अपडेट
डिजिटल विज्ञापनमा नयाँ युग : स्न्यापच्याटको एआई एजेन्ट सार्वजनिक
काठमाडौं । स्न्यापच्याटले ‘AI Sponsored Snaps’ नामक नयाँ सुविधा सार्वजनिक गरेको छ, जसले ब्रान्डहरूलाई च्याटभित्र एआई एजेन्टमार्फत प्रयोगकर्तासँग जोडिने नयाँ तरिका प्रदान गर्नेछ ।
यस सुविधाअन्तर्गत स्न्यापच्याटको च्याट ट्याबमा स्पोन्सर गरिएका एआई स्न्यापहरू देखिनेछन्, जहाँ ब्रान्डको नामसँगै हल्का खैरो ‘Ad’ चिन्ह रहनेछ । च्याट खोल्दा प्रयोगकर्ताले सम्बन्धित एआई एजेन्टसँग प्रत्यक्ष रूपमा प्रश्न सोध्न र जानकारी लिन सक्नेछन् ।
यस पहलको पहिलो साझेदारी एक्सपेरियन (Experian) सँग गरिएको छ । उक्त कम्पनीको एआई बोटले बचत, क्रेडिट स्कोर सुधार, ऋण तथा क्रेडिट कार्ड सम्बन्धी जानकारी प्रदान गर्नेछ ।
तर, यस एआई एजेन्टले प्रयोगकर्तालाई विभिन्न वित्तीय उत्पादनहरू, जस्तै क्रेडिट कार्ड वा ऋणतर्फ लैजान सुझाव दिन सक्ने भएकाले यो सामान्य एआई च्याटबोटहरू (जस्तै Gemini वा Claude) भन्दा उपभोक्ताका लागि कति उपयोगी वा निष्पक्ष छ भन्नेबारे प्रश्न उठेको छ ।
स्न्यापच्याटका प्रमुख व्यवसाय अधिकृत अजीत मोहनले विज्ञप्तिमा भनेका छन्- अहिले विज्ञापनका लागि “संवाद” सबैभन्दा मूल्यवान क्षेत्र बन्दै गएको छ । उनका अनुसार एआईले यो परिवर्तनलाई तीव्र बनाइरहेको छ, जसले च्याटलाई उत्पादन खोज्ने, प्रश्न सोध्ने र तुरुन्त निर्णय गर्ने प्लेटफर्म बनाइरहेको छ । उनले वास्तविक अवसर केवल विज्ञापन राख्नु मात्र नभई मानिसहरू जसरी संवाद गर्छन्, त्यसैसँग मिल्ने प्राकृतिक शैलीका विज्ञापन सिर्जना गर्नु हो भनेका छन् ।
स्न्यापच्याटका अनुसार यसको “My AI” फिचर सुरु भएको तीन वर्षमा आधा अर्बभन्दा बढी प्रयोगकर्ताले यससँग सन्देश आदान प्रदान गरिसकेका छन् । तर सुरुवाती चरणमा यो एआई बोट किशोर प्रयोगकर्तालाई उपयुक्त नभएका सुझाव दिएको भन्दै आलोचना समेत भएको थियो ।
अपडेट
डिजिटल नेपालतर्फ कदम, आवेदन दिएपछि पासपोर्ट घरमै !
काठमाडौं । सरकारले सुरु गरेको घरदैलोमै राहदानी वितरण सेवा देशका १४ जिल्लामा विस्तार गरिएको छ । हुलाक सेव…
ब्रसेल्स टेक फोरममा नेपाल : डिजिटल भविष्यका लागि साझेदारीको खोजी
ब्रसेल्स । सेल्समा आयोजित टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा निकट सहकार्य गर्न आह्वान गरिएको छ । सोमबा…
नेटफ्लिक्स मोबाइल एपमा टिकटक/रील्सजस्तै भर्टिकल भिडियो फीड ल्याउँदै
काठमाडौं । नेटफ्लिक्स आफ्नो प्लेटफर्मलाई निकै तीव्र गतिमा परिवर्तन गर्दैछ । कम्पनी अब आफूलाई केवल फिल्म र श…
युनिभर्सल एसेप्टेन्स ह्याकाथन नेपाल २०२६ का लागि आवेदन खुला
काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) ले ‘युनिभर्सल एसेप्टेन्स’ सम्बन्धी विश्वव्…
एआईदेखि सफ्टवेयरसम्म: नेपालले अमेरिकामा देखाउँदै आफ्नो टेक क्षमता
काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (NAS-IT) ले आगामी मे १५, २०२६ मा अमेरिकाक…
सामाजिक सञ्जालमा गैरकानुनी विज्ञापन : मेनपावर कम्पनीमाथि कारबाही
काठमाडौं । वैदेशिक रोजगार विभागले पूर्व अनुमति बिना सामाजिक सञ्जालमार्फत विज्ञापन गरेको आरोपमा एक मेनपावर …
दैनिक दुई घण्टा शान्त बस्दा मस्तिष्कमा नयाँ कोशिका बन्ने दाबी, अध्ययनले के देखायो ?
काठमाडौं । लगातार मोबाइल, कम्प्युटर र टिभीजस्ता डिजिटल डिभाइसको प्रयोगले दिमागमा थकान र तनाव बढाउन सक्ने भन्…
एआईको सहयोगमा डस्टी प्लाज्माभित्र लुकेका नयाँ भौतिक नियमहरूको आविष्कार
काठमाडौं । भौतिकशास्त्रीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी प्रकृतिमा लुकेर रहेका नयाँ नि…
सरकारको नयाँ निर्देशिका : सार्वजनिक सवारीमा जीपीएस अनिवार्य
काठमाडौं । सार्वजनिक सवारी साधनमा यात्रु सुरक्षा र सेवा प्रविधिमैत्री बनाउन सरकारले नयाँ व्यवस्था अघि सारेको …
च्याटदेखि पैसा ट्रान्सफरसम्म : एक्स च्याटले बदल्दैछ डिजिटल प्रणाली
काठमाडौं । अमेरिकी अर्बपति इलन मस्कले फेरि टेक दुनियाँमा नयाँ प्रतिस्पर्धा सुरु गरेका छन् । यस पटक उनले What…
डग्लस एङ्गेलबार्टको काठको माउसदेखि आधुनिक माउससम्म: कम्प्युटिङ इतिहासको एक अमूल्य यात्रा
काठमाडौं । सन् १९६० को दशकको सुरुवातमा डग्लस एङ्गेलबार्टले स्ट्यानफोर्ड रिसर्च इन्स्टिच्युट (हालको एसआरआई इन्…
टर्कीको नयाँ नीति : १५ वर्षमुनिका लागि ‘नो सोशल मिडिया’
काठमाडौं । टर्कीले १५ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने योजना अघि…
अब च्याट जीपीटीमै राइड बुकिङ
काठमाडौं । ग्लोबल टेक कम्पनी याङ्गो ग्रुपअन्तर्गतको राइड हेलिङ सेवा याङ्गो राइडले च्याट जीपीटीभित्रै यात्रा योजन…
स्टार्टअपदेखि लगानीसम्म: नेपाल-इयू टेक फोरमले जोड्दै दुई महादेश
काठमाडौं । बेल्जियमस्थित नेपाली दूतावासले यूकेमा मुख्यालय रहेको सूचना प्रविधि तथा साइबर सुरक्षा परामर्श कम्पन…
आईसीटी फाउन्डेसन नेपालद्वारा गुगल करियर प्रमाणपत्रका लागि ५०० पूर्ण छात्रवृत्ति खुल्ला
काठमाडौं । आईसीटी फाउन्डेसन नेपाल (IFN) ले गुगल एलएलसी र मेरो जब लिमिटेडको सहकार्यमा ‘गुगल कर…