कीवर्डहरू -

अपडेट

एथरको विशेष अफर : फोटो पोस्ट गर्नुहोस्, नयाँ स्कुटर जित्नुहोस्

काठमाडौं । Ather Energy Nepal ले नाइमा एक्स्पोमा आउने सबै आगन्तुकका लागि आकर्षक मेगा गिभअवे अभियान पुन: सञ्चालन गर्ने भएको छ । यस अभियानमार्फत एक भाग्यशाली विजेताले ब्रान्ड-न्यु Ather स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन् ।

गत वर्ष Ather Nepal ले आयोजना गरेको यही अभियानमार्फत सालिक राम कँडेलले Ather Rizta जित्न सफल भएका थिए । सहभागीहरूबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र अपार मायापछि यस वर्ष पनि Ather Nepal ले यो लोकप्रिय सामाजिक सञ्जाल अभियानलाई निरन्तरता दिएको हो । अब एउटा फोटो, एउटा पोस्ट र थोरै भाग्यले तपाईंलाई नयाँ Ather स्कुटरको मालिक बनाउन सक्छ ।

कसरी सहभागी हुने ?
प्रतियोगितामा सहभागी हुन इच्छुक आगन्तुकले निम्न चार चरण पूरा गर्नुपर्नेछ:
•    Ather Energy Nepal का आधिकारिक Facebook, Instagram र TikTok पेजहरू Follow गर्ने ।
•    NAIMA Mobility Expo 2026 अन्तर्गत Hall C, Stall C2 मा रहेको Ather Stall मा आउने ।
•    Ather स्कुटरसँग एउटा आकर्षक फोटो खिच्ने ।
•    उक्त फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै @AtherEnergyNepal लाई Tag गर्ने तथा आफ्ना दुई जना साथीलाई पनि Tag गर्ने ।

यी चार चरण पूरा गरेपछि सहभागी स्वतः लक्की ड्र मा समावेश हुनेछन्, जहाँबाट एक भाग्यशाली विजेताले ब्रान्ड-न्यु Ather स्कुटर जित्नेछन् । तर, Ather को अनुभव यतिमै सीमित रहने छैन । यस वर्षको Ather Stall लाई आगन्तुकहरूले विद्युतीय सवारीको भविष्यलाई नजिकबाट अनुभव गर्न सकून् भन्ने उद्देश्यले विशेष रूपमा तयार गरिएको छ । यहाँ आगन्तुकहरूले Ather का नवीनतम प्रविधि, स्मार्ट फिचरहरू तथा इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटी समाधानहरू प्रत्यक्ष अनुभव गर्न पाउनेछन् ।

साथै, विभिन्न अन्तरक्रियात्मक डेमो र आकर्षक गतिविधिहरूमार्फत Ather किन बजारको अग्रणी विद्युतीय स्कुटर ब्रान्डमध्ये एक हो भन्ने अनुभव पनि लिन सकिनेछ ।

तपाईं विद्युतीय सवारीका पारखी हुनुहोस्, पहिलो पटक EV खरिद गर्ने सोचमा हुनुहोस् वा भविष्यको स्मार्ट मोबिलिटीबारे जान्न उत्सुक हुनुहोस्, Ather Stall ले तपाईंलाई अन्यत्र नभेटिने विशेष अनुभव प्रदान गर्नेछ ।

NAIMA Mobility Expo 2026 आगामी ११ अगस्टदेखि १६ अगस्ट २०२६ सम्म सञ्चालन हुनेछ । यस अवधिमा Hall C, Stall C2 मा रहेको Ather Stall मा अवश्य आउनुहोस्, Ather को जादुई अनुभव महसुस गर्नुहोस्, हाम्रो टोलीसँग भेटघाट गर्नुहोस्, नवीनतम उत्पादनहरू अवलोकन गर्नुहोस् र मेगा गिभअवेमा सहभागी भई नयाँ Ather स्कुटर जित्ने अवसर प्राप्त गर्नुहोस् ।

अपडेट

दुबई विमानस्थलमा एआई र बायोमेट्रिक इमिग्रेसन प्रणाली लागू, केही सेकेन्डमै पूरा हुनेछ जाँच प्रक्रिया

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुको आवागमनलाई थप छिटो, सहज र प्रविधिमैत्री बनाउन कृत्रिम बुद्धि…

होटलको वाइफाइ प्रयोग गर्दै हुनुहुन्छ ? माइक्रोसफ्टले दियो ह्याकिङको चेतावनी

काठमाडौं । सार्वजनिक वाइफाइ प्रयोग गर्ने यात्रुहरूलाई लक्षित गर्दै साइबर आक्रमण बढिरहेको भन्दै माइक्रोसफ्टले विश…

नवप्रवर्तन मन्त्रालयमा के गर्दैछन् मन्त्री महावीर पुन ? यस्ता छन् प्राथमिकता

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनको विकास र व्यावसायीकरणलाई प्राथमिकतामा…

प्रिमियम फेसनदेखि होम डेकोरसम्म, ‘ईयुमा डट कम’ले सुरु गर्दै डिजिटल शपिङ सेवा

काठमाडौं । चीन, हङकङ, जापान तथा दक्षिण कोरियाबाट गुणस्तरीय तथा प्रिमियम लाइफस्टाइल सामाग्री नेपाली उपभोक्ताम…

नेपालको पहिलो एनिमेटेड फिचर चलचित्र 'लस्ट इन मण्डला' विश्व बजार लक्षित गर्दै प्रदर्शनमा आउने

काठमाडौं । हिमालय क्षेत्रको आध्यात्मिक परम्परा, मिथक तथा प्राकृतिक सौन्दर्यबाट प्रेरित एनिमेटेड फ्यान्टेसी–…

याडिया नेपालद्वारा तीन नयाँ विद्युतीय स्कुटर सार्वजनिक गर्ने घोषणा

काठमाडौं । विश्वकै नम्बर १ विद्युतीय दुईपांग्रे सवारी साधन ब्रान्ड याडिया (YADEA) को नेपालका लागि आधिकारिक व…

आईटी क्षेत्रलाई विश्वस्तरमा प्रतिस्पर्धी बनाउन नीतिगत सुधार अपरिहार्य : कांग्रेस सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सूचना प्रविधि (आईटी) क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरण…

यसै वर्ष देशभर गुणस्तरीय फोरजी र फाइभजी सेवा विस्तार हुन्छ : सञ्चारमन्त्री तिमल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमल्सिनाले चालु आर्थिक वर्ष २०८३/८४ लाई नेपालको दूरसञ्चार क्ष…

आन्तरिक राजस्व विभागले ल्यायो बिल अपलोड पोर्टल, दैनिक १ लाख जित्ने अवसर

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्तालाई आफ्नो खरिदको सक्कल…

मोदीका आलोचनात्मक भिडियो धेरै देखाएको आरोपमा फेसबुक इन्डिया प्रमुखविरुद्ध मुद्दा

काठमाडौं । भारतको हैदरावाद प्रहरीले मेटा इन्डियाका प्रमुखविरुद्ध मुद्दा दर्ता गरेको छ । फेसबुकमा प्रधानमन्त्री …

विश्वकै सबैभन्दा ठूलो सुपरकन्डक्टिङ फ्युजन चुम्बक परीक्षणमा चीन सफल, ऊर्जा प्रविधिमा नयाँ कीर्तिमान

काठमाडौं । चीनले आफ्नो आणविक फ्युजन परियोजनामा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । चीनले ५८२ टन तौल भएको वि…

डिजिटल युगमा नेपाली युवा कति तयार ? राष्ट्रव्यापी सर्वेक्षण सुरु

काठमाडौं । युवाहरुमाझ डिजिटल प्रविधिसँग जोडिएका चुनौतीबारे राष्ट्रव्यापी सर्वेक्षण सुरु भएको छ । युवा र प्रवि…

‘खल्ती इन्फ्लुएन्सर अवार्ड्स’को घोषणा

काठमाडौं । नेपालको डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभाहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इ…

साउनदेखि लागू गर्ने भनिएको नयाँ ड्राइभिङ लाइसेन्स प्रणाली प्रभावहीन, सेवाग्राही मर्कामा

काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरणलाई थप डिजिटल र सहज बनाउने उद्देश्यले यातायात व्यव…

उद्योग विभागका अधिकांश सेवा अब अनलाइनबाटै, कार्यालय धाउनुपर्ने झन्झट अन्त्य

काठमाडौं । उद्योग विभागले उद्योग प्रशासनसँग सम्बन्धित अधिकांश सेवा पूर्ण रूपमा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउ…