अपडेट
सुपर एप रणनीतिमा पठाओको नयाँ कदम, एपभित्रै सुरु भयो ‘ब्युटी मेला’
काठमाडौं । पठाओ नेपालले आफ्नो मोबाइल एपमा रहेको पठाओ बजार सेवामार्फत सौन्दर्य, कस्मेटिक्स तथा व्यक्तिगत हेरचाह सामाग्रीमा आकर्षक छुटसहित ‘ब्युटी मेला’ सुरु गरेको छ ।
कम्पनीका अनुसार यो मेला जुन १६ देखि २१ दिनसम्म सञ्चालन हुनेछ । मेला अवधिभर ग्राहकहरूले पठाओ बजार मार्फत सौन्दर्य सामाग्री, स्किनकेयर, मेकअप तथा व्यक्तिगत हेरचाहसम्बन्धी विभिन्न उत्पादनमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
पठाओ बजारमा उपलब्ध विभिन्न ब्रान्डका उत्पादनहरूमा फरक–फरक छुट तथा विशेष अफर उपलब्ध हुने कम्पनीले जनाएको छ । ‘ब्युटी मेला’ अभियानमार्फत ग्राहकहरूले दैनिक प्रयोगमा आउने व्यक्तिगत हेरचाहका सामग्रीदेखि सौन्दर्य प्रसाधनका अत्यावश्यक उत्पादनहरू सहज रूपमा अर्डर गर्न सक्नेछन् ।
कम्पनीका अनुसार इन्स्ट्यान्ट डेलिभरी सेवा पठाओ बजारको प्रमुख आकर्षणमध्ये एक हो । यस सेवामार्फत ग्राहकहरूले आफूलाई आवश्यक सौन्दर्य तथा व्यक्तिगत हेरचाहका सामाग्री छिटो, सहज र भरपर्दो रूपमा घरमै प्राप्त गर्न सक्नेछन् ।
पठाओ नेपालले आफ्नो बजार सेवामार्फत दैनिक आवश्यक उपभोग्य सामग्री, सौन्दर्य सामग्री तथा व्यक्तिगत हेरचाहका उत्पादनहरू ग्राहकसम्म छिटो र सहज रूपमा पुर्याउने उद्देश्य राखेको जनाएको छ ।
कम्पनीका अनुसार ‘ब्युटी मेला’ले ग्राहकलाई सुविधाजनक किनमेलको अनुभव प्रदान गर्नुका साथै विभिन्न ब्रान्डका उत्पादनहरूमा आकर्षक छुटको अवसर उपलब्ध गराउनेछ ।
साथै, आगामी दिनमा पनि पठाओ बजार मार्फत यस्तै अभियान सञ्चालन गर्दै ग्राहकलाई थप मूल्य, सुविधा तथा आकर्षक अफर उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ ।
अपडेट
एनसेलको नाम दुरुपयोग गर्दै ‘नगद पुरस्कार’ भन्दै भ्रामक प्रचार, सावधान रहन आग्रह
काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो नाम र लोगोको दुरुपयोग गरी सामाजिक सञ्जालमा फैलाइँदै आएका भ्रामक …
फिफा विश्वकप २०२६ : डिशहोममार्फत मोबाइल र टेलिभिजनमा प्रत्यक्ष प्रसारण हेर्न सकिने
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो महोत्सव फिफा विश्वकप २०२६ रोमाञ्चक प्रतिस्पर्धासहित जारी छ । समूह चरणका…
मिस्टर बिस्टको ऐतिहासिक रेकर्ड, बने युट्युबमा ५० करोड सब्सक्राइबर पुग्ने पहिलो क्रिएटर
काठमाडौं । मिस्टर बिस्ट (Mr. Beast) नामले चर्चित जिमी डोनाल्डसनले युट्युबमा यस्तो रेकर्ड बनाएक…
मन्त्री पुनको प्रस्ताव- 'भविष्यमा निजी क्षेत्रलाई पनि विधि विज्ञान प्रयोगशाला सञ्चालनको बाटो खोलौँ'
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले भविष्यमा निजी क्षेत्रलाई पनि विधि विज्ञान प्रयोगशा…
आईओएस २७ मा परिवर्तनको तयारी, नयाँ वाच फेसदेखि एआई सिरीसम्म आउँदैछ नयाँ फिचर
काठमाडौं । एप्पलले आगामी आईओएस २७ मा तीनवटा महत्वपूर्ण नयाँ फिचर थप्ने तयारी गरेको छ । रिपोर्टअनुसार, नयाँ …
नेपालमा फोहोर व्यवस्थापन अब डिजिटल बन्दै, लुम्बिनी टेक र अपकोड नेपालबीच रणनीतिक साझेदारी
काठमाडौं । नेपालमा दिगो डिजिटल इकोसिस्टम निर्माण गर्ने उद्देश्यसहित लुम्बिनी टेक इनोभेसन सेन्टर र अपकोड नेपाल…
सिराहा प्रकरणपछि टेक जगतको प्रश्न : जफत गरिएका मोबाइलको डेटा कसरी सुरक्षित गर्ने ?
काठमाडौं । सिराहामा परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरि…
डिजिटल सुरक्षामा सतर्क रहन टेलिकमको आग्रह, ओटीपी र पासवर्ड कसैलाई नदिन सुझाव
काठमाडौं । नेपाल टेलिकमको एसएमएस सेवाको दुरुपयोग गरी कनेक्ट आइपिएस् लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी…
इभेन्ट टिकटिङ अब डिजिटल : बि एण्ड बि टेक ग्रुपको ‘तिम्रो टिकट’ एप लन्च
काठमाडौं । बि एण्ड बि टेक ग्रुपले ‘तिम्रो टिकट’ नामक नयाँ ई–टिकेटिङ मोबाइल एप सार्वजनिक …
बारा जिल्ला अदालतमा प्रधानन्यायाधीशको निरीक्षण, सेवा सुधार र डिजिटल न्याय प्रणालीमा जोड
बारा । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक सेवा छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन बारा जिल्ला अदा…
मोहन डाँगी इप्पानको अध्यक्षमा चयन, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था अन्त्य
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४ औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनले म…
एआईको बढ्दो विस्तार प्रति सियाटल सतर्क, नयाँ डाटा सेन्टर निर्माणमा एक वर्ष रोक
काठमाडौं । कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको तीव्र विस्तारसँगै बढ्दै गएको ऊर्जा खपत र वातावरणीय दबाबलाई मध्यन…
फेसबुकमा एक्कासि गडबडी, पोस्ट र म्यासेज सेवा प्रभावित
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा शुक्रबार केहीबेरअघिदेखि नेपालसहित विभिन्न स्थानका प्रयोगकर्ताले समस्या भोग…
व्यक्तिगत र अफिसको नम्बर छुट्टै राख्न सजिलो, व्हाट्सएपमा आयो मल्टी अकाउन्ट फिचर
काठमाडौं । व्हाट्सएपले iPhone प्रयोगकर्ताहरूका लागि नयाँ र उपयोगी फिचर सार्वजनिक गर्न सुरु गरेको छ । अब प्रयो…
बुद्धनगरका तारा र मोनाको पीडा संसदमा, रञ्जुले सुनाइन् ह्वाट्सएप ह्याकपछि भएको लाखौँको ठगी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शना (न्यौपाने) ले ह्वाट्सएपमार्फत हुने साइबर ठगीक…