अपडेट
सामाजिक सञ्जाल दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ : आईजीपी कार्की
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपालमा धेरै सामाजिक सञ्जाल प्लेटफर्महरू औपचारिक रूपमा दर्ता नभएकाले साइबर अपराध अनुसन्धानमा ढिलाइ हुने गरेको बताएका छन् । बिहिबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले नेपालमा प्रयोग भइरहेका सामाजिक सञ्जाल कम्पनीहरू अधिकांश विदेशमा आधारित भएकाले आवश्यक विवरण प्राप्त गर्न कठिनाइ भइरहेको बताए ।
उनका अनुसार विशेष गरी माइनर हराएको वा आत्महत्या सम्बन्धी घटनामा २४ घण्टाभित्र सूचना प्राप्त हुने भएपनि अन्य साइबर अपराधका घटनामा भने एक हप्तासम्म समय लाग्ने अवस्था रहेको छ । “सामाजिक सञ्जालका प्लेटफर्म नेपालमा दर्ता नभएकाले अनुसन्धान प्रक्रिया ढिलो हुन्छ,” उनले भने, “हामीले कानुनी व्यवस्था पर्याप्त रूपमा बनाउन नसक्दा आवश्यक डाटा तुरुन्त प्राप्त गर्न सकिरहेका छैनौं ।”
महानिरीक्षक कार्कीले नेपालमा आफ्नै नेटवर्क नभएको र अन्तर्राष्ट्रिय प्लेटफर्मसँग प्रत्यक्ष पहुँच नहुँदा अनुसन्धान व्यक्तिगत सम्पर्क र समन्वयमा भर पर्नु परेको पनि बताए । उनका अनुसार फेसबुक, इन्स्टाग्राम जस्ता प्लेटफर्मबाट विवरण लिन कठिनाइ हुने गरेको छ । उनले साइबर अपराधका घटनाहरू पछिल्लो समय तीव्र रूपमा बढेको पनि जानकारी दिए । विशेष गरी महिला र युवा वर्ग बढी प्रभावित भइरहेको उनको भनाइ छ ।
प्रहरीका तथ्यांक अनुसार हालसम्म ४ हजारभन्दा बढी फेक सामाजिक सञ्जाल अकाउन्टमार्फत घृणा फैलाउने उजुरी दर्ता भएका छन् । त्यस्तै, ३ हजारभन्दा बढी बुलिङ र ह्यारेसमेन्ट सम्बन्धी घटना र १० हजारभन्दा बढी वित्तीय साइबर अपराधका उजुरी प्राप्त भएका छन् । अनलाइन ठगी, अकाउन्ट ह्याकिङ, धम्की र यौनजन्य हिंसा सम्बन्धी घटनाहरू पनि बढ्दो क्रममा रहेको उनले बताए ।
नेपालमा हालसम्म टिकटक, भाइबर, निम्बज, वीटक र कपोकोलाइभ जस्ता केही प्लेटफर्म मात्र आधिकारिक रूपमा दर्ता भएका छन् । तर मेटा अन्तर्गतका फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपसहित धेरै ठूला प्लेटफर्म नेपालमा दर्ता भएका छैनन् । यसैगरी, डिस्कर्ड, एक्स, स्न्यापच्याट, इमो, वीच्याट, रेडिट, युट्युब र जिमेल जस्ता प्लेटफर्मबाट प्रयोगकर्ता विवरण वा सामाग्री हटाउने (टेकडाउन) सम्बन्धी प्रतिक्रिया प्राप्त गर्न कठिनाइ भइरहेको पनि उनले बताए ।
अपडेट
अब अफिसमा मान्छे होइन, एआई : के मेटाले संसार नै बदल्दैछ ?
काठमाडौं । सोशल मीडिया दिग्गज फेसबुक, इंस्टाग्राम र ह्वाट्सएपको पेरेन्ट कम्पनी ‘मेटा’, आर्टिफिशियल…
फेक रोग ‘बिक्सोनिमेनिया’ले खोल्यो एआईको कमजोरी : च्याटजीपीटी र जेमिनी पनि भए भ्रमित
काठमाडौं । धेरैजसोको एआईले कहिल्यै गल्ती गर्दैनन् भन्ने आमबुझाई रहेको छ । तर सन् २०२४ मा वैज्ञ…
युट्युब प्रयोगकर्ताका लागि राहत : नहेरेका च्यानलका नोटिफिकेशन म्युट हुने
काठमाडौं । युट्युबले प्रयोगकर्ताको अनुभव सुधार गर्न नहेर्ने च्यानलबाट आउने नोटिफिकेशन स्वतः म्यूट गर्ने नयाँ व्य…
टेकपाइलामा नयाँ नेतृत्व : चिरञ्जीवी अधिकारी एसोसिएट डाइरेक्टरमा नियुक्त
काठमाडौं । नेपालको सूचना प्रविधि तथा साइबर सुरक्षा क्षेत्रमा लामो अनुभव भएका विज्ञ चिरञ्जीवी अधिकारीलाई टेकप…
व्हाट्सएप ग्रुपमा नयाँ परिवर्तन : मेसेज हिस्ट्री सेयर गर्न सकिने
काठमाडौं । WhatsApp ले यस वर्ष फेब्रुअरी २० मा ग्रुप च्याटका लागि “मेसेज हिस्ट्री” नामक नयाँ सुव…
एप्पलले गर्यो नेतृत्व परिवर्तन, जोन टर्नस नयाँ सीईओ नियुक्त
काठमाडौं । एप्पल इंकले आफ्नो नेतृत्वमा परिवर्तन गर्दै जोन टर्नसलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त …
इनड्राइभको नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर’ क्याम्पेन
काठमाडौं । डेलिभरी प्लेटफर्म इनड्राइभले नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर!’ क्याम्पेन …
डिजिटल फिनटेकमा फड्को : अन्तर्राष्ट्रिय भुक्तानी अब सिधै खल्ती वालेटमा
काठमाडौं । खल्ती बाइ आईएमईले आइएमई लिमिटेड र स्ट्राइपसँग साझेदारी गर्दै नेपालमा बसेर विदेशका सेवा व्यवसायमा…
सरकारी वेबसाइटमा पहुँचमैत्री सुविधा लागू, अपांगता भएका प्रयोगकर्तालाई सहज पहुँच
काठमाडौं । सूचना प्रविधि विभागले सरकारी वेबसाइटहरूलाई अझ सहज, पहुँचयोग्य र प्रयोगमैत्री बनाउने उद्देश्य…
नि:शुल्क उद्यमशीलता तालिममा आवेदन खुला, कसरी सहभागी हुने ?
काठमाडौं । उद्यमशीलतामा रुचि राख्ने व्यक्तिहरूका लागि औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले नि:शुल्क तालिम कार्यक्र…
मोबाइल चलाइरहेका बेला चट्याङ लाग्दा २६ वर्षीय युवकको निधन
गोरखा । गोरखामा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । आइतबार साँझ सहिद लखन गाउँपालिका ५ तोरेनस्थित पोखरीड…
एनसेलको ‘पहिलो सिम’मा एसईई विद्यार्थीका लागि नि:शुल्क लर्निङ, गेमिङ र डेटा सुविधा
काठमाडौं । एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीहरूका लागि आफ्नो विशेष अफर ‘पहिलो सि…
बेइजिङ ह्युमनोइड रोबोट हाफ म्याराथनमा अनरको ‘लाइटनिङ’ले बनायो इतिहास
काठमाडाैं । आइतबार आयोजना गरिएको बेइजिङ ई-टाउन ह्युमनोइड रोबोट हाफ म्याराथनले प्रविधिको दुनियाँ…
सनत कुमार पौडेल एफवान सफ्ट इन्टरनेसनलको सीईओमा नियुक्त
काठमाडौं । सनत कुमार पौडेल एफवानसफ्ट इन्टरनेसनलको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त भएका छन् । एफवान…
आईसीटी फाउन्डेसनद्वारा ५०+ स्टार्टअपलाई इन्क्युबेसन, हाइब्रिड मोडलमार्फत मेन्टरशिपदेखि इन्भेस्टमेन्टसम्मको सहयोग
काठमाडौं । औद्योगिक उद्यम विकास संस्थान (आईईडीआई), नेपाल सरकारद्वारा आईसीटी फाउन्डेसन नेपाल (आईएफएन) ल…