कीवर्डहरू -

अपडेट

‘ह्याक फर सेफ्टी’ आयोजना गर्दै नेपाल प्रहरी, देशभरका टेक प्रतिभालाई सहभागी हुन आह्वान

काठमाडौं । नेपाल प्रहरीले पहिलो पटक सरकारी स्तरमै प्रविधिमा आधारित ‘ह्याकाथन’ प्रतियोगिता आयोजना गर्ने भएको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आगामी ३० र ३१ जेठमा बुटवलस्थित प्रहरी तालिम केन्द्रमा ३६ घण्टे ‘ह्याक फर सेफ्टी’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।

नेपालमै सरकारी निकायबाट पहिलो पटक हुन लागेको यस कार्यक्रममार्फत प्रविधिको प्रयोग गरी सार्वजनिक सुरक्षालाई अझ प्रभावकारी बनाउने तथा प्रहरी र समुदायबीचको विश्वासलाई सुदृढ गर्ने लक्ष्य लिइएको प्रहरीले जनाएको छ ।

प्रतियोगितामा देशभरका डेभलपर, प्रोग्रामर, आईटी विद्यार्थी तथा प्रविधिमा रुचि भएका व्यक्तिहरूले निःशुल्क सहभागी हुन सक्नेछन् । सहभागीहरूले तीनदेखि चार सदस्यीय टोली बनाएर प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था गरिएको छ । व्यक्तिगत रूपमा आवेदन दिनेहरूलाई पनि आयोजकले टोली निर्माणमा सहजीकरण गर्ने बताइएको छ ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई एक लाख रुपैयाँ नगद पुरस्कारसहित सरकारी प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रम पूर्ण रूपमा भौतिक उपस्थितिमै सञ्चालन हुनेछ ।

आयोजकका अनुसार सहभागीहरूका लागि कार्यस्थल, खाना तथा खाजाको व्यवस्था प्रहरीले गर्नेछ । तर प्रतिस्पर्धीहरूले आफ्नो ल्यापटप तथा आवश्यक प्राविधिक उपकरण भने आफैं ल्याउनुपर्नेछ ।

प्रहरीले करिब २० देखि २५ टोली छनोट गर्ने तयारी गरेको जनाएको छ । कार्यक्रममा नेपाल प्रहरीको साइबर ब्युरो तथा प्रहरी प्रधान कार्यालयका विज्ञहरूले मेन्टरको भूमिका निर्वाह गर्नेछन् । साथै लुम्बिनी प्रदेश प्रहरीले कार्यक्रमसम्बन्धी जानकारी दिन छुट्टै वेबसाइट पनि सञ्चालनमा ल्याएको छ ।

अपडेट

श्रम स्वीकृति पासवर्ड बिर्सिएपछि कसरी रिसेट गर्ने ?

काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति प्रणालीमा प्रयोग हुने लगइन आइडी र पासवर्ड बिर्सिए पनि मोबाइल…

कांग्रेसको सदस्यता अब पूर्ण डिजिटल, अनलाइन फारमबाट अद्यावधिक गर्न सकिने

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक कार्य आगामी जेठ २१ गतेभित्र अनिवार्य…

बुकमार्कदेखि भिडियोसम्म, एक्सले ल्यायो नयाँ निजी हब

काठमाडौं । एक्सले प्रयोगकर्ताहरूका बुकमार्क, लाइक गरिएका पोस्ट, लेख तथा लामो भिडियो सामाग्रीलाई व्यवस्थित रूपम…

अब कालोसूचीमा परेका कम्पनीको विवरण छुट्टै वेबसाइटमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीसम्बन्धी विवरण व्यवस्थापनका लागि छुट्टै वेबसाइट सञ्चालनमा …

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ले गर्नेछ यी काम

काठमाडौं । सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै नयाँ मन्त्रालय गठन गरेको छ । मन्त्रिपर…

बिना ब्याट्री वर्षौँ चल्ने ‘अमर घडी’, तापक्रमबाटै ऊर्जा लिन सक्ने

काठमाडौं । लग्जरी कम्पनी जेगर-लेकुल्त्रले मिलान डिजाइन वीकमा दुई नयाँ एटमोस घडीहरू प्रस्तुत गरेको छ । त…

व्हाट्सएपमा मेटाको ‘इन्कग्निटो मोड’ सुरु, एआईसँग निजी कुराकानी अझ सुरक्षित हुने दाबी

मेटा प्लेटफर्म्सले व्हाट्सएप प्रयोगकर्ताका लागि ‘इन्कग्निटो मोड’ सुरु गर्ने घोषणा गरेको छ। यो मोडले प्रयोगकर्तालाई आफ्ना…

आइओएस २६.५ सार्वजनिक: एन्क्रिप्टेड आरसीएस मेसेजिङदेखि एप्पल म्यापमा विज्ञापनसम्म, नयाँ अपडेटमा के छ खास ?

एप्पलले आइफोन प्रयोगकर्ताका लागि आइओएस २६.५ को सार्वजनिक संस्करण जारी गरेको छ। करिब एक महिनादेखि डेभलपरहरूले यसको बेटा भर्सन …

आरआर क्याम्पस घटनाबारे स्पष्टीकरण

काठमाडौं । हाम्रो अनलाइन पोर्टलमा प्रकाशित “आरआर क्याम्पसमा प्राध्यापकबीच कुटाकुट” शीर्षकको समाचार…

मन्त्रालय संख्या घटाउँदै सरकारको पुनर्संरचना, विज्ञान-प्रविधि तथा नवप्रवर्तन मन्त्रालय थपियो

काठमाडौं । सरकारले संघीय मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १८ पुऱ्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्र…

दूरसञ्चार र डिजिटल पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले दूरसञ्चार, सूचना प्रविधि तथा सञ्चार क्षेत्र सु…

एन्ड्रोइडमा आउँदैछन् ठूला नयाँ अपग्रेडहरू : क्विक शेयर-एयरड्रपदेखि एआई ब्राउजिङ र नयाँ कार फिचरसम्म

काठमाडौं । गुगलले मंगलबार “द एन्ड्रोइड शो: आई/ओ एडिशन” आयोजना गर्‍यो । यो लगातार दोस्…

मन्त्रिपरिषद्को निर्णय : डिजिटल सुशासनदेखि भूमि ऐन संशोधनसम्म

काठमाडौं । सरकारले नेपाल सरकार कार्य विभाजन नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । आज बिहान ११ बजे …

एन्क्रिप्सन र गोपनीयतामाथि विवाद : क्यानाडाको बिल सी-२२ विरुद्ध टेक कम्पनीहरुको आपत्ति

काठमाडौं । एप्पल र मेटा क्यानाडाको एउटा बिलविरुद्ध कडा रूपमा विरोध गरिरहेका छन् । यस विधयेकले सरकारला…

सरकारको नीति माथि महावीर पुनको प्रश्न: नवप्रवर्तन किन प्राथमिकतामा छैन ?

काठमाडौं । सांसद महावीर पुनले वर्तमान सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय खोल्न नमानेको भन्दै कडा आ…