काठमाडौं । रिगो टेक्नोलोजिज्ले रिगो जब्स सार्वजनिक गरेको छ । यो मोडर्न र फ्लेक्सिबल हायरिङ तथा एप्लिकेन्ट ट्र्याकिङ सिस्टम (ए.टी.एस.) हो, जसले साना व्यवसायदेखि ठूला संस्थाहरु सम्मका हायरिङ प्रोसेसलाई व्यवस्थित र सरल बनाउन मद्दत गर्छ ।
रिगो जब्स नै किन ?
विगत १६ वर्षदेखि एच.आर. टेक्नोलोजीमा काम गर्दै आइरहेको रिगो टेक्नोलोजिज्ले हायरिङ प्रोसेसमा बारम्बार एउटा समस्या देख्दै आएको थियो । हायरिङ प्रोसेसका विभिन्न स्टेजलाई जोड्ने एउटै सिस्टम नहुँदा एम्प्लोयरहरूले योग्य क्यान्डिडेट समेत गुमाउनुपर्ने अवस्था देखिन्थ्यो ।
अर्कोतर्फ, क्यान्डिडेटले जब एप्लाई गरेपछि लामो समयसम्म रेस्पोन्सको प्रतीक्षा गर्नुपर्ने अवस्था रहँदै आएको थियो । क्यान्डिडेटलाई आफ्नो एप्लिकेसनको के प्रोग्रेस छ भन्ने बारे समेत जानकारी नहुने समस्या थियो । रिगो जब्सले यही एम्प्लोयर र क्यान्डिडेटलाई सहज तरिकाले जोड्ने काम गर्छ ।
रिगो जब्सले कसरी काम गर्छ ?
हायरिङ टिमले मोबाइल एप वा वेब पोर्टलबाट सजिलै आफ्नो जब भ्याकेन्सी प्रकाशन गर्न सक्छन् र क्यान्डिडेटका एप्लिकेसन्सहरु सहज रुपमा ट्र्याक गर्न सक्छन् । हरेक पोजिसनको आवश्यकता अनुसार रिगो जब्समा संस्थाहरूले कस्टम एप्लिकेसन फर्म र हायरिङ टेम्प्लेट तयार गर्न सक्छन् र एप्लिकेसन फर्ममा आवश्यक फिल्ड तथा प्रश्नहरू राख्न सक्छन् ।
हायरिङ टिमले प्राप्त एप्लिकेसनहरु पूर्व निर्धारित क्राइटेरियाका आधारमा मूल्याङ्कन गर्न सक्छन् । यसले एम्प्लोयरहरुलाई सही ट्यालेन्ट पहिचान गर्न सहज बनाउँछ र राम्रो क्यान्डिडेट छुट्ने सम्भावना कम गर्छ ।
अर्कोतर्फ, क्यान्डिडेटले सजिलै प्रोफाइल बनाई मोबाइल एप वा वेब पोर्टलबाट आफ्नो आवश्यकता अनुसार जब सर्च र एप्लाई गर्न सक्छन् । उनीहरूले आफ्नो एप्लिकेसनको प्रोग्रेसको बारेमा जानकारी पाउन सक्छन् र मोबाइल एपबाटै सजिलै कम्पनीका प्रश्नको जवाफ पनि दिन सक्छन् ।
त्यति मात्र नभई रिगो जोब्सको इन्टरभ्यु ब्रीफ र स्कोरिङ असिस्टेन्टको मद्दतले एक वा एक भन्दा बढी इन्टरभ्युअरहरुले क्यान्डिडेटलाई तोकिएको क्राइटेरिया अनुसार स्कोर गर्न सक्छन् । त्यसपछि सिस्टमले सबै स्कोरलाई मिलाएर क्युमुलेटिभ रेटिङ तयार गरी क्यान्डिडेटको हायरिङ सिग्नल क्याल्कुलेट गरी हायरिङ डिसिजन गर्न सहयोग गर्छ ।
रिगो जब्समा ए.आई को प्रयोग
रिगो जब्सले हायरिङ प्रोसेसमा देखावटी भन्दा सहयोगीको रुपमा ए.आई. को प्रयोग गरेको छ । हायरिङ टिमले आफ्नो आवश्यकता अनुसार इभ्यालुएसन क्राइटेरिया र स्कोरकार्ड कन्फिगर गर्न सक्छन् ।
हायरिङ टिमले क्यान्डिडेटको स्किल र एक्सपेरियन्सको समरी तयार गर्ने, आफ्नो जबको आवश्यकता अनुसार क्यान्डिडेट कति म्याच गर्छ भनेर मेटिङ स्कोर हेर्ने, इमेल ड्राफ्ट गर्ने जस्ता काम ए.आई. को सहायताले सजिलै गर्न सक्छन् ।
यो किन जरूरी छ ?
रिगो जब्स एम्प्लोयरहरुको समय पेपरवर्क र प्रशासनिक कामहरुमा नभई सही ट्यालेन्ट पहिचान गर्न केन्द्रित गराउन बनेको एउटा प्लेटफर्म हो । सयौँ क्यान्डिडेट्सलाई म्यानुअल रूपमा इमेल पठाउने जस्ता काम रिगो जब्सले सजिलै अटोमेट गरिदिन्छ ।
चाहे केही कर्मचारी मात्र हायर गर्ने सानो टिम होस् वा ठूलो संख्यामा हायर गर्ने इन्टरप्राइज होस्, रिगो जब्सले स्प्रेडसिट्स, इनबक्सेस र गेसवर्कमा आधारित हायरिङ प्रोसेसलाई एउटै कनेक्टेड सिस्टमले रिप्लेस गर्छ ।
रिगो जब्सलाई 'रिगो एच.आर.' सँग वा रिगो एच.आर. बिना पनि प्रयोग गर्न सकिन्छ । रिगो एच.आर. प्रयोग गर्ने संस्थाहरूले दुवै प्लेटफर्महरुलाई कनेक्ट गरी सहज रूपमा काम गर्न सक्छन् । साथै, रिगो जब्सलाई ए.पि.आई. मार्फत अन्य एच.आर. सफ्टवेयरहरू सँग पनि सजिलै चलाउन सकिन्छ ।
रिगो जब्स कसरी सुरु गर्ने
रिगो जब्स आफ्नो संस्थाको हायरिङ प्रोसेसलाई मोडर्नाइज गर्न चाहने सबै संस्थाका लागि उपलब्ध भइसकेको छ । रिगो जब्सको डेमो लिन तथा अफर बारे जानकारी प्राप्त गर्न rigohr.com मा सम्पर्क गर्न सकिन्छ ।
आईसीटी समाचार