै लोकप्रिय बनेका छन्। यसैबीच, धेरैले सामाजिक मिडि…

माउसले पनि जासूसी गर्छ? क्यालिफोर्निया विश्वविद्यालयले गर्याे नयाँ खुलाशा

आजबाट करिब ६० वर्षअघि, १९६४ मा संसारको पहिलो कम्प्युटर माउसको आविष्कार भएको थियो। माउसको आगमनले कम्प्युटर चलाउन पहिलेभन्दा धेर…

के इन्टरनेट एकैपटक विश्वव्यापी रूपमा ठप्प हुन सक्छ? जान्नुहोस् इन्टरनेटको प्रणाली कसरी काम गर्छ

इन्टरनेट अहिले हाम्रो र संसारभरिका धेरै मानिसहरूको दैनिकीको अभिन्न हिस्सा बनेको छ। अनलाइन पढाइदेखि कमाइ, शपिङ, बैंकिङ, इन्टर…

दराजद्वारा १०.१० तिहार महोत्सवको घोषणा

देशभर तिहारको तयारी चलिरहेका बेला, नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहु प्रतिक्षित १०.१० तिहार महोत्सवको आ…

सामसङको ‘तिहारको मुड, सबै गुड !’ अफर

सामसङ नेपालले तिहारलाई लक्षित गरी आफ्नो बहुप्रतिक्षित क्याम्पेन ‘तिहारको मूड, सबै गुड!’ घोषणा गरेको छ। यो अफरमार्फ…

इनड्राइभको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वस्तिमा खड्का नियुक्त, इनड्राइभ ३६० अभियानसमेत सार्वजनिक

ग्लोबल मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले १० अक्टोबर २०२५ का साँझ होटल याक एण्ड येतीमा आफ्नो नयाँ इनड्राइभ ३६० डिग्री …