कीवर्डहरू -

अपडेट

नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, के-के छन् सुविधा ?

काठमाडौं । नेपाल टेलिकमले ‘अटम अफर २०८३’ अन्तर्गत विभिन्न आकर्षक भ्वाइस तथा डाटा प्याकेज र सुविधा उपलब्ध गराएको छ । कम्पनीले नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याउनुका साथै विद्यमान प्याकेजलाई थप आकर्षक बनाएको जनाएको छ ।

कम्पनीका अनुसार अल नेट भ्वाइस प्याकअन्तर्गत ३५, ४९, ९८, १८९ र २९९ रुपैयाँमा क्रमश: १०१, १११, २२२, ३३३ र ६६६ मिनेटका प्याकेज उपलब्ध छन् । यी प्याकेजको समयावधि क्रमश: १, ३, ७, ३० र ३० दिन रहेको छ ।

त्यस्तै, सजिलो अनलिमिटेडअन्तर्गत ६९९ रुपैयाँमा ३० दिनको समयावधि भएको प्याकेज उपलब्ध छ । उक्त प्याकेजमा अनलिमिटेड अल नेट भ्वाइस, ३० जीबी डाटा र २०० अल नेट एसएमएस प्रयोग गर्न सकिनेछ ।

यसैगरी, १ हजार ४९९ रुपैयाँको ३० दिनको प्याकेजमा अनलिमिटेड अल नेट भ्वाइस, ६०० जीबी डाटा र ३५० अल नेट एसएमएस प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । पोस्टपेड प्रयोगकर्ताले ३७३ रुपैयाँको रेन्टल चार्जमै विभिन्न प्रकारका भ्वाइस तथा डाटा प्याकका साथै अन्य कम्बो प्याकेज प्रयोग गर्न सक्नेछन् ।

नेपाल टेलिकमले भ्वाइस र डाटा प्याकेजसँगै बन्डल्ड प्याक, एड अन प्याकेज, सीयूजी प्याकेज, एसएमएस प्याक र एफटीटीएच प्याकेजलगायतका सेवा पनि उपलब्ध गराएको छ । फरक क्षमता भएका व्यक्तिहरूका लागि समेत छुट्टै प्याकेजको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

‘अटम अफर २०८३’ असोज २६ गतेदेखि लागू भएको हो । ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा ‘नेपाल टेलिकम’ एप प्रयोग गरी विभिन्न प्याकेजबारे जानकारी लिन तथा सेवा खरिद गर्न सक्नेछन् ।

त्यसैगरी, कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि प्याकेजसम्बन्धी विस्तृत जानकारी लिन र सेवा खरिद गर्न सकिनेछ ।

अपडेट

सवारी धनीलाई राहत : अब घरबाटै दर्ता र नामसारी गर्न सकिने

काठमाडौं । नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारी प्रक्रिया सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्…

नेपाली कम्पनी इन्साइट टेक्नोलोजीलाई अन्तर्राष्ट्रिय साइबर सुरक्षा अवार्ड

काठमाडौं । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रालि अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । कम्पन…

२० शहरहरूमा एकै साथ नयाँ ब्लु यामाहा एक्सएसआर १५५ को अनावरण

काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडस प्रा.लि.ले देशव्यापी रूपमा क्षेत्रीय शहरहरूम…

बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि सामसङ नेपालको विशेष मर्मत सेवा अभियान घोषणा

काठमाडौं । हालै नेपालका विभिन्न भागमा गएको भीषण बाढीबाट प्रभावित समुदायहरूलाई सहयोग पुर्‍याउने उद्देश्य…

नेपथ्य कन्सर्टमा TVS NTORQ 150 को अनावरण

काठमाडौं ।  नेपालका लागि TVS मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले कीर्तिपुरस्थ…

इन्फोडेभलपर्सद्वारा नयाँ केवाईसी तथा ग्राहक प्रमाणीकरण प्लेटफर्म ‘भेरीक्सा’ सार्वजनिक

काठमाडौं । इन्फोडेभलपर्स प्रालिले नेपाल फिनटेक एक्स्पो २०२६ को अवसरमा आफ्नो नयाँ केवाईसी तथा ग्राहक पहिचान एव…

पृथ्वीको अर्थतन्त्रभन्दा कैयौँ गुणा ठूलो बन्न सक्छ स्पेसएक्स : इलोन मस्क

काठमाडौं । अमेरिकी अर्बपति इलोन मस्कले आफ्नो अन्तरिक्ष कम्पनी स्पेसएक्सको भविष्यबारे महत्वाकांक्षी प्रक्षेपण गरेका …

त्रिविमा टिकटकको दुईदिने मास्टरक्लास, डिजिटल पत्रकारिता र स्टोरीटेलिङमा जोड

काठमाडौं । बदलिँदो सञ्चार क्षेत्रका लागि विद्यार्थी तथा सञ्चारकर्मीलाई आवश्यक सीप प्रदान गर्ने उद्देश्यले टिकटकले …

राष्ट्रिय परिचयपत्रबिनै डिजिटल बैंकिङ सेवा लिन सकिने, सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभएका नागरिकलाई कल्पिक सरकारी कागजातका आधारमा …

आईक्यान र टिगबीच सहकार्य, सदस्य फर्म र विद्यार्थीले नि:शुल्क क्लाउड अकाउन्टिङ प्रयोग गर्न पाउने

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र क्लाउड अकाउन्टिङ प्लेटफर्म टिगबीच लेखा क्षेत्रमा डिजिटल …

नेकपाले बनाउँदै सूचना प्रविधि नीति, प्रचण्ड र माधव नेपालले पाए मस्यौदा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सूचना तथा सञ्चार प्रविधि नीतिको मस्यौदा पार्टीका संयोजक पुष्पकम…

भूमि मन्त्रालयद्वारा सफ्टवेयर र हार्डवेयर खरिदको अवस्था अध्ययन गर्न समिति गठन

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग भइरहेका…

सरकारले इ-बिडिङ खारेज गरेर आफू निकट ठेकेदारलाई ठेक्का दिन खोज्यो : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले सार्वजनिक खरिद प्रक्रियामा रहेको विद्युतीय बोलपत्र (इ-बि…

नेपाल टेलिकमको दसैँ–तिहार अफर : इन्टरनेट जडानमा छुट, ४९९ रुपैयाँमा ५ जीबी डाटा

काठमाडौं । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ–तिहार अफर २०८३’…

दशैं अफरमा सामसङ र एनसेलको सहकार्य, ग्राहकलाई विशेष उपहार

काठमाडौं । सामसङ नेपालले Ncell सँग मिलेर Ncell का ग्राहकका लागि छानिएका सामसङ टिभी, रेफ्रिजरेटर र वासिङ …