अपडेट
मन्त्रिपरिषद् बैठक : कृषि मलदेखि प्रविधि आधारित वातावरणीय परियोजनासम्म स्वीकृति
काठमाडौं । सरकारले हालै सम्पन्न मन्त्रिपरिषद् बैठकका प्रमुख चार निर्णयहरू सार्वजनिक गरेको छ । निर्णयहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकपछि सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी गराएका हुन् ।
सरकारले सार्वजनिक गरेको विवरण अनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: स्वीकृतिका लागि राष्ट्रपति कार्यालय समक्ष सिफारिस गर्ने निर्णय गरिएको छ । यसअघि पुनर्विचारका लागि फिर्ता भएको अध्यादेशलाई पुन: अघि बढाउने निर्णय गरिएको हो ।
त्यसैगरी, कृषि आपूर्ति व्यवस्थापनलाई सहज बनाउन भारतसँग सरकारी स्तर (जी-टु-जी) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामाग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।
यस्तै बैठकले वातावरणीय सुधार तथा पूर्वाधार विकाससँग सम्बन्धित परियोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण र अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ । जसअनुसार इलेक्ट्रोनिक पोइलर प्रवर्द्धन, उद्योगलाई कर्जा सुविधा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमता विस्तार गर्ने कार्यक्रम अघि बढाइनेछ ।
यसैगरी, संसद् भवन परिसरमा प्रवेश व्यवस्थासहित समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय पनि गरिएको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिए ।
अपडेट
प्रि-बजेट आईसीटी डिस्कोर्स २०८३ : नीतिगत स्पष्टता, बजेट वृद्धि र सहकार्यमा जोड
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लक्षित गर्दै आयोजित “Pre–Budget ICT Discourse …
साउथ एसिया ट्रेड फेयर २०२६ : क्षेत्रीय व्यापार विस्तार र लगानीका नयाँ अवसर खोल्दै
काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवा सम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसह…
आईएफएन इन्क्युबेसन कार्यक्रममार्फत काठमाडौंमा १५ स्टार्टअपलाई मेन्टरशिप र लगानी तयारीमा जोड
काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले काठमाडौंस्थित टेकस्पायर कलेजमा “बागमती ओरिएन्टेसन सत्र&rdquo…
अध्यादेशको प्रभाव : दूरसञ्चार प्राधिकरणको पूरा नेतृत्व पदमुक्त
काठमाडौं । सरकारले नयाँ अध्यादेश ल्याएसँगै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षसहित बोर्ड सदस्यहरु पदमुक्त भएका …
आईसीटी फाउन्डेसनको बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम इटहरीमा सम्पन्न, १२ स्टार्टअपलाई सहयोग
काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले कोशी प्रदेशको इटहरीस्थित नमुना कलेजमा “डिजिटल एन्ड आईटी-इने…
कम्पनी रजिस्ट्रारको CAMIS प्रणाली अपडेट : सेवाग्राहीलाई के के फाइदा ?
काठमाडौं । कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली (CAMIS) मा सुधार गरिएकोबारे कम्पनी रजिस्ट्रारको कार्यालयले ज…
सूचना प्रविधि दिवस आज: डिजिटल रूपान्तरण र नवप्रवर्तनमा सरकारको जोड
काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सूचना तथा सञ्चार प्रविधि…
आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष : काठमाडौं मेरियट होटलले मनायो ऐतिहासिक वार्षिकोत्सव
काठमाडौं । नेपालकै अग्रणी लक्जरी होटलमध्ये एक काठमाडौं मेरियट होटलले अप्रिल २८, २०२६ मा आफ्नो सातौं वार्षिको…
सामसङ नेपालको ‘Remit मा Benefit’ अभियान सुरु
काठमाडौं । सामसङ नेपालले “Remit मा Benefit” नामक विशेष उपभोक्ता अभियान औपचारिक रूपमा सुरु ग…
एआई र डीपफेकको दुरुपयोगले महिलामाथि अनलाइन हिंसा बढ्दै, सार्वजनिक मञ्चबाट पछि हट्न बाध्य
काठमाडौं । प्रविधिले हाम्रो जीवनलाई सजिलो त बनाएको छ, तर यसको गम्भीर दुष्परिणाम पनि अब स्पष्ट रूपमा देख…
एआईसँग टाइम ब्लकिङ : कामको शेड्युल बनाउने तरिकामा नयाँ क्रान्ति
काठमाडौं । आजको भागदौडले भरिएको जीवनमा दिनभरका अनगिन्ती कामहरू सही समयमा पूरा गर्नु सजिलो हुँदैन । …
अब यूरोपमा सबै नयाँ ल्यापटपमा युएसबी-सी चार्जिङ अनिवार्य: ‘कमन चार्जर’ नियमले बदल्दैछ डिजिटल जीवन
यूरोपियन युनियन (ईयू) मा अब बिक्री हुने सबै नयाँ ल्यापटपमा युएसबी-सी (USB-C) चार्जिङ सपोर्ट हुनु अनिवार्य भएको छ। यो फैसला ई…
स्काइ ब्रोडब्याण्डको धमाकेदार अफर : सस्तोमा उच्च-गतिको इन्टरनेट
काठमाडौं । इन्टरनेट सेवा प्रदायक स्काइ ब्रोडब्याण्डले नयाँ वर्षको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ । कम्प…
जापानको एयरपोर्टमा अब ‘ह्यूमनइड रोबोट’को प्रवेश, लगेज र कार्गो उठाउने काममा रोबोटको नयाँ प्रयोग
काठमाडौं । जापान सधैं आफ्ना मेहनती कर्मचारीहरूका लागि चिनिँदै आएको देश हो । तर अब टोक्योको व्यस्त हाने…
क्लासिक टेकको आकर्षक अफर : १ वर्ष जडानमै ४ वर्ष धुक्क
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि ‘१ वर्ष जोड्नुस्, ४ वर्ष हेर्नुस्&rsquo…