अपडेट
‘कनेक्ट फर इम्प्याक्ट’ अभियानसहित क्लासिक टेकले मनायो १७ औं वार्षिकोत्सव
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘कनेक्ट फर इम्प्याक्ट’ मूल नारासहित आफ्नो १७ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्नुका साथै, प्रविधिमार्फत शिक्षा, रोजगारी र समावेशी विकासमा योगदान पुर्याउने प्रतिबद्धता दोहोर्याएको छ ।
कम्पनीका अनुसार ‘कनेक्ट फर इम्प्याक्ट’ अभियान सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन अभियान रहेको क्लासिक टेकले जनाएको छ ।
यसअन्तर्गत क्लासिक टेकले नेपाल अपाङ्ग महिला संघसँग समावेशी रोजगारी प्रवर्द्धनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । साथै, अनमोल चिल्ड्रेन डेभलपमेन्ट होमलाई नि:शुल्क उच्च गतिको इन्टरनेट सेवा र एक थान कम्प्युटर उपलब्ध गराएर बालबालिकाको डिजिटल शिक्षामा सहयोग गरेको जनाएको छ ।
कम्पनीले ग्राहक, कर्मचारी, साझेदार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा र सामाजिक उत्तरदायित्वमार्फत समाजमा सकारात्मक प्रभाव सिर्जना गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।
अपडेट
एआई सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भिल’ नेपालमा पनि
काठमाडौं । एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म भिलले नेपाल र भारतमा आफ्नो औपचारिक सेवा शुभारम्भ गर…
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट नि:शुल्क प्रत्यक्ष प्रसारण हुने
काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनल खेल नेपाल टेलिभिजनको एनटीभी प्लस च्यानलबाट निःशुल्क प्रत्यक्ष प्रसारण हु…
एनसेल एपमा ‘शेक एन्ड विन’ अफर, ग्राहकलाई सरप्राइज उपहार
काठमाडौं । एनसेलले आफ्ना ग्राहकका निम्ति एनसेल एपमा आकर्षक ‘शेक एन्ड विन’ अफर सञ्चालनमा ल्याएको छ…
एमपावर प्रणाली अपडेटका कारण तीन दिन बिलिङ सेवा प्रभावित, अनलाइन भुक्तानी भने नियमित
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एमपावर (MPower) बिलिङ प्रणालीमा प्राविधिक सुधार गर्न लागिएकाले तीन दिन…
अब नेपाल टेलिकमको सिम घरमै, आजदेखि हुलाकमार्फत डेलिभरी सुरु
काठमाडौं । नेपाल टेलिकमका ग्राहकले अब सिमकार्ड लिन कार्यालय पुग्नुपर्ने बाध्यता हटेको छ । आज साउन गतेदेखि टे…
भारतको एआई युनिकर्न सर्वम अब नेपालमा, एआईएआई बन्यो कन्ट्री पार्टनर
काठमाडौं । भारतको फुल स्ट्याक सोभरेन आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी तथा नयाँ एआई युनिकर्न सर्वम र नेपालस्थित ए…
दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त, विकास र नियमनमा जोड
काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमा चार नयाँ सदस्य नियुक्त गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयको …
सवारी चालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न चाहने सेवाग्राहीले अबदेखि अनलाइनमार्फत नै रा…
स्प्रिङबेस एआईमा बहुभाषिक ‘भ्वाइस-टु-एजेन्ट’ सुविधा सार्वजनिक
काठमाडौं । संयुक्त राज्य अमेरिकाको डेलावेयरमा प्रधान कार्यालय रहेको इनोभेन्चर्स एआई इन्क.ले आफ्नो एआई प्लेटफर्म …
महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रत…
टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
काठमाडौं । टिकटकले आफ्नो प्लेटफर्ममा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) मार्फत् सिर्जना गरिएको कन्टेन्टलाई सहज रूपमा …
आईटी उद्योगसँग विश्वविद्यालय जोड्दै सरकार, सबै क्याम्पसमा करियर मेला हुने
काठमाडौं । सरकारले विश्वविद्यालयलाई सूचना प्रविधि (आईटी) उद्योगसँग प्रत्यक्ष रूपमा जोड्ने, विद्यार्थीलाई अध्ययनकै…
एआई नियमनका लागि नयाँ कानुन ल्याउने तयारीमा अष्ट्रेलिया
काठमाडौं । अष्ट्रेलियाले कृत्रिम बौद्धिकता (एआई) को सुरक्षित, पारदर्शी र जिम्मेवार प्रयोग सुनिश्चित गर्न नयाँ का…
विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तनमा जोड्न मन्त्री पुनको आह्वान
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विदेशमा रहेका नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता,…