अपडेट
लुम्बिनी प्रदेशमा ‘भर्चुअल डिजिटल लिडरसीप डायलग’ हुँदै, यसरी हुनुहोस् सहभागी
आइसिटी फाउन्डेसन नेपाल र लिभिङ विथ आइसिटीको संयुक्त पहलमा लुम्बिनी प्रदेशमा ‘भर्चुअल डिजिटल लिडरसीप डायलग’ हुने भएको छ।
राष्ट्रिय स्तरको यो संवाद श्रृंखला सातै प्रदेशमा सञ्चालन हुने आयोजकले जनाएको छ, जसको सुरुवात लुम्बिनी प्रदेशबाट हुन लागेको हो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका उम्मेदवार सहभागी हुनेछन्, जहाँ नागरिक तथा युवाहरूले उनीहरूको विचार, नीति तथा डिजिटल एजेन्डा प्रत्यक्ष रूपमा सुन्न र संवाद गर्न पाउनेछन्।
संवादमा डिजिटल रूपान्तरण, ई–गभर्नेन्स, पारदर्शिता, युवा रोजगारी, स्टार्टअप तथा कृषि लगायत विषयमा छलफल केन्द्रित रहनेछ। लुम्बिनी प्रदेशका लागि भर्चुअल संवाद फागुन ६ गते साँझ ५:३० बजेदेखि जूममार्फत आयोजना हुनेछ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना घोषणापत्रमा समेटेका सूचना तथा सञ्चार प्रविधि (आइसिटी) सम्बन्धी एजेन्डा, विद्यमान चुनौती र सम्भावित प्रभावबारे समेत बहस हुनेछ।
कार्यक्रममा राजनीतिक नेतृत्व र उम्मेदवारसँगै युवा, नागरिक समाज, सञ्चारमाध्यम, महिला, सीमान्तकृत समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहनेछ। भर्चुअल संवादमार्फत निर्वाचन प्रक्रियामा नागरिकको सक्रिय सहभागिता, समावेशिता र पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा क्यान महासंघ बाँके र आहा नेपाल सहयोगी साझेदारका रूपमा रहेका छन्। सीमित सिट भएकाले इच्छुकले यहाँ क्लिक गरी आफ्नो सहभागिता सुनिश्चित गर्न सक्नेछन्।
अपडेट
डिस्प्ले इन्टेलिजेन्स र नाइटोग्राफी अपग्रेडको तयारीमा सामसङ
सामसङले नयाँ एआई–ड्रिभन स्मार्टफोन अनुभव ल्याउने संकेत गर्दै टिजरहरूको शृङ्खला सार्वजनिक गरेको छ। आधिकारिक विवरण खुलाइएक…
स्मार्ट चश्मामा फेसियल रिकग्निसन थप्ने मेटाको तयारी
मेटाले आफ्ना ब्रान्डेड स्मार्ट चस्मामा पुनः फेसियल रिकग्निसन (अनुहार पहिचान) प्रविधि थप्ने तयारी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम…
हल्ट प्राइज पुल्चोक क्याम्पसको सेमिफाइनल सम्पन्न, ८ टोली फाइनल चरणका लागि छनोट
आईओई पुल्चोक क्याम्पसमा आयोजना गरिएको हल्ट प्राइज सेमिफाइनल कार्यक्रम फेब्रुअरी १४ मा एफ हलमा सम्पन्न भएको छ। प्रतियोगितामा प्…
सामाजिक सञ्जाल लत नभएको मेटाको दाबी, दुई ठूला मुद्दा अदालतमा
अमेरिकाको प्रविधि कम्पनी मेटा विरुद्ध सामाजिक सञ्जाल लत र बाल शोषणसम्बन्धी दुई ठूला मुद्दा अदालतमा विचाराधीन छन्। न्यू मेक्सिको र…
ओपनएआईले बन्द गर्यो ‘जीपीटी फोर ओ’, प्रयोगकर्ताहरूमा असन्तुष्टि
ओपनएआईले आफ्नो चर्चित च्याटबट मोडेल जीपीटी फोर ओ (GPT-4o) लाई आधिकारिक रूपमा फेब्रुअरी १३ देखि बन्द गरेको छ। कम्पनीले जनवरीमै…
कमलादी नबिल हाउसमा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्र…
नयाँ चालकलाई यांगोको नगद पुरस्कार र सम्मान
यांगो राइडले नेपालमा नयाँ चालक साझेदारहरूको योगदानको सम्मान गर्दै विशेष मासिक चालक सहभागिता कार्यक्रम सम्पन्न गरेको छ।
…दोस्रो यल मेयर्स कप रोबोटिक्स प्रतियोगिता सम्पन्न
ललितपुर महानगरपालिकाभित्रका १२ वटा सामुदायिक विद्यालयबीच दोस्रो यल मेयर्स कप अन्तरविद्यालय रोवोटिक्स प्रतियोगिता सम्पन्न भएको छ। …
अमेरिकामा नदेखिएको संघर्षबाट जन्मिएको अंग्रेजी सिकाउने ‘भाषा एप’, जित्यो २१ लाख पुरस्कार
टाढाबाट हेर्दा अमेरिका अवसरको देश जस्तो देखिन्छ। तर त्यहीँ पुगेर हेर्दा, धेरै आप्रवासीका लागि अवसरभन्दा अघि ‘भाषा’…
कोडेभर ७.० राष्ट्रिय प्रतियोगितामा न्यू क्यासल स्कुललाई ‘गर्ल्स इन टेक अवार्ड’
विश्वव्यापी प्रतिस्पर्धात्मक मञ्च कोडेभर ७.० को राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै काठमाडौंको बसुन्धरास्थित न्यु क्यासन&n…
निर्वाचन आयोगसँगको सहकार्यमा टिकटकले सुरु गर्यो इन-एप इलेक्सन सेन्टर
टिकटकले नेपालमा ‘इलेक्सन सेन्टर’ सुरु गरेको घोषणा गरेको छ। एपभित्र उपलब्ध यो विशेष केन्द्रले आगामी आम निर्वाच…
रूसमा ह्वाट्सएप पूर्ण रूपमा प्रतिबन्धित: कानून नमान्दा कडा कदम; सरकारले मैक्स मेसेन्जरलाई वैकल्पिक बतायो
रूसले स्थानीय कानुनहरू उल्लंघन गरेको आरोपमा व्हाट्सएप लाई देशभरमा पूर्ण रूपमा प्रतिबन्धित गर्यो। क्रेमलिनले अब नागरिकहरूलाई…
एपलले रिलिज गर्यो आइओएस २६.३: नयाँ फिचर, लोकेशन ट्र्याकिङमा कडाइ र सजिलो डाटा ट्रान्सफर
एपलले आफ्ना आईफोनहरूका लागि लेटेस्ट आइओएस २६.३ रिलिज गरेको छ। कम्पनीले आइप्याडओएस २६.३ पनि प्रस्तुत गरेको छ। यसअघि एपलले दुई …
सन् २०२५ मा एपलले स्यामसङलाई उछिन्यो, ग्लोबल स्मार्टफोन बजारमा नयाँ मोड
ग्लोबल स्मार्टफोन बजारमा २०२५ एक महत्वपूर्ण वर्षको रूपमा देखिएको छ। करिब १४ वर्षपछि पहिलो पटक एपलले स्यामसुङलाई पछाडि पार्दै विश्…
किसानलाई डिजिटल कृषि सेवा दिन एनसेल र सुपर कृषकको सहकार्य
देशभरका किसानहरूलाई डिजिटल र प्रिमियम कृषि सेवाहरू उपलब्ध गराउन एनसेल र डिजिटल कृषि प्लेटफर्म सुपर कृषकले सहकार्य गरेका छन्। …