अपडेट
इनड्राइभ नेपालको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन, चालकहरुलाई सुनौलो अवसर
विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरूवात गरेको छ । अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरिएको हो ।
इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेका छन् ।
जून १६ देखि जून २२, २०२५ सम्म, चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे क्याम्पेनमा प्रवेश गर्नका लागि योग्य हुन ३५ ओटा राइड पूरा गर्नुपर्नेछ ।
जुन २३, २०२५ देखि, इनड्राइभ चालकहरूले विक्ली च्यालेन्जेजको सिरिजमा भाग लिने मौका पाउनेछन्, प्रत्येक हप्ताको उनीहरूले विशेष पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन् । जुन २३ देखि जुलाई १३ सम्मको विक्ली च्यालेन्जेजमा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरू साप्ताहिक पुरस्कारहरूको लागि मात्र नभई ग्रान्ड प्राइजको लागि पनि योग्य हुनेछन्, जसमा क्याब (ट्याक्सी) चालकहरूको लागि टाटा एक्सप्रेस–टी इभी र बाइक राइडरहरूको लागि टीभीएस रेइडर मोटरसाइकल रहेको छ ।
क्याम्पेन तीन हप्तासम्म आयोजना हुनेगरि डिजाइन गरिएको छ, प्रत्येक हप्ता विजेताहरूको घोषणा गरिने र जुलाई १७, २०२५ मा ग्राण्ड विनरको घोषणा गरिनेछ ।
पुरस्कारहरू
- टाटा एक्सप्रेस–टी इभी (क्याब श्रेणीको ग्रान्ड प्राइज)
- टीभीएस रेइडर मोटरसाइकल (बाइक श्रेणीको ग्रान्ड प्राइज)
- स्मार्टफोनः १५ ओटा
- स्मार्टवाचः ३० ओटा
- इयरबड्सः ३० ओटा
- साप्ताहिक पुरस्कार (५ स्मार्टफोन, १० स्मार्टवाच, १० इयरबड)
ग्रान्ड प्राइजको लागि योग्य हुन, चालकहरूले क्याम्पेनको तीनै हप्ताको लागि प्लेटिनम स्ट्याटस मेन्टेन गर्नुपर्नेछ । कुनै पनि हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरूलाई साप्ताहिक पुरस्कार विजेतामा सहभागी गराईनेछ ।
क्याम्पेन तालिका
- जुन १६ः क्याम्पेन घोषणा
- जुन २३ – जुलाई १३ विक्ली च्यालेन्जेज
- जुलाई १७ः ग्रान्ड प्राइज विजेताहरूको घोषणा
रिजिनल ड्राईभर ओपरेसन टिम लिडर– साउथ एशिया, इनड्राइभका डिमित्री ओख्लोप्कोभले यो अभियान चलाकहरूको कडा परिश्रम र अटल प्रतिबद्धताको लागि विषेश सम्मान देखाउने प्रयास भएको बताइन् ।
इनड्राइभ नेपालकी ड्राइभर अपरेशन स्पेसलिस्ट सुनिता जीमी राईले चालकहरुको अविश्वसनीय कडा परिश्रम, अटल समर्पण र सेवा गरिरहेका कार्यलाई मनाउने तरिका भएको बताइन् ।
अपडेट
ह्वाट्सएपमा च्याटजीपीटी अपडेट: इमेज जेनरेशन र भ्वाइस इनपुट सुविधा थपियो
ह्वाट्सएपमा उपलब्ध च्याटजीपीटीलाई ठूलो अपडेट प्राप्त भएको छ। अब प्रयोगकर्ताहरू यस प्लेटफर्ममा केवल टेक्स्ट च्याट मात्रै होइन, इमेज जे…
एनसेल ‘लीग अफ क्रिएटर्स’: मेन्टर वर्कशप हुँदै, यी हुन् मेन्टरहरू
एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा सुरू गरेको ‘लीग अफ क्रिएटर्स’ अभियान अन्तर्गत यही असार ७ र ८ गते मेन्टर वर्कशप आय…
अब पठाओ झन् सस्तो: सेभर प्याक बिटा भर्सन सार्वजनिक, अफिस र क्याम्पस जानेलाई विशेष छुट
राइड सेयरिङ र फूड डेलिभरी सेवाप्रदायक पठाओ नेपालले नियमित राइड र फूड अर्डर गर्ने ग्राहकलाई लक्षित गरी ‘पठाओ सेभर प्याक&…
फोनलोन नतिर्ने ५० जना ग्राहकको विवरण सार्वजनिक
लक्ष्मी सनराइज बैंकले फोनलोन लिने र समयमा नतिर्ने ५० जना ग्राहकको विवरण मंगलबार सार्वजनिक गरेको छ ।
फेसबुकको भिडियो सेक्सन रिब्रान्ड हुँदै, अब सबै भिडियो ‘रिल्स’ अन्तर्गत देखिने
फेसबुकले पुनः एकपटक आफ्नो एपको भिडियो सेक्सनलाई नयाँ नाम दिँदैछ । पहिले ‘भिडियो’ र त्यसअघि ‘वाच’ भ…
डेटा गोपनीयता: तपाईंको फोनमा रहेका एआई टूलहरूले कुन–कुन डेटा सङ्कलन गर्दैछन् ?
आजकाल मानिसहरू दैनिक जीवनमा धेरै प्रकारका एआई टूल्स प्रयोग गर्छन्, जस्तै च्याटजीपीटी, माइक्रोसफ्ट कोपाइलट वा स्मार्टवाचबाट आफ्नो फि…
ह्वावे र एसएमआईसीलाई उत्पादन पठाउनु अघि ताइवानका कम्पनीले अब सरकारी अनुमति लिनुपर्ने
ताइवानको वाणिज्य मन्त्रालयले चीनका दुई दिग्गज टेक कम्पनीहरू ह्वावे टेक्नोलोजीज् र सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्प (एसएमआ…
बागमती प्रदेशलाई सूचना प्रविधि हबको रुपमा विकास गरिने
बागमती प्रदेशलाई सूचना प्रविधि हबको रुपमा विकास गरिने भएको छ । आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योज…
दुई चर्चित गेमिङ टिमसँग इनफिनिक्स नेपालको सहकार्य
इनफिनिक्स नेपालले दुई चर्चित गेमिङटिम ‘डिआरएस गेमिङ’ र ‘होर इस्पोर्टस’ सँग सहकार्य गरेको छ। प्रविधि र…
लुम्बिनी प्रदेशले स्टार्टअप ईकोसिस्टमलाई संस्थागत गर्ने, जेनजी केन्द्रित उद्यमशीलता प्रवर्धन गर्ने
लुम्बिनी प्रदेशले स्टार्टअप ईकोसिस्टमलाई संस्थागत गर्दै नवप्रवर्तन सहितको पुँजीमा पहुँच र उद्यमशीलता प्रवर्धनमा जोड दिने भएको छ ।&n…
यातायात कार्यालयमा रहेका पुराना अभिलेखलाई डिजिटलाइजेसन गर्न कोशीले छुट्यायो ४ करोड बजेट
कोशी प्रदेशले यातायात कार्यालयमा रहेका पुराना अभिलेखलाई डिजिटलाइजेसन गर्न ४ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै …
नयाँ युगको ब्राउजिङ: डिया ब्राउजरमा इनबिल्ट एआई च्याटबट
द ब्राउजर कम्पनीले आफ्नो नयाँ एआई-आधारित वेब ब्राउजर लन्च गरेको छ, जसको नाम डिया हो । यो ब्राउजर एक इनबिल्ट एआई च्याटबोटसँग आउँ…
मेटा एआईको डिस्कभरी फिडमा व्यक्तिगत कुराकानी र सेल्फी सार्वजनिक, गोपनीयतामा गम्भीर प्रश्न
यदि तपाईं पनि मेटा एआईसँग कुरा गर्नुहुन्छ र आफ्ना व्यक्तिगत कुरा सेयर गर्नुहुन्छ भने तपाईंका लागि काम लाग्ने खबर छ । एपसँग सम्बन्…
जेन-जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन शिवाकोटीको जोड
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसले जेन-जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउनु पर्नेम…
एनसेल ‘सधैं अन करोडपति’ योजनाः हरेक हप्ता १० लाख र बम्परमा १ करोड पुरस्कार, सहभागी सबैलाई उपहार
अब एनसेलको सधैं अनले ग्राहकहरुलाई सम्पर्कमा रही रहन र सुलभ शुल्कमा अनलाइन रहनमात्र सक्षम बनाउँदैन । एनसेलले आफ्ना ग्राहकहरुका ल…