अपडेट
नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपालको भौगोलिक अवस्थालाई अवसरमा रूपान्तरण गर्दै नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ का रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
न्युयोर्कमा एसिया सोसाइटीले आयोजना गरेको ‘स्टिरिङ नेपाल्स फ्युचर इन एसियाज राइजिङ सेन्चुरी’ अर्थात् ‘एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन’ विषयक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खनालले नेपालको भौगोलिक अवस्थालाई चुनौतीका रूपमा मात्र हेर्न नहुने बताए ।
नेपाललाई परम्परागत रूपमा ‘सानो मुलुक’ का रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उनले नेपाल रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको बताए । परराष्ट्रमन्त्रीको निजी सचिवालयका अनुसार उनले नेपाललाई भूगोल र जनसङ्ख्याका आधारमा मात्र मूल्याङ्कन गर्न नहुने धारणा राखेका थिए ।
‘नेपाल सानो होइन । नेपाल रणनीतिक रूपमा सही स्थानमा छ,’ उनले भने, ‘हाम्रा छिमेकीको आकार भूगोलको यथार्थ हो, तर त्यो हाम्रो महत्त्वाकांक्षाको सीमा कहिल्यै बन्नु हुँदैन ।’
हालैको बाढीको प्रसङ्ग उल्लेख गर्दै मन्त्री खनालले नेपालले प्राकृतिक विपत्ति, कठिन भूगोल र संरचनात्मक चुनौती लामो समयदेखि सामना गर्दै आएको बताए । उनले पछिल्लो विपत्तिलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिँदै जलवायु परिवर्तनलाई नेपालको परराष्ट्र नीतिको रणनीतिक प्राथमिकताका रूपमा लिनुपर्ने आवश्यकता औँल्याए ।
उनका अनुसार प्रभावकारी पूर्वसूचना प्रणाली, जलसम्बन्धी तथ्याङ्क आदानप्रदान, पूर्वानुमानयोग्य अनुदानमा आधारित जलवायु वित्त तथा छिमेकी र अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक सहकार्यलाई प्राथमिकता दिन आवश्यक छ ।
मन्त्री खनालले एसियाको उदय नेपालका लागि महत्वपूर्ण अवसर भएको बताए । विश्वको करिब ६० प्रतिशत जनसङ्ख्या एसियामा रहेको र विश्व अर्थतन्त्रमा एसियाको ठूलो योगदान रहेको उल्लेख गर्दै उनले काठमाडौंलाई एसियाको आर्थिक तथा सामाजिक रूपान्तरणको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने बताए ।
‘हाम्रो प्रश्न अब दुई ठूला छिमेकीबीच नेपाल कसरी बाँच्ने भन्ने होइन । हाम्रो प्रश्न हो- नेपालले उनीहरूबीच र उनीहरूभन्दा बाहिर कसरी मूल्य सिर्जना गर्ने ?’ उनले भने ।
गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा अरनिको र भृकुटीजस्ता राष्ट्रिय विभूतिका कारण नेपाल एसियाली सभ्यता र संस्कृतिको महत्वपूर्ण सम्पर्कस्थल रहेको उनको भनाइ थियो । ‘हाम्रा पुर्खाले एउटा स्पष्ट सत्य बुझेका थिए- सम्पर्कले समृद्धि सिर्जना गर्छ, अलगावले गरिबी बढाउँछ,’ मन्त्री खनालले भने ।
नेपालको जलविद्युत् उत्पादन क्षमतालाई क्षेत्रीय आर्थिक रूपान्तरणसँग जोड्न सकिने उल्लेख गर्दै उनले नेपालबाट उत्पादित स्वच्छ विद्युत् भारत हुँदै बङ्गलादेशसम्म निर्यात भइरहेको बताए । सीमावर्ती विशेष आर्थिक क्षेत्रमा उत्पादन विस्तार गरी विश्वव्यापी आपूर्ति शृङ्खलालाई नेपालसँग जोड्न सकिने सम्भावना समेत उनले औँल्याए ।
उत्तर छिमेकी चीनसँगको सहकार्यलाई व्यावहारिक, व्यावसायिक र दीर्घकालीन आधारमा अघि बढाउनुपर्ने बताउँदै मन्त्री खनालले सडक, सुरुङ, सुख्खा बन्दरगाह, हवाई सेवा, डिजिटल सम्पर्क र सीमापार रेलसहितको बहुआयामिक ट्रान्स–हिमालयन कनेक्टिभिटी विकासमा जोड दिए ।
नेपालको भविष्य नेपाली जनताले नै निर्धारण गर्ने भएपनि त्यसका लागि अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको उनले बताए । अमेरिका, युरोप, आसियान, ल्याटिन अमेरिका तथा अन्य साझेदारलाई नेपालमा लगानी, सहकार्य र साझेदारीका लागि स्वागत गर्न नेपाल तयार रहेको उनको भनाइ थियो ।
अपडेट
सामसङ नेपालको दसैं-तिहार अफर, दैनिक र साप्ताहिक उपहार जित्ने मौका
काठमाडौं । सामसङ नेपालले दसैं–तिहारको अवसरमा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सरप्राइज चाडमा’…
अस्ट्रेलियाको सरकारी पोर्टलमा एआईको अनधिकृत पहुँच, छानबिन सुरु
काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईको एक एआई एजेन्टले सरकारी स्वास्थ्यसम्बन्धी पोर्टलमा…
शिक्षकलाई एआईसँग जोड्दै AI4PEN, पृथ्वीनारायण विद्यालयमा तालिम सुरु
काठमाडौं । सार्वजनिक विद्यालय शिक्षामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले सुरु गरिए…
एआईमा अमेरिका–चीनबीचको प्रतिस्पर्धा : अगाडि को ?
काठमाडौं । ‘जसले एआई जित्छ, उसले जित्छ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एआईसम्बन्धी महत्त्…
चार सय उद्यमी सहभागी हुने एआई र युवा उद्यमशीलता सम्मेलन हुँदै
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई) को सहकार्यमा …
सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण
काठमाडौं । नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड आईएसओरआईईसी २७००…
ब्रान्डसँग क्रिएटर जोड्ने एआई प्लेटफर्म ‘इनमार्क’ सञ्चालनमा
काठमाडौं । कन्टेन्ट क्रिएटर र व्यावसायिक ब्रान्डबीच सहकार्य सहज बनाउने उद्देश्यले एआईमा आधारित डिजिटल प्लेटफर्म &…
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच सम्झौता, विद्युतीय सवारी खरिदमा ८० प्रतिशतसम्म कर्जा
काठमाडौं । हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच कमर्सियल तथा विद्युतीय सवारी साधन खरिदका लागि ८…
भुक्तानी प्रणालीलाई प्रविधिमैत्री बनाउन कानुन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले
काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वित्तीय प्रविधिमा भइरहेको तीव्र विकासलाई स…
सन्तोष श्रेष्ठ विज्ञापन बोर्डको अध्यक्ष नियुक्त
काठमाडौं । नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष सन्तोष श्रेष्ठ विज्ञापन बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । मन्त्रिपरिष…
सिंगापुर प्रहरीको सूचनापछि मेटाले हटायो ३७ लाखभन्दा बढी ठगीसम्बन्धी अकाउन्ट
काठमाडौं । सामाजिक सञ्जालमार्फत हुने ठगी नियन्त्रणका लागि सिंगापुर प्रहरीसँगको सहकार्यमा मेटाले यस वर्ष अहिले…
इन्टरनेट सेवा प्रदायकको रिट खारेज, टीएससी असुलीको बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले प्रमुख इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूले कर निर्धारणविरुद्ध दायर गरेको रि…
एआईको जोखिम नियन्त्रण गर्न विश्वव्यापी निगरानी संयन्त्र आवश्यक : गुटेरेस
काठमाडौं । तीव्र गतिमा विकसित भइरहेका उन्नत कृत्रिम बुद्धिमत्ता (फ्रन्टियर एआई) प्रणालीलाई सुरक्षित र मानव नियन्…
नेपाललाई चीनले हस्तान्तरण गर्यो एआईमा आधारित मौसम पूर्वसूचना प्रणाली ‘माजु’
काठमाडौं । चीनले नेपालको मौसम पूर्वानुमान तथा विपद् पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन कृत्रिम बुद्धिम…
उद्योग दर्ता र नवीकरण अब अनलाइनबाटै, बागमतीका सबै जिल्लामा सेवा विस्तार
काठमाडौं । बागमती प्रदेशअन्तर्गतका उद्योग, वाणिज्य तथा पर्यटन कार्यालयबाट प्रदान हुँदै आएको उद्योगसम्बन्धी सेवा अ…