कीवर्डहरू -

अपडेट

स्टार्टअप प्रदर्शनीका लागि आवेदन म्याद थप, युवा उद्यमीलाई अवसर

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले प्रदेशस्तरीय स्टार्टअप व्यवसाय प्रदर्शनीका लागि आवेदन दिने म्याद थप गरेको छ । परिषद्ले यसअघि जारी गरेको सूचनाको म्याद बढाउँदै थप समय उपलब्ध गराएको हो ।

युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको परिषद्ले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार युवाद्वारा सञ्चालित सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागेको हो ।

प्रदर्शनी सुदूरपश्चिम प्रदेशको धनगढी, लुम्बिनी प्रदेशको बुटवल, बागमती प्रदेशको हेटौंडा र कोशी प्रदेशको विराटनगरमा आयोजना गरिनेछ । प्रत्येक प्रदेशबाट १५/१५ वटा सूचना प्रविधि तथा स्टार्टअप व्यवसाय छनोट गरी सहभागी गराइनेछ ।

परिषद्का अनुसार इच्छुक युवा उद्यमीले अब थपिएको म्याद अनुसार २०८३ जेठ १४ गते राति १२ बजेसम्म अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्नेछन् । आवेदन दिन व्यवसाय दर्ता गरी सञ्चालनमा रहेको हुनुपर्नेछ भने उमेर १६ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

छनोट भएका व्यवसायलाई स्टल व्यवस्थापनका लागि प्रति स्टल रु. १० हजार उपलब्ध गराइनेछ । साथै प्रदर्शनीमा उत्कृष्ट हुने व्यवसायलाई प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कारस्वरूप क्रमशः रु. ४० हजार, रु. ३० हजार, रु. २० हजार र दुई जनालाई रु. १०/१० हजार प्रदान गरिनेछ ।

आवेदनका लागि व्यवसाय दर्ता प्रमाणपत्र, नागरिकताको प्रमाणपत्र, पछिल्लो तीन महिनाको बैंक स्टेटमेन्ट, अडिट रिपोर्ट, कर चुक्ता प्रमाणपत्र तथा व्यवसायसम्बन्धी सात मिनेटको भिडियो आवश्यक पर्नेछ । परिषद्ले योग्य युवा उद्यमीलाई अवसरको उपयोग गर्दै नवप्रवर्तनशील व्यवसाय प्रस्तुत गर्न आग्रह गरेको छ ।

null

अपडेट

नेपाल इन्जिनियरिङ कलेज र भायोनेट बीच एमओयू

काठमाडौं । भक्तपुर चाँगुनारायण स्थित नेपाल इन्जिनियरिङ कलेज र भायोनेट कम्युनिकेशन लिमिटेड बीच दुरसञ्चार, आइ…

गूगलले ल्यायो जेमिनी स्पार्क, वर्कफ्लो डिजाइन र अटोमेसनका लागि नयाँ एआई एजेन्ट

काठमाडौं । गूगलले क्यालिफोर्नियाको शोरलाइन एम्फिथिएटरमा आयोजना गरेको गूगल आइ/ओ २०२६ डेभलपर सम्मेलनमा …

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको प्राथमिकता : अनुसन्धान, स्टार्टअप र स्वदेशमै अवसर सिर्जना

काठमाडौं । नेपाल सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठनसँगै यसको कार्यक्षेत्र, दीर्घकालीन लक्ष्य र …

प्रहरी सेवामा डिजिटल पहुँच विस्तार : अब अनलाइनबाटै उजुरी र गुनासो दर्ता गर्न सकिने

काठमाडौं । नेपाल प्रहरीले सेवाग्राहीले आफ्ना गुनासो तथा उजुरीहरू अब अनलाइन माध्यमबाटै दर्ता गर्न सक्ने व्यवस्था…

सामाजिक सञ्जाल र एआई प्रयोगमा नयाँ मापदण्ड, श्रम मन्त्रालयको नयाँ आचारसंहिता लागू

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले आफ्ना कर्मचारीहरूको कार्यशैलीलाई थप अनुशासित, मर्यादित र जिम्मेवा…

प्रस्तावित प्रधानन्यायाधीशको नयाँ योजना : अदालतमा एआई प्रयोगदेखि लाइभ सुनुवाइसम्म

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइ समितिमा न्यायपालिकालाई प्रविधिमैत्र…

एक्सले लगायो कडा एक्शन लिमिट : अब कति पोस्ट, डीएम र फलो गर्न पाइन्छ ?

काठमाडौं । एक्सले आफ्ना प्रयोगकर्ताहरूका लागि केही कडा नियम र एक्शन लिमिटहरू तय गरिदिएको छ । अब तपाईंल…

इंस्टाग्रामको नयाँ इन्स्टेन्ट फिचर के हो र यसलाई कसरी बन्द गर्ने ?

काठमाडौं । इंस्टाग्रामको नयाँ इन्स्टेन्ट फिचरले प्रयोगकर्तालाई तुरुन्तै फोटो खिचेर आफ्ना साथीहरू वा क्लोज फ्…

अनुसन्धान, उद्योग र नवप्रवर्तनमा लगानी बढाउन सांसद पुनको आग्रह

काठमाडौं । प्रतिनिधि सभा सदस्य महावीर पुनले मुलुकको औद्योगिक विकास र आर्थिक समृद्धिका लागि अनुसन्धान तथा नवप्…

युट्युबको नयाँ टुल : एआई-डीपफेक र पहिचान चोरीबाट अब सबै प्रयोगकर्ता सुरक्षित हुने

काठमाडौं । इन्टरनेटमा फैलिँदै गएको फेक भिडियो र डीपफेकको जाल तोड्न युट्युबले आफ्नो लाइकनेस डिटेक्शन प्र…

विदेशबाट पैसा पठाउँदा अब सामाजिक सहयोग पनि : हाम्रो पात्रो रेमिट विद्यार्थीको शिक्षामा सहयोगी बन्ने

काठमाडौं । डिजिटल सेवामार्फत विश्वभरका नेपालीहरूलाई जोड्दै आएको नेपालको सर्वाधिक लोकप्रिय प्लेटफर्म हाम्रो पात्…

इनड्राइभ बन्यो विश्वको दोस्रो सबैभन्दा बढी डाउनलोड हुने राइड-हेलिङ एप

काठमाडौं । ४८ देशहरूमा सञ्चालन भइरहेको ग्लोबल मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभ फेरि एक पटक विश्वको दोस्र…

स्मार्ट युगको नयाँ खतरा : तपाईंको हरेक गतिविधिमाथि कसरी बढ्दैछ डिजिटल निगरानी ?

काठमाडौं । हाम्रो जीवन पहिलेभन्दा धेरै स्मार्ट र ‘कनेक्टेड’ भएको छ । मनोरञ्जन, सुविधा र साम…

अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेवा डटकम’ सञ्चालनमा

काठमाडौं । नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको फुल-फ्लेज्ड अनलाइन भिसा सेवा प्लेटफर्म ‘ग्लोबल भिसा सेव…

गूगलले जीमेलको फ्री स्टोरेज घटाउने परीक्षण गर्दै, नयाँ प्रयोगकर्तालाई ५ जीबीसम्म सीमित गर्ने संकेत

काठमाडौं । गूगल अहिले व्यक्तिगत जीमेल अकाउन्टहरूका लागि राम्रो–खासो मात्रामा निःशुल्क स्टोरेज उपलब्…