अपडेट
एडोबीले आईफोनमा ल्यायो प्रिमियर एप, क्यापकट र एडिट्ससँग प्रतिस्पर्धा
डेस्कटपमा सबैभन्दा धेरै प्रयोग हुने भिडियो सम्पादन सफ्टवेयरमध्ये एक एडोबी प्रिमियर अब आईफोनमा पनि उपलब्ध भएको छ।
लामो समयसम्म मोबाइल प्रयोगकर्ताहरूले पूर्ण प्रिमियर एप पाउन सकेका थिएनन्, तर अब एप्पलको आईओएस प्रयोगकर्ताका लागि नयाँ एप ल्याइएको छ।
एडोबीले मंगलबार ब्लगमार्फत जानकारी दिँदै प्रयोगकर्ताले अब मोबाइलमा सम्पादन सुरु गरेर डेस्कटपमा गएर अझ परिष्कृत सम्पादन गर्न सक्ने सुविधा पाउने बताएको छ ।
कम्पनीले यस कदमलाई टिकटकको क्यापकट, इन्स्टाग्रामको एडिट्स जस्ता सजिलो तर शक्तिशाली मोबाइल एपसँग प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकताको रूपमा देखेको छ।
नयाँ प्रिमियर एपले के गर्न सक्छ ?
नयाँ आईओएस प्रिमियर एपमा प्रयोगकर्ताले फोरके एचडीआर सम्पादन, एनिमेटेड क्याप्सन, मोशन इफेक्ट्स र तत्काल ब्याकग्राउण्ड रिमुभल जस्ता सुविधा पाउनेछन्। साथै एपमा स्टिकर, इमेज, एडोबी फन्ट र रोयल्टी-फ्री संगीत जस्ता निःशुल्क क्रिएटिभ सामग्री पनि प्रयोग गर्न सकिन्छ।
सम्पादन गरिएका भिडियोहरूलाई प्रयोगकर्ताले प्रत्यक्ष टिकटक, युट्युब शर्ट्स, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा पठाउन सक्नेछन्। प्लेटफर्मअनुसार भिडियोको साइज मिलाउने र मुख्य एक्शन फ्रेममै राख्ने सुविधा पनि रहनेछ।
एपमा एआई-आधारित इन्ह्यान्स स्पीच फिचरमार्फत भ्वाइसओभर अझ स्पष्ट बनाउन सकिन्छ। त्यस्तै, जेनेरेटिभ साउन्ड इफेक्टले भिडियोमा ठीक समयमा मिल्ने ध्वनि प्रभाव थप्ने सुविधा दिनेछ।
एपमा एडोबी फायरफ्लाई पनि एकीकृत गरिएको छ, जसको सहायताले प्रयोगकर्ताले स्टिकर, इमेज, भिडियो र अन्य सामग्री सुरक्षित रूपमा जनरेटिव एआईमार्फत बनाउन सक्नेछन्।
नयाँ एप निःशुल्क र विज्ञापनविहीन रूपमा उपलब्ध छ। तर एआई-सम्बन्धी कामका लागि प्रयोगकर्ताले अतिरिक्त जेनेरेटिभ क्रेडिट र स्टोरेज किन्नुपर्नेछ।
प्रिमियर एप अहिले आईफोन, आईप्याड (आईओएस १७ वा आईप्याड ओएस १७ वा माथिको संस्करणमा) र एप्पल भिजन प्रो (भिजनओएस १.० वा माथि) मा उपलब्ध छ।
कम्पनीको प्रिमियर एप एन्ड्रोइड संस्करणमा पनि विकास गरिरहेको छ । तर कहिले सार्वजनिक हुन्छ त्यो भने खुलाइएको छैन् ।
अपडेट
एम फाइभ म्याकबुक उत्पादन गर्ने तयारीमा एप्पल
एप्पलको नयाँ सिलिकन चिप चाँडै उत्पादन लाइनमा प्रवेश गर्न लागेको छ भन्ने समाचार ब्लूमबर्गका मार्क गूर्मनले दिएका छन्। आफ्नो पछिल्लो …
एन्थ्रोपिकले नयाँ एआई मोडल सोनेट ४.५ सार्वजनिक, अहिलेसम्मकै उत्कृष्ट कोडिङ्ग मोडल दाबी
एआई कम्पनी एन्थ्रोपिकले नयाँ मोडल सोनेट ४.५ (Sonnet 4.5) सार्वजनिक गरेको छ । कम्पनीले यसलाई विश्वकै उत्कृष्ट कोडिङ्ग मोडल दाबी ग…
भाटभटेनीमा नेपालपे क्यूआरबाट भुक्तानी गर्दा टीभीएस स्कुटरदेखि टाटा पञ्च ईभीसम्म जित्न सकिने
भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक तथा नेपालपे क्युआरको सहकार्यमा नेपालीहरुको महान पर्वको अवसरमा “डिजिटल दशैं&r…
स्मार्ट क्यूआरबाट पैसा तिर्दा बिगमार्टमा १० प्रतिशत छुट
स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालमा १२० बढी शाखा रहेको सुपरमार्केट बिगमार्ट प्रा. लि. ले यसपालि दशैंको उपलक्ष्…
काठमाण्डौ महानगरपालिकाले सीपमूलक तथा व्यवसायिक तालिम दिदै, यसरी दिनुहोस् अनलाइन आवेदन
काठमाण्डौ महानगरपालिकाले विभिन्न सीपमूलक तथा व्यवसायिक तालिममा सहभागी हुन चाहने महानगरवासीलाई आवेदन खुला गरेको छ।
<…स्न्यापच्याटमा मेमोरिजका लागि अब ५ जीबी स्टोरेज मात्रै निःशुल्क पाइने, थप चाहिएमा पैसा तिर्नुपर्ने
सामाजिक सञ्जाल कम्पनी स्न्यापले आफ्नो स्न्यापच्याट मेमोरिज फिचरमा नयाँ भण्डारण सीमा तोकेको छ।
ओप्पोको ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना
ओप्पो नेपालले यस वर्षको बडादशैंलाई विशेष बनाउन ‘दशैंको बहार, ओप्पो फाइन्ड एन फाइभ उपहार’ योजना सार्वजनिक गरेको छ…
युट्युबले सुरु गर्यो ‘युट्युब ल्याब्स’, एआई होस्ट परीक्षणमा
युट्युबले आफ्ना प्रयोगात्मक एआई उपकरण परीक्षणका लागि नयाँ प्लेटफर्म ‘युट्युब ल्यास’ सुरु गरेको घोषणा गरेको छ। यसलाई …
टिकटक बनाउने क्रममा एक जना कालीगण्डकीमा बेपत्ता
बेनी नगरपालिका-८ कालीपुलमा टिकटक बनाउने क्रममा कालीगण्डकी नदीमा खस्दा एक जना बेपत्ता भएका छन्।
कामना सेवा विकास बैंकद्वारा मेची आँखा अस्पताललाई पानी प्युरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताललाई २…
नेपाली रेष्टुराँ उद्योगलाई लक्षित गर्दै नयाँ सफ्टवेयर ‘मबिल’ सार्वजनिक
नेपाली रेष्टुराँ उद्योगलाई लक्षित गर्दै रेष्टुरेन्ट बिलिङ म्यानेजमेन्ट सिस्टम ‘मबिल’ (maBill) सार्वजनिक भएको छ। नेपाल…
नेपालको आफ्नै सामाजिक सञ्जाल ‘ग्लोबल डायरी’ सार्वजनिक, के के छन् सुविधा ?
नेपाललाई डिजिटल रूपमा जोड्नु हो व्यक्तिहरूदेखि व्यवसायसम्म–नवप्रवर्तन, सहकार्य र विश्वस्तरीय प्रतिस्पर्धात्मकता बढाउने उद्देश्यले…
नागरिक एपको सहायता केन्द्र अस्थायी रूपमा बन्द, यस्तो छ ड्राइभिङ लाइसेन्स सम्बन्धि सेवा हट्नुको कारण
नागरिक एपको सहायता केन्द्र तत्काललाई स्थगित भएको छ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते सिंहदरवारस्थित नागरिक एप सहायता केन्द्रमा…
अर्थ मन्त्रालयमा अब टिप्पणीहरू डिजिटल माध्यमबाट स्वीकृति हुने
अर्थ मन्त्रालयले शुक्रबारदेखि सबै टिप्पणी डिजिटल माध्यममार्फत स्वीकृति दिन सुरू गरेको छ ।
काठमाडौं महानगरले माग्यो डेभलपरदेखि सिस्टम एनालिष्ट सिस्टम, कसरी दिने आवेदन ?
काठमाडौँ महानगरपालिकाले सफ्टवेयर डेभलपमेन्ट तथा सञ्चालन केन्द्र (SDOC) का लागि सेवा करारमार्फत प्राविधिक जनशक्ति भर्ना गर्ने भएको…