अपडेट
प्रयोगकर्तालाई स्क्यामर्सको नम्बर दिँदैछ गूगलको एआई ओभरभ्यु
गूगलको एआई ओभरभ्युले प्रयोगकर्तालाई स्क्यामर्सको नम्बर दिँन थालेको छ । सुरूवाती दिनहरूमा रूचाइएको ओभरभ्यू सुविधा अहिले एक गम्भीर जोखिम बन्न पुगेको छ।
हालै 'डिजिटल ट्रेन्ड्स' को रिपोर्टले प्रयोगकर्तालाई कम्पनीहरूको असली कस्टमर सर्भिस नम्बरको सट्टा स्क्यामर्सका नम्बर दिइरहेको जानकारी बाहिर ल्याएको छ ।
यो नयाँ समस्याले धेरै प्रयोगकर्तालाई चकित पारेको छ। व्यवसायी एलेक्स रिभलिनले फेसबुकमा आफ्नो अनुभव सेयर गर्दै रोयल क्यारिबियनको कस्टमर सर्भिस नम्बर खोज्दा गूगलको एआई ओभरभ्युले उनीलाई एक ठगी नम्बर दिएको बताएका छन् ।
त्यसमा कल गर्दा उनी स्क्यामर्सको जालमा फस्न थाले । प्रायः लिङ्कमा क्लिक गर्न वा फोनमा निजी जानकारी शेयर गर्नबाट जोगिने उनी यस पटक भने स्क्यारको जालमा परे ।
यद्यपि उनी अन्तिम क्षणमा स्क्यामबाट जोगिन सफल भएका थिए । तर त्यो भन्दा पहिले उनीले आफ्नो क्रेडिट कार्डको जानकारी दिईसकेका थिए ।
यो एउटै घटना मात्र होइन। केही महिनाअघि रेडिटमा प्रयोगकर्ता 'Stimy3901' ले साउथवेस्ट एयरलाइन्समा गलत नाम ठीक गर्ने तरिका खोज्दा एआई ओभरभ्युले उनलाई एक फर्जी नम्बर दिएको बताएका थिए ।
त्यो नम्बरमा कल गर्दा स्क्यामर्सले नाम बदल्नका लागि सयौं डलर मागेका थिए । अर्का रेडिट प्रयोगकर्ता 'ScotiaMinotia' ले पनि उस्तै अनुभव बताएका छन्, जहाँ ब्रिटिश एयरलाइन्सको नम्बर खोज्दा उनलाई गलत नम्बर दिइएको थियो ।
यी घटनाले देखाउँछ गूगलको एआई ओभरभ्यु, जसलाई जानकारी सजिलो बनाउने उद्देश्यले ल्याइएको थियो, अहिले खतरनाक टुल बन्नेको प्रमाणित हुँदैछ। यसले प्रयोगकर्तालाई सिधै स्क्यामर्सको नजिक पुर्याइरहेको छ। एआईले दिएका परिणामहरूमा अहिलेसम्म आँखा चिम्लेर भरोसा गर्न नहुने यस घटनाले पनि स्पष्ट पारेको छ ।
इन्टरनेटमा धेरै नामी कम्पनीहरूको नक्कली कस्टमर केयर पेज बनाइएका छन्, जस कारण मानिसहरू अनजानीमा शिकार बन्छन् । तपाईंले सधैं कम्पनीको अफिसियल वेबसाइट वा युजर म्यानुअलमा दिइएको कस्टमर केयर नम्बर वा सर्भिस नम्बरबाट मात्र मदद लिनु पर्छ ।
कस्टमर केयर एजेन्टलाई कहिल्यै आफ्नो अकाउन्ट नम्बर, क्रेडिट-डेबिट कार्ड नम्बर, पिन वा पासवर्ड जस्ता व्यक्तिगत जानकारी शेयर गर्नु हुँदैन् ।
अपडेट
एजीआईको डरले एमआईटीकी छात्राले छोडिन् पढाइ, विद्यार्थीहरूमा रोजगारी र भविष्यप्रति चिन्ता
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विकासका बीचमा मानिसहरूको चिन्ता पनि बढ्दै गएको छ। विशेष गरी ती व्यक्तिहरू तनावमा छन् जो …
अनलाइन तथा सामाजिक सञ्जाल सञ्चालनपूर्व अनिवार्य दर्ता गर्न सरकारलाई सर्वोच्चको आदेश
सर्वोच्च अदालतले अनलाइन तथा सामाजिक सञ्जाज सञ्चालनपूर्व अनिवार्य रुपमा साधिकार निकायमा दर्ता गर्न सरकारलाई आदेश दिएको…
सामसङले नेपाली बजारमा ल्यायो ‘भिजन एआई’ सहितको टिभी
सामसङ नेपालले सोमबार आफ्नो प्रिमियम २०२५ क्युएलईडी टिभी मोडेलको नयाँ लाइनअप सार्वजनिक गरेको छ । नयाँ पुस्ताको सामसङ भिजन एआई…
डिजिटल नेपाल कन्क्लेभ: गगन थापादेखि सञ्चार, अर्थमन्त्रीसहित प्रधानमन्त्रीसम्मले गरे डिजिटल रुपान्तरणका कुरा
आइसिटी फाउन्डेसन नेपालले ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ नारासहित आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२…
एससीटीले मनायो २४औं वार्षिकोत्सव
नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले साउन २९ गत…
काठमाडौं आइपुग्यो उड्ने कार, नाडा अटो शोमा हेर्न पाइने
दीपलको उड्ने कार (फ्लाइङ ट्याक्सी) र अत्याधुनिक युनिट्री रोबोट्स काठमाडौं आइपुगेका छन् । नेपाल आईपुगेका उड्ने कार र अत्याधुनिक यु…
एनसीआईटी टेक कम्पिटिशन २.० का विजेताहरू घोषणा
एनसीआईटीले आयोजना गरेको टेक कम्पिटिशन २.० को विजेताहरू घोषणा भएको छ ।
प्रतियोग…
इनड्राइभबाट राइड बुक गर्दा स्कुटरदेखि स्मार्टवाचसम्म जित्ने मौका
नेपालमा सेयरिङ्ग मोबिलिटी सेवाप्रदायक इनड्राइभले यात्रुहरूका लागि नयाँ अभियान 'राइड मोर, विन मोर' सुरु गरेको छ।
…डिजिटल रूपान्तरण नागरिक र समाजको हितमा हुनुपर्छः डा. श्रेष्ठ
राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाश कुमार श्रेष्ठले डिजिटल रूपान्तरण नागरिक र समाजको फाइदाका लागि हुनुपर्नेमा जोड दिएका छन् …
गूगलले नेपालमा सुरू गर्यो स्ट्रिट भ्यु सेवा, भर्चुअल रूपमा अब सुन्दर दृश्य र संस्कृति अवलोकन गर्न सकिने
गुगल म्याप्सले डिजिटल नेपाल कन्क्लेभ,२०२५ को अवसर पारेर नेपालमा स्ट्रिट भ्यु सेवा सुरू गरेको छ । अब संसारको कुनै पनि कुनाबाट क…
‘कम्प्युटरमा टाइप गरेर डिजिटलाइजेनस हुँदैन, प्रणालीहरूबीच अन्तरआवद्धता हुनुपर्छ’
मुख्यसचिव एक नारायण अर्यालले डिजिटलाइजेसनबिना रूपान्तरण सम्भव नभएको बताएका छन् । शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२५ मा बोल्दै अ…
नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्छः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ‘डिजिटल वर्क सेन्टर’ बन्न सक्ने बताएका छन् । आइसिटी फाउन्डेसन नेपालले आयोजना गरे…
डिजिटल नेपाल कन्क्लेभको चौंथो संस्करण भोलि हुँदै, प्रधानमन्त्रीसँग पावर संवाद हुने
साउन ३० गते शुक्रबार अर्थात भोलि चौंथो संस्करणको डिजिटल नेपाल कन्क्लेभ आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालले ‘इ…
अब मानिसहरूझैं 'गर्भवती' हुनेछ रोबोट, चीनले तयार पार्दैछ अनौठो प्रविधि
चीनमा आधारित काइवा टेक्नोलोजीका संस्थापक तथा सीईओ झाङ चीफेंगले यस्तो ह्युमानोइड रोबोट विकास गरेको दाबी गरेका छन्, जसले मानव …
एआईले चुनौती दिए पनि गूगललाई विस्थापित गर्न सक्दैन्: ब्रायन चेस्की
विश्वभर इन्टरनेट सर्चका लागि एआईको प्रयोग बढ्दै गएको छ, जसकारण हालका दिनहरूमा सर्च बजारमा गूगल को हिस्सा २०१५ पछि पहिलो पटक ९०…