कीवर्डहरू -

अपडेट

एनसेल फाउन्डेसन र आइकम नेपालको सहकार्यमा अनुसन्धानमूलक जर्नल सङ्ग्रहालय विमोचन

एनसेल फाउण्डेसन, आइकम नेपाल र नारायणहिटी दरबार सङ्ग्रहालयको साझेदारीमा सङ्ग्रहालयको आधारभूत मान्यता, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय अभ्यास र इतिहासका विभिन्न पक्षहरू समेटिएको अनुसन्धानमूलक जर्नल “सङ्ग्रहालय” विमोचन गरिएको छ । 

नारायणहिटी दरबार सङ्ग्रहालयमा आज आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले जर्नलको विमोचन गरे । मन्त्री पाण्डेले नेपालको सङ्ग्रहालयका विभिन्न आयाम उल्लेख गरी भएको जर्नल प्रकाशन उत्कृष्ट प्रयास भएको उल्लेख गर्दै जर्नल प्रकाशनमा एनसेल फाउण्डेसनको सहयोगले संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निजी क्षेत्रको सहभागिताको प्रशंसा गरे । 

मन्त्री पाण्डेले हाल सङ्ग्रहालयहरूको दर्ता, मापदण्ड तथा व्यवस्थापनका सम्बन्धमा सरकारले नीतिगत तहमा काम गरिरहेको जानकारी दिए । उनले नेपालका सङ्ग्रहालय र त्यहाँ राखिएका सामग्रीले नेपालीको गर्व बढाएको बताए ।

“कला र संस्कृति हाम्रा पहिचान हुन्, यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो । संस्कृति र सम्पदाको प्रवर्द्धन गर्न आइकम नेपालसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारीअन्तर्गत यो महत्त्वपूर्ण कार्यक्रम गर्न पाएकामा हामी खुसी छौँ,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् । 

 उनले नेपाली कला र सांस्कृतिक सम्पदाहरूको संरक्षण तथा संवर्द्धन एनसेल फाउण्डेसनको प्राथमिकतामा रहेको उल्लेख गरिन् । त्यस अवसरमा नेपालका लागि युनेस्कोका प्रतिनिधि याको दु तोइले सांस्कृतिक प्रवर्द्धन, सामुदायिक छलफल र शिक्षाका लागि नेपालका सङ्ग्रहालयले भूमिका खेलेको उल्लेख गर्दै सङ्ग्रहालय संस्कृतिको थप विकास गर्नुपर्ने आवश्यकता औँल्याए । 

इन्टरनेशनल काउन्सिल फर म्युजियम (आइकम) नेपालका अध्यक्ष रमेशप्रसाद दवाडीले आइकमले नेपालमा सङ्ग्रहालयको दायरा फराकिलो पार्दै संस्कृति संरक्षणमा काम गर्ने बताए ।

उक्त जर्नल एनसेल फाउण्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय सङ्ग्रहालय परिषद्को नेपाल  शाखा आइकम नेपालले नारायणहिटी दरबार सङ्ग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको एक वर्षे परियोजना “सङ्ग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवर्द्धन” अन्तर्गत प्रकाशन गरिएको हो ।

परियोजनामा सङ्ग्रहालयको महत्वबारे जनचेतना फैलाउने, सङ्ग्रहालयकर्मीलाई तालिम दिने र सङ्ग्रहालय सम्बन्धी स्रोत सामग्री निर्माण तथा प्रसार गर्ने मुख्य क्रियाकलाप कार्यान्वयन गरिएको थियो ।

परियोजनाअन्तर्गत सङ्ग्रहालयको आधारभूत मान्यता र अन्तर्राष्ट्रिय अभ्यासका प्रमुख पक्ष समेटेर एक जानकारीमूलक पुस्तिका तयार पारी देशभरका सङ्ग्रहालय तथा सम्पदासँग सम्बन्धित संस्थालाई वितरण गरिएको छ ।

आइकम नेपालका अध्यक्ष दवाडीले परियोजनामार्फत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक सयभन्दा बढी सङ्ग्रहालयकर्मीलाई सङ्ग्रहालयको आधारभूत मान्यता र अभ्याससम्बन्धी तालिम प्रदान गरिएको जानकारी दिए। 

यो तालिम सङ्ग्रहालय, प्रदेश, स्थानीय र सङ्घीय सरकारका सम्बन्धित निकायसँग समन्वय गरी सञ्चालन गरिएकाले तीन वटै तहका सरकार तथा समुदाय र निजी सङ्ग्रहालयलाई जोडेर सङ्ग्रहालयका आधारभूत विषयमा  छलफल समेत गर्न सहयोग पुर्‍याएको जनाइएको छ । 

यसले गर्दा आगामी दिनमा सङ्ग्रहालयका वृत्त र विषयवस्तुलाई सङ्ग्रहालयकर्मीबिच छलफल गर्ने आधार समेत बनेको त्यस अवसरमा उल्लेख गरियो । तालिममा सङ्ग्रहालय सञ्चालनका अन्तर्राष्ट्रिय मापदण्ड र नेपालको आवश्यकता र सङ्ग्रहालयले गर्न सक्ने र गर्नुपर्ने  विषयमा छलफल गरिएको थियो । 

परियोजनाअन्तर्गत नेपालको पहिलो सङ्ग्रहालय स्थापना भएको समयदेखि हालसम्मको इतिहास र सो अवधिको यात्रा देखाउने श्रव्य–दृश्य वृत्तचित्र  निर्माण पनि सम्पन्न भएको छ ।

वृत्तचित्रले सङ्ग्रहालयको इतिहास र अहिलेको अवस्थालाई समावेश गरेको छ । आइकम नेपालले यो परियोजना नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वय तथा स्थानीय र प्रदेश सरकारहरूको सहकार्यमा कार्यान्वयन गरेको हो । 

यस पहलले दिगो विकासका लक्ष्य, नेपाल सरकारको संस्कृति तथा सङ्ग्रहालयसम्बन्धी राष्ट्रिय नीति र स्थानीय सरकारलाई संविधानले दिएको सङ्ग्रहालय सञ्चालनसम्बन्धी अधिकार प्रवर्द्धनमा टेवा पुर्‍याएको सरोकारवालाहरूको धारणा छ । 

सरकार, निजी क्षेत्र र स्थानीय समुदायबिचको सहकार्यमा सम्पन्न परियोजनाले नेपालमा सङ्ग्रहालय र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । 

कार्यक्रममा सहभागीले यस किसिमका प्रभावकारी परियोजनालाई भविष्यमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । उनीहरूका अनुसार एनसेल फाउण्डेसन र आइकम नेपालबिचको साझेदारीले निजी क्षेत्रका अन्य संस्थालाई पनि सम्पदा संरक्षण र प्रवर्द्धनमा संलग्न हुन प्रेरित गर्नेछ ।

अपडेट

सामसुङ नेपालले स्मार्टफोन मर्मतका लागि सुरू गर्‍यो मनसुन क्याम्प

मनसुनको मौसमसँगै बढ्ने चिस्यान र पानीका कारण मोबाइलको चार्जिङ पोर्टमा हुने क्षतिलाई ध्यानमा राख्दै सामसङ नेपालले मनसुन क्याम्प सञ्चालनमा ल्याएको छ । यो ग्राहक…

प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५ सम्पन्न

काठमाडौंको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा आयोजित ‘प्रेसिडेन्सियल इन्नोभिस्टा-२०२५’ टेक तथा बिजनेस कार्…

गलत उमेर लेख्ने खाताहरूमा कडाइ: युट्युबले एआईदूारा ‘अन्डर–१८’ प्रयोगकर्ता पत्ता लगाउने

युट्युब अब ती बालबालिका र किशोरहरूमा नियन्त्रण कडा गर्न जाने क्रममा छ जो साइन-अप गर्दा आफ्नो उमेर गलत भरेका हुन्छन्। कम्पनीले १३ …

डिशहोम र लेक साइड रिट्रिटबीच विशेष छुटका लागि साझेदारी

डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटीद्वारा सञ्चालित) सँग नयाँ सा…

मेगा मनसुन सर्भिस क्याम्प सुरु, स्पे​​​​​​​यर पार्ट्स, सर्भिस चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशतसम्म छुट

फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस क्याम्प औपचारिक रूपमा सुरु गरेको छ।

डिजिटल नेपाल कन्क्लेभ २०२५ को डिजिटल एजुकेसन पार्टनरमा निमा एजुकेसन फाउन्डेसन

डिजिटल शिक्षाको क्षेत्रमा काम गर्दै आएको संस्था निमा एजुकेसन फाउन्डेसनले डिजिटल नेपाल कन्क्लेभ २०२५ सँग सहकार्य गरेको छ । यससँगै डिजिटल नेपाल कन्क्लेभ २०२५ म…

च्याटजीपीटी ५ : कोडिङ, लेखन र तथ्य-जाँच क्षमतामा सुधार

ओपनएआईले आफ्नो अत्याधुनिक कृत्रिम बुद्धिमत्ता मोडेल च्याटजीपीटी-५ को सार्वजनिक गरेको छ । ओपनएआईका अनुसार, यो मोडेल अघिल्ला संस्क…

द सोल्टी होटल्स एण्ड रिसोर्टमा एससीटी युनियन पे कार्डका ग्राहकहरूलाई छुट

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र नेपालकै प्रथम ५ ता…

दराजको डिल्स हेरेको हेर्‍यै अभियान, ६० प्रतिशतसम्म छुटसँगै निःशुल्क होम डेलिभरी

नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित सेल, डिल्स हेरेको हेर्‍यै घोषणा गरेको छ । साउन २३ गतेदेख…

टिकटकले नेपालमा यौन दुर्व्यवहारसम्बन्धी जनचेतना र सहयोगका लागि सुरु गर्यो ‘सर्च गाइड’

टिकटकले आज नेपालमा नयाँ ‘सर्च गाइड’ सार्वजनिक गरेको छ, जसको उद्देश्य यौन दुर्व्यवहारको जोखिममा परेका वा त्यसबाट प्र…

मेगा मनसुन सर्भिस क्याम्प सुरू हुँदै, फोटोन सवारीहरू हुने निःशुल्क चेकजाँच

फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्न लागेको छ। एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुन…

मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नयाँ मोबाइल एप सार्वजनिक

मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा  बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ अस्पताल मोबाइल एप सार्वजनिक गरेको छ। …

विन्डोज १० प्रयोगकर्ताका लागि माइक्रोसफ्टको एक्स्टेन्डेड सिक्योरिटी अपडेट सुरक्षा प्याच एक वर्ष थप

यदि तपाईं विन्डोज १० प्रयोगकर्ता हुनुहुन्छ भने यो खबर तपाईंका लागि अत्यन्त आवश्यक छ। माइक्रोसफ्टले १४ अक्टोबर २०२५ पछि विन्डोज १० …

भिसाले नेपालमा खोल्यो कार्यालय, थापा नेपाल प्रमुखमा नियुक्त

विश्वकै अग्रणी डिजिटल पेमेन्ट कम्पनी भिसा इंकले नेपालमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ। काठमाडौंमा स्थापित उक्त कार्यालयमार्फत …

मानसिक स्वास्थ्य र प्रयोगकर्ता सन्तुलनका लागि ओपनएआईले च्याटजीपीटीमा थप्यो ब्रेक रिमाइन्डर फिचर

गेमिङ वा सोसल मिडिया एप जस्तै अब मानिसहरूलाई च्याटजीपीटीको लत लाग्न थालेको छ। ओपनएआईका अनुसार, मानिसहरू च्याटजीपीटीमा घण्टौं…