अपडेट
नेपाल–भारत स्टार्टअप संवादले द्विपक्षीय स्टार्टअप सहकार्य सुदृढ गर्ने निक्कीको भनाइ
नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) ले नेपाल–भारत स्टार्टअप संवादमार्फत नीति–निर्माताहरू, नवप्रवर्तन क्षेत्रका अगुवाहरू, सञ्चारकर्मीहरू तथा उदाउँदा स्टार्टअप संस्थापकहरूलाई एकै ठाउँमा ल्याएको छ। कार्यक्रमले सीमापार उद्यमशील सहकार्यमा महत्वपूर्ण कोसेढुंगा तय गर्ने निक्कीले जनाएको छ।
उक्त संवाद कार्यक्रममा इन्डिया–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (इन्स्पान) को पहिलो समूहले सफलतापूर्वक भारतमा गरेको अनुभव तथा उपलब्धिलाई विशेष रूपमा सम्मानित गरिएको थियो। यो कार्यक्रम आइआइटिएम प्रबर्द्धक (आइआइटी मद्रास) को सहकार्य तथा भारत सरकारको परराष्ट्र मन्त्रालयको सहयोगमा सम्पन्न भएको हो।
कार्यक्रमअन्तर्गत २४ नेपाली स्टार्टअपहरूले आइआइटी मद्रासको नवप्रवर्तन इकोसिस्टममा आठ हप्ते सघन आवासीय कार्यक्रममा सहभागिता जनाउँदै मार्गदर्शन, प्राविधिक सहयोग तथा बजार पहुँचका अवसर प्राप्त गरेका थिए।
समूहको उल्लेखनीय उपलब्धिका रुपमा नौ स्टार्टअपहरूले भारतका अग्रणी इनक्युबेशन प्लेटफर्महरूबाट विशेष लगानी तथा इनक्युबेशन प्रस्ताव प्राप्त गरेका छन्। साथै यसले नेपालको नवप्रवर्तन इकोसिस्टमको बढ्दो सम्भावना र क्षेत्रीय सहकार्यको महत्वलाई स्पष्ट संकेत गरेको आयोजकको भनाई छ।
निक्कीका अध्यक्ष सुनील केसीले नवप्रवर्तन र उद्यमशीलतालाई नेपाल–भारत आर्थिक सहकार्यको केन्द्रमा राख्ने प्रतिबद्धता पुनः दोहोर्याए। उनले सीमापार स्टार्टअप साझेदारीहरू क्षेत्रीय प्रतिस्पर्धात्मकता बढाउन र युवाद्वारा सञ्चालित आर्थिक वृद्धिलाई गति दिन अपरिहार्य रहेको उल्लेख गरे।
नवप्रवर्तन क्षेत्रमा निक्कीको बढ्दो भूमिकालाई उजागर गर्दै निक्कीका उपाध्यक्ष कुनाल कायलले नेपाल–भारत आर्थिक सम्बन्धको आगामी चरण निजी क्षेत्रको नेतृत्वमा र नवप्रवर्तनद्वारा प्रेरित हुनुपर्ने बताए। “यस गतिलाई संस्थागत गर्न हाम्रो समितिले स्टार्टअप इनोभेसन सेन्टर स्थापना प्रक्रियालाई अगाडि बढाइरहेको छ, जसले सम्पूर्ण इकोसिस्टम सरोकारवालाहरूलाई जोड्ने केन्द्रबिन्दुको रूपमा काम गर्नेछ” उनले भने।
यसैगरी, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ताले स्टार्टअपहरूलाई विश्वस्तरीय प्रतिस्पर्धी उद्यममा रूपान्तरण गर्न संस्थागत सहयोग, नीतिगत समन्वय तथा क्षमता विकासका सहयोगको महत्वमा जोड दिए।
कोहोर्ट रिफ्लेक्सन सत्रमा सहभागीहरूले आइआइटी मद्रासको आवासीय कार्यक्रमका अनुभवहरू सबैसँग साटासाटा गरेका थिए। सहभागीहरूले उच्चस्तरीय प्रयोगशाला पहुँच, लगानीकर्तासँग अन्तरक्रिया, उत्पादन परिमार्जन सहयोग तथा विश्वस्तरीय अभ्यासहरूसँग परिचित हुने अवसरबारे पनि चर्चा गरे। धेरैले यस अनुभवलाई प्रारम्भिक चरणको विकासबाट बजार–तयार नवप्रवर्तनतर्फ अघि बढ्न मद्दत गर्ने महत्वपूर्ण मोडका रूपमा वर्णन गरे।
निक्कीका उपाध्यक्ष गौरव तयालले सहभागी उद्यमीहरूलाई “द्धिपक्षीय साझेदारीका पुलहरू” का रूपमा वर्णन गर्दै नेपाल र भारतबीचको नवप्रवर्तन सम्बन्ध सुदृढ बनाउन उनीहरूको भूमिकालाई उल्लेख गरे।
निक्कीले नेपाल–भारत स्टार्टअप संवाद दिगो उद्योग–शैक्षिक संस्था – सरकार तथा निजी क्षेत्रबिच सहकार्य गर्ने प्रयासको एक चरण भएको जनाएको छ। यसले नीतिगत वकालत, सीमापार साझेदारी तथा पूँजी र प्रविधिमा सुधारिएको पहुँचमार्फत स्टार्टअपहरूलाई समर्थन गर्दछ।
नेपाली उद्यमीहरूलाई भारतीय नवप्रवर्तन प्लेटफर्महरूसँग जोडेर यस पहलले ज्ञान हस्तान्तरणलाई तीव्र पार्ने, क्षेत्रीय बजार एकीकरणलाई प्रवद्र्धन गर्ने र नेपाललाई प्रविधिमा आधारित उदयमका लागि उदाउँदो केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य निक्कीले राखेको जनाएको छ।
अपडेट
नक्कली चुनावी घोषणापत्र आएपछि वर्षमानले दिए निर्वाचन आयोग र साइबर ब्युरोमा उजुरी
आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का न…
जनशक्ति उत्पादन र विश्वव्यापी आईसीटी अनुभवमार्फत नेपालको डिजिटल भविष्य सुदृढ गर्दै हुवावे
नेपालको दूरसञ्चार क्षेत्रको विकासमा हुवावे विगत दुई दशकदेखि सक्रिय छ । विशेषगरी यस क्षेत्रमा टुजी, थ्रीजीदेखि फोरजीसम्मको सेवा …
आगामी निर्वाचनलाई लक्षित गर्दै बिहीबार ‘डिजिटल लिडरशिप डायलग’ हुँदै
आइसिटी फाउन्डेसन नेपालले आगामी निर्वाचनलाई लक्षित गर्दै बिहीबार ‘डिजिटल लिडरशिप डायलग’ आयोजना गर्ने भएको छ…
निधनपछि पनि संवाद सम्भव बनाउने ‘डिजिटल डेथबोट्स'
आजकलको नयाँ एआई प्रविधिको सहयोगले अब यस्तो डिजिटल व्यक्ति बनाउनु सम्भव भइसकेको छ, जसले कुनै व्यक्तिको निधनपछि पनि त्यसैखाले कुर…
एपस्टीन फाइल्स सार्वजनिक: लाखौं दस्तावेज खोज्न सहज बनाउँदै ‘जेमेल’ पोर्टल
एपस्टीन फाइल्सको खुलासापछि विश्वभरै हलचल मच्चिएको छ। अमेरिकी न्याय विभागले यी फाइलहरू सार्वजनिक गरिरहेको छ। यी फाइलहरू अमेरिक…
नेपाली स्टार्टअप 'टेक गुर्खा' लाई माइक्रोसफ्टको २ करोड बराबरको क्लाउड क्रेडिट सहयोग
चितवनका युवा उद्यमी दिक्षान्त पाण्डेको कम्पनी टेक गुर्खा (Tech Gurkha) ले अन्तर्राष्ट्रिय स्तरमा सफलता पाएको छ। उनको ए.आई. प्लेटफर्म…
टिकटक र निर्वाचन आयोगबीच सहकार्य, भ्रामक सूचना नियन्त्रण र निष्पक्षता प्रवर्द्धन गर्ने
नेपालमा निर्वाचनको स्वच्छता तथा निष्पक्षता प्रवर्द्धन गर्ने उद्देश्यले टिकटकले निर्वाचन आयोग, नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ…
आइतबार मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह हुँदै
नेपालमा विश्वस्तरीय विश्वविद्यालय निर्माण गर्ने उद्देश्यसहित विसं २०७९ मा स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय …
नेपालको क्रिएटर इकोनोमी सशक्त बनाउन भीलको पाइलट परियोजना घोषणा
भिडियो मार्केटिङ तथा क्रिएटर सहकार्यमा केन्द्रित विश्वव्यापी प्लेटफर्म भील (Veel) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) दि…
पेरिसमा सोशल मिडिया प्लेटफर्म एक्सको कार्यालयमा छापा, डीपफेक र अवैध सामग्री प्रसारको आरोपमा अनुसन्धान
फ्रान्सको राजधानी पेरिसमा सरकारी अभियोजकहरूले मंगलबार सोशल मिडिया प्लेटफर्म एक्समा छापा मारे। यो कारबाही एक प्रारम्भिक अनुसन्धा…
गुगलले आईपीआईडिया साइबर प्रोक्सी नेटवर्क ध्वस्त पार्दै एन्ड्रोइड र विन्डोज डिभाइसलाई ह्याकरबाट जोगायो
गुगल थ्रेट इंटेलिजेन्स ग्रुप र उनका सहयोगी संगठनहरूले भर्खरै एउटा ठूलो साइबर नेटवर्क समाप्त गरेको घोषणा गरेका छन्। कम्पनीका अनु…
पुल्चोक क्याम्पसमा तीनदिने एआई तथा मेसिन लर्निङ कार्यशाला आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
विद्यार्थीहरूलाई व्यावहारिक सिकाइ प्रदान गर्ने उद्देश्यका साथ पुल्चोक क्याम्पसका विद्यार्थीहरूले नेतृत्व गरिरहेको संस्था पीडीएससी (Pl…
सामसङ नेपालको होली अफर घोषणा, वासिङ मेसिन र रेफ्रिजरेटरमा आकर्षक छुट
सामसङ नेपालले होली पर्वको अवसरमा आफ्ना वासिङ मेसिन र रेफ्रिजरेटरहरूमा विशेष छुट, क्यासब्याक तथा एक्सचेन्ज बोनस योजना सार्वजनिक …
कसलाई मतदान गर्नुहुन्छ ? भन्ने प्रश्न सोधेर मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमार्फत ‘कुन पार्टी र कुन चुनाव चिह्नमा मतदान गर्नुहुन्…
स्पेसएक्सले खरिद गर्यो एक्सएआई, अन्तरिक्षमा एआई डाटा सेन्टर बनाउने योजना
अमेरिकी अर्बपति एलन मस्कको नेतृत्वमा रहेको अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले मस्ककै एआई कम्पनी एक्सएआईलाई अधिग्रहण गरेको छ। दुवै …